आउँदा दिनहरु
-
१२जेठअपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती ३ दिन पछि
-
१३जेठप्रदोष व्रत ४ दिन पछि
-
१५जेठगणतन्त्र दिवस/बटसावित्री व्रत ६ दिन पछि
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत ७ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस १३ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १७ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १८ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस २० दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २५ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २८ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २९ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत ३२ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३७ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४९ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ५१ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५३ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ६२ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ६३ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६६ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६७ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६९ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ७१ दिन पछि
-
१८साउनकल्की जयन्ती ७२ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ७३ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७७ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७८ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ८० दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ८२ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- प्रदोष व्रत
- Sombare Vrata/Shani Jayanti Vrata
- सूर्य ग्रह परिचय
- चन्द्र ग्रहको पौराणिक कथा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- अपरा एकादशी व्रत/चित्तधर हृदय जन्मजयन्ती
- सोमबारे औंसी/शनि जयन्ती व्रत
- Pradosh Vrat
- रवि सप्तमी व्रत / अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- Ravi Saptami Vrata/International Day for Biological Diversity
- Gosaikunda Snan Aarambha/Dasahara Snan Arambha/World No Tobacco Day
- गोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ/विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
- National Republic Day
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- कुण्डली तथा कुण्डली मिलान भनेको के हो?
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
- परदेसमा छु
चैत शुक्ल अष्टमी
चैते दशैं | भौमाष्टमी व्रत | श्वेत मत्स्येन्द्रनाथ रथ यात्रा

असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्व जिवन्त हुन्छ र भइरहोस् । जय होस्
यस वर्षको चैते दसैँमा तपाईँहरुलाई स्वागत छ ।
दसैँ अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दसैँ पनि असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार, पहिले–पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दसैँको रौनक पनि कम छैन् । चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भन्ने चलन पनि छ । भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।
वास्तवमा दसैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ । तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिनेमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथिका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशुबलि भोग दिने गरिन्छ ।
चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतीदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ । बलिका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन् । पर्यटकीय रुपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचीन समयदेखि नै काठमाडौं उपत्यकाका यी देवालयहरुमा बलि चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवती मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्छ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्छ ।
आजकै दिन मर्यादा पुरूषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे बनबास सकाएर अयोध्या फिर्नु भएको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको बध गर्नुभएको थियो । यसरी रावणको बध गर्न देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवी–देवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु उहाँको १४ वर्षे बनबासभित्रै भएको थियो । आज अर्थात् चैते दसैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्याबासी लगायत सबैले असत्यमाथि सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता छ ।
मुख्य दसैँमा झैँ चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसँै मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खाँदा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।
छोरी चेली लगायत दिदी–बहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन छ । माशांहारीरुले माछा–मासु खाने चलन छ । यसका लागि बलि दिइन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा, कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ ।
असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्व जिवन्त हुन्छ र भइरहोस् । जय होस्
भौमाष्टमी व्रतचैते दसैँ अर्थात् चैतमा पर्ने दशैं । साबिकको दसैँ को झैँ यस दसैँ मा पनि नवरात्रि पूजन गरिन्छ । भन्नलाई चैते दसैँ भनिएपनि खासमा आजको तिथि चाहिँ अष्टमी हो । अष्टमी तिथिमा बलि दिने, खानपान गरिने र भोज हुने भएकाले हुन सक्छ चैते दसँैको दिन भनेर अष्टमी तिथिलाई चलनचल्तीमा ल्याइयो । यो ब्यवहारिक पनि छ किनभने निधारमा टिका लगाउने चलनलाई चैते दसँैमा खासै महत्व दिइँदैन । यसो भएपछि दसँैका रुपमा अष्टमीलाई नै मान्दा घरपरिवार र इष्टमित्र सबैको रमाइलो माहौल बन्न सहज हुन्छ ।
यसरी अष्टमी तिथि दशैंको एउटा रौनक हुन्छ भने आजका दिनमा नै भौमाष्टमी व्रत लिने चलन पनि रहन्छ । सनातन धर्मका अनुयायीहरुले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् । यस दिनको भोजभत्तेर भन्दा पर बसेर अध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैँमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।
अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरुको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
श्वेत मत्स्येन्द्रनाथ रथ यात्रा
जनबहा द्यः जात्रा
सेतो मच्छिन्द्रनाथ रथयात्रा : एउटा प्राचीन संस्कृतिकाठमाडौंको असन र इन्द्रचोकबीचमा जनबहा द्यः को मन्दिर छ । जुन मन्दिर १० सौँ शताब्दीमा स्थापना भएको ऐतिहासिक मन्दिरका रुपमा लिइन्छ । काठमाडौं एउटा शहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौंका एउटा संस्कारको केन्द्रबिन्दू हुन् । यिनै करुणामयी मच्छिन्द्रनाथलाई अवलोकितेश्वर पनि भनिन्छ । अवलोकितेश्वर अर्थात् समग्रताका देवता ।
अर्कोतर्फ अवलोकितेश्वर भन्नाले संस्कृतमा कमल बोकेका देवता भनेर पनि बुझिन्छ । पानीका यी देवता अनि पानीमै फूल्ने कमलको फूलको यो सम्बन्धलाई पनि यस जात्राले आत्मसात् गरेकै छ । बोधीसत्वका हरेक आयामहरु अवलोकितेश्वरसँग मिल्न आउँछन् । सेतो मच्छिन्द्रनाथ अर्थात अवलोकितेश्वर, ती भगवान जसले आफ्ना भक्तहरुलाई पृथ्वीलोकमा फर्केर हेर्दछन् । माया गर्छन् अनि माया बाँड्छन् । छैठौँ शताब्दीबाट शुरु भएको मानिएको यस जात्रालाई पछि आएर १७आँै शताब्दीपछी ब्यापक रुपमा प्रचलनमा ल्याइएको भएतापनि यसका यथेष्ट प्रमाणहरु पाइन्न । तथापि प्राचीनकालदेखि नै काठमाडौँ सभ्यता अर्थात् बागमती सभ्यताको मुटुका रुपमा सेतो मच्छिन्द्रनाथ रहिआएको कुरा इतिहास साक्षी छ ।
यस जात्रा नेपाल सम्वतको छैठौं महिना चौलाको ८ औं दिन शुरु भएर १०औँ दिनमा समापन हुन्छ ।
जनबहा द्यः जात्राका रुपमा सेतो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर घुमाउने चलन छ । आउनुहोस् सबैभन्दा पहिले हामी कुरा गराँै यस जात्राको मनाउनु पछाडिका ऐतिहासिक मान्यताकाबारेमा
किन मनाइन्छ त सेतो मच्छिन्द्रनाथको जात्रा ?यक्ष मल्लको शासनकालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाएर आफू स्वयं स्वयम्भूनाथमा दर्शन ण्गर्न आउँछन् । यमराज यसरी स्वयम्भूनाथमा दर्शन गर्न आउँदा राजा यक्ष मल्लले यमराजलाई बन्दी बनाएर राख्छन् ।
यसरी बन्दी भएपश्चात् यमराजले आफ्नो मुक्तिका लागि आर्य अवलोकितेश्वरको प्रार्थना गर्छन् । यमराजको प्रार्थना सुनेपछि अवलोकितेश्वर स्वयं पानीबाट प्रकट भएर दर्शन दिन आउनुहुन्छ । सेतो रगंका अनि आँखा आँधी बन्द भएका यी भगवानले कालिमाटी र बागमतीमाका उनलाई भेटन राजा यक्ष मल्ललाई मन्दिर बनाउन आज्ञा दिन्छन् । अनि वर्षेनी यिनै अवलोकितेश्वर भगवानको महिमाका लागी रथ यात्रा र प्रार्थना गर्ने चलन स्वरुप प्राचिनकालदेखि नै सेतो मच्छिन्द्रनाथको जात्रा गर्ने चलन काठमाडौंमा शुरु भएको मानिन्छ ।
यसो गर्नाले खुशी अनि लामो जीवनको वरदान पाइने विश्वास छ । चैत्र महिनाको शुक्ल पक्ष अष्टमीमा शुरु हुने यस रथयात्रा ३ दिनको पर्व स्वरुप हुने गर्दछ । सेतो मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर एक ठाउँबाट अर्को ठाउँसम्म लगिन्छ । हरेक दिन मच्छिन्द्रनाथको रथ आफ्नो गन्तव्यमा पुगेपछि सिपाहीहरुले तोप पड्काएर जनाऊ दिने चलन छ ।
काठमाडौंको जमलमा पहिलो दिन रथलाई विश्राम गराइन्छ । अनि रत्नपार्क हुँदै भोटाहिटी र असन दोश्रो दिन पु¥याइन्छ । यसैगरी अर्को दिन अर्थात् तेश्रो दिन मरुहिटी र जैसीदेवल हुँदै लगनटोल पु¥याइन्छ । यी तीनै दिन भक्तालुहरुले सेतो मच्छिन्द्रनाथप्रतिको आफ्नो अगाध स्नेह र आस्था अभिव्यक्त गर्छन् । यसरी भक्तजनहरुले तानेका रथ अनि कंसकार समुदायका भक्तजनहरुले बाजा बजाउँदै अनि स्थानीय झाँकी र कलात्मक अभिव्यक्तिका साथै विभिन्न देवदेवीको मुखुण्डो लगाएर नाचगान गर्दै एक ठाउँबाट अर्को ठाउँ लगिन्छ । यस्तै जात्रा ललितपुर र दोलखामा पनि बुगां ध्य जात्राका रुपमा गरिन्छ ।
यस जात्राको शुरुवात त पहेला अर्थात् पौष महिनामै भइसक्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर सत्य यही हो । हरेक वर्ष पौष महिनामा शुक्ल पक्षको अष्टमीका दिन मच्छिन्द्रनाथको रथलाई मच्छिन्द्रनाथ मन्दिरमा लगेर दूध, घिऊ आदि कुराहरुले सफाई गरिन्छ । यस कार्यक्रममा जिवित देवी कुमारीको पनि सहभागिता रहन्छ । यसरी पौष महिनामै सरसफाई गरी तैयार गरिएको रथ या भनौँ खटलाई चैत्रको यस जात्रामा प्रयोग गरिन्छ ।
यस वर्ष वि.सं. २०७८ सालको सेतो मछिन्द्रनाथको जात्राको सबैलाई शुभकामना । शहरबासी अनि देशबासीहरुमा उहाँको कृपाले शान्तिको प्रतीक कमलको फूल फुलिरहोस् ।
सुयोग ढकाल

Liked by: