Jyotish Krishna Prasad Bhandari

Tulsipur, Dang, Nepal

उपप्राध्यापक (Asst. professor of Sanskrit) नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुका साथै शास्त्रीय विषयको गहन अध्ययन एवं अनुसन्धानमार्फत ज्योतिष, वास्तु, वैदिक कर्मकाण्ड लगायतका विषयमा उत्कृष्ट परामर्श प्रदान गर्दै आउनुभएको छ ।

दस वर्षमै गुरुकुलमा प्रवेश गरी संस्कृत वाङ्मयको अध्ययन प्रारम्भ गर्नुभएका उपप्रा. कृष्णप्रसाद भण्डारीले संस्कृत व्याकरणशास्त्रमा आचार्य र नेपालीमा स्नातकोत्तर (एम.ए.) गर्नुभएको छ । थुप्रै स्वदेशी तथा विदेशीलाई समेत संस्कृत शिक्षा एवं पूर्वीय दर्शनको ज्ञान पस्किँदै आउनुभएका उहाँले लामो समयदेखि इमेज टेलिभिजनमा प्रवचन कार्यक्रममार्फत शास्त्रीय ज्ञानविज्ञानमा आधारित पूर्वीय वाङ्मयका गूढ-गम्भीर विषयलाई उजागर गरिरहनुभएको छ । ‘श्रीशिवमहापुराणम्’ लगायतका ग्रन्थहरूको सम्पादन गर्नुभएका उहाँका संस्कृतसम्बद्ध दर्जनौँ अनुसन्धानात्मक लेखका साथै ‘संस्कृतव्याकरणम्’ नामक पुस्तकाकार कृतिसमेत प्रकाशित छ । पुराणवाचन, वैदिक कर्मकाण्ड र ज्योतिषीय विषयमा विशिष्ट ज्ञान प्राप्त गर्नुभएका उहाँ खोज, अध्ययन र अनुसन्धानमार्फत पौरस्त्य वाङ्मयको उपासनामा आफूलाई समर्पित गराइरहनुभएका प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ ।

Live Call with Jyotish

Customer Reviews

5 out of 5 stars

5 out of 5 stars

5 out of 5 stars

5 out of 5 stars

Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now