Jyotish Pandit Mukunda Nepal

Jorpati, Kathmandu

ज्योतिष पण्डित मुकुन्द नेपालले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापिठबाट ज्योतिषशास्त्र र इतिहास पुराणमा आचार्य गर्नुभएको

९ वर्षको उमेर देखि संस्कृत अध्ययन गर्दै आउनुभएका ज्योतिष पण्डित मुकुन्द नेपालले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापिठबाट ज्योतिषशास्त्र र इतिहास पुराणमा आचार्य गर्नुभएको हो । उहाँले नेपालको मौलिक धर्म,संस्कार, संस्कृतिको संरक्षणका लागि देशका ६० जिल्लामा गएर सङ्गीतमय श्रीमद्भागवत पुराण र अन्य पुराणहरू वाचन गर्नुभएको छ । आफ्ना यस्ता कार्यहरूबाट ज्योतिष मुकुन्दले नेपालका विभिन्न जिल्लाहरूमा शैक्षिक स्तर उन्नती, भौतिक पूर्वाधार विकास, स्वास्थ्य सेवा सहजीकरण र मठ मन्दिर संरक्षणमा समेत योगदान पुर्याउनु भएको छ । सम्पूर्ण कर्म काण्डमा उच्च दखल राख्दै आउनुभएका ज्योतिष मुकुन्दले विभिन्न पत्र पत्रिका र धार्मिक संघ संस्थाहरूमा ज्योतिष शास्त्र र धर्म शास्त्रको चर्चा गर्दै आइरहनुभएको छ । हरेक व्यक्तीलाई आफ्नो हिजो, आज र भोलीको बारेमा जान्ने इच्छा हुने भएकाले ज्योतिष मुकुन्दले आफ्नो २० वर्षको अनुभवमा आफूसँग भएको ज्ञानको मद्दतले नेपालीहरूको त्यो चाहना पूरा गर्दै आइरहनु भएको छ ।

Live Call with Jyotish
Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now