World Population Day | विश्व जनसंख्या दिवस | २०८० असार २६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2023
    २०८० असार
    २६
    मंगलवार
    Jul 11, 2023
    साउन कृष्ण नवमी
    विश्व जनसंख्या दिवस ( World Population Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व जनसंख्या दिवस




    विश्व जनसंख्या दिवस विशेष अडियो सामग्री

    सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

    पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसङ्ख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको थियो। सन् २०२३ को जनसङ्ख्या दिवसमा आइपुग्दा पछिल्लो १२ वर्षमै एक अर्ब जनसङ्ख्या थपिएको छ। यससँगै संसारको जनसङ्ख्या आठ अर्ब पुगेको पनि भर्खरै घोषणा गरिएको थियो । विश्व जनसङ्ख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या प्रतिवेदन अनुसार‚ १५ नोभेम्बर सन् २०२२मा संसारको जनसङ्ख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो।

    यस प्रतिवेदनले सन् २०२३ मा संसारको सर्वाधिक जनसङ्ख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ। यसअघि चीनमा संसारकै धेरै मान्छे थिए। चीनभन्दा भारतको जनसङ्ख्या वृद्धिदर धेरै भएपछि भारत सबैभन्दा धेरै जनसङ्ख्या हुने मुलुकको पहिलो स्थानमा उक्लिन लागेको हो। राष्ट्रसङ्घले सन् २०३० मा विश्वको जनसङ्ख्या आठ अर्ब ५० करोड हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ। त्यसै गरी सन् २०५० मा विश्वको जनसङ्ख्या नौ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ। सन् २०८० मा १० अर्ब ४० करोड पुग्ने र सन् २१०० सम्म कायम रहने अनुमान छ।

    जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती ?
    जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद सुरु हुन थालेको छ, बि.सं. २०५६ सालमा तत्कालीन श्री ५ को सरकारले विद्यालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसङ्ख्या वृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्ये धेरैलाई पढाइएको पनि छ ।

    तर सधैँ जनसङ्ख्या वृद्धि नकारात्मक पनि हुँदैन, अहिले विश्वका विकसित भन्दा विकसित मुलुकहरूमा आफ्नो खस्कँदो जनसङ्ख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरू बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रवर्तनमा लागेकाले यसो भएको हो ।

    जनसङ्ख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयुक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा छ तथापि विकास अनि समृद्धि कालागि चाहिने जनशक्तिको पूर्णता पनि जनसङ्ख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसङ्ख्या वेगैर कुनै पनि देशको सुरक्षा, विकास दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।

    चीनको उदाहरण
    विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसङ्ख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले बढ्दो जनसङ्ख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा, पछिल्लो समय जनसङ्ख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति सहित आफ्नो जनतालाई आह्वान गरेको छ । यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारिवारिक समय निकाल्न तथा बढ्दो वृद्ध-वृद्धाहरूको जनसङ्ख्यासँग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात् बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरूमा जनसङ्ख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।

    पपुलेशन बोनस
    नेपाल, भारत र बङ्गलादेशमा भने पपुलेशन बोनस भएको मानिन्छ, यसको अर्थ क्रियाशील जनसङ्ख्या अर्थात् १६ देखि ४९ सम्मका जनसङ्ख्या कूल जनसङ्ख्याको ६० प्रतिशत भन्दा बढी हुनु हो । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्न सके विकास पर छैन तर दुर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानै पर्ने बाध्यता सिर्जना गर्नेहरूको हो ।

    उत्पादनमुखी उद्योग, कलकारखानाहरू विगतका विभिन्न राजनीतिक गतिविधिका कारण बन्द हुनु तथा यसको वृद्धि र विकासमा उद्योगी तथा व्यवसायीहरूसँग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुमा पटके र यस अघिसम्म रहेको अस्थायी सरकारहरूको दोष हो, यसमा दुईमत नहोला । यस्तो अवस्थामा व्यवसायीहरू पनि उत्पादनतर्फ ढुक्क हुन सकेका छैन जसकाकारण आयातमुखी कारोबार फस्टाउँदै गएको छ ।

    खाडीको मरुभूमिमा हरियाली बनाउन सक्ने नेपाली पसिनाले आफ्नै हरियो देशलाई कहाँबाट कहाँ पूर्याँउन सक्छन् होला, तर सम्भावनाको शब्दमा मसी चोपिएको कहाँ छ र ?

    अहिले पनि २ करोड भन्दा धेरै महिलाहरूले गर्भ निरोधक साधनको सुरक्षित प्रयोग नगरेको तथ्याकं पनि छ । यस्ता कुराहरूमा हामी सबै अनि सरोकारवालाहरूको ध्यान आज जाओस् ।

    मानव बस्तीमा थोरै बच्चाहरूको सङ्ख्याले समृद्धि जनाउन सक्दैनन् तर भएका बच्चाहरूको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ्य दिन सक्ने गरी परिवारको योजना गर्नु बुद्धिमत्ता हो ।

    २०२३ मा जनसङ्ख्या दिवसको नारा
    UNFPA का अनुसार सन् २०२३ मा जनसङ्ख्या दिवसको नारा how to safeguard the health and rights of women and girls; and putting the brakes on COVID-19 रहेको छ । यसको अर्थ महिला र बालिकाहरूको स्वास्थ्य र अधिकारको संरक्षण गर्दै कोभिड १९ को प्रभवलाई ब्रेक लगाउने अर्थात् कम गर्ने भन्ने लाग्दछ ।


    सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने उक्तिलाई परिमार्जन गर्दै सन्तानको यश र कृतीले डाँडाकाँडा ढाक्न सक्ने गरी शिक्षा दीक्षा र लालन पालन गर्न सक्ने गक्ष सबैको होस् ।

    बुवा, आमा, दाइ, दिदी, बहिनी, भाइ, काका, काकी, हजुरबुवा, हजुरआमा लगायत सम्पूर्ण नातागोता अनि साथीभाइहरूमा आजको दिवसको शुभकामना । हामी छौँ र त संसार छ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.