पाेल्टाभित्र डिही | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

पाेल्टाभित्र डिही




   कीर्ति नेपाल - Jan 19 2024

पुस्तक परिचय:
“पोल्टाभित्र डिही” पुस्तक लेखक पेशलकुमार लुइटेलद्वारा रचित निकै सुन्दर कविता सङ्ग्रह हो । २०७८ असोजमा पहिलोपल्ट संस्करण भएको यो पुस्तक शिखा बुक्सले प्रकाशित गरेको हो। जम्मा ८३ वटा कविताले रचित यो पद्य कविता सङ्ग्रहमा शार्दुलविक्रीडित, अनुष्टुप, शिखरिणी, उपजाति, वसन्ततिलका, भुजङ्गप्रयात, विधुन्माला, दिक्पाल, मन्दाक्रान्ता, तोटक, स्रग्विणी, स्रग्धरा, इन्दिरा, मालिनी, पञ्चचामर र विधाता छन्द गरेर १६ वटा छन्दका कविताहरू छन। पुस्तकमा शार्दूलविक्रीडित छन्द ३३ ओटा, अनुष्टुप छन्द १४ ओटा, उपजाति छन्द ९ ओटा र अरु छन्द २ वा ३ वटा छन् । गुरु, पानी, साहित्य, देश, प्रेम, धर्मा आदि जस्ता विविध विषयहरू र शीर्षकलाई प्राथमिकता दिएर लेखिएको यो कविता सङ्ग्रह पढ्दा, हरेक कविताले छुट्टै आनन्द र आफ्नो अद्वितीय जानकारी दिन्छ र सानादेखि ठुला पाठक सबैले मन पराउने तरिकाले यो कविता सङ्ग्रह रचिएको छ । लेखकले यसमा समाजका महत्त्वपूर्ण पक्षहरूको बारेमा चर्चा गरेका छन् ।

लेखक परिचयः
“पोल्टाभित्र डिही” पुस्तक लेखक पेशलकुमार लुइटेलद्वारा २०७८ असोजमा संस्करण भएको कविता सङ्ग्रह हो । सानै देखि कविता र गीतमा रुचि भएका पेशलकुमारका अनुसार यो पोल्टाभित्र डिही कविता सङ्ग्रह उनको सपनाहरूको सङ्ग्रह हो । उनले यस कविता सङ्ग्रहमा देश, बुद्ध, सगरमाथा, गाँउको सम्झना, अतृप्त चाहाना, प्रेम आदिका बारेमा उनको अन्तरबोधका कुरा समेटेका छन।

विषय प्रवेशः
पोल्टाभित्र डिही कविता सङ्ग्रहमा जम्मा ८३ वटा १६ छन्दका कविताहरू छन् ।

गुरुः
यस सङ्ग्रहको पहिलो कविता गुरु हो । यो कविता शार्दुलविक्रीडित छन्दमा रचिएको छ। यस कवितामा कविले गुरु जस्ता महान् व्यक्तिको गुणगान, सिप र महत्त्वको चर्चा गरेका छन् । आफैँ पुस्तक बनेर विद्यार्थीलाई शिक्षा दिने गुरु ज्ञान बासना भए स्वयम् कर्पुर र धूप स्वरुप हुन्छन् । गुरु भनेर कविले यस कवितामा उल्लेख गरेका छन् । कविताले गुरुहरू कत्तिको महत्त्वपूर्ण र सम्मानजनक छन् भन्ने कुरा गरेका छ ।

खोज्दै छु राष्ट्रनायकः
यस सङ्ग्रहको दोस्रो कविता खोज्दै छु राष्ट्रनायक हो । यो कविता अनुष्टुप छन्दमा रचिएको छ। आफ्नो देश भक्तिको कुरा र आफ्नो देश बनाउन चाहिने राम्रो राष्ट्रनायकको खोजी बारे यो कविता रहेको छ । 'नक्सामा मात्र यो देश कसरी जीवित हुन्छ । जस्ता कुरा लेखेर कविले देशमा राम्रो राष्ट्रनायकको कमि भएको र उनी खोजिमा लागेको बताएका छन ।

पानी:
शर्दुलविक्रिडित छन्दमा रचिएको पानी शीर्षक कवितामा पानीको महत्त्व देखाइएको छ। हामीलाई बाँच्नको लागि पानी चाहिन्छ र पानी बिना हाम्रो ग्रह खाली हुने छ। कविकाअनुसार पानी दर्पण हो र एउटा विशाल सागर जस्तै हो जसले हामीलाई जीवित राख्छ। हामीले पानि जोगाउनु पर्छ र यस्को महत्त्व बुझ्नु पर्छ भन्‍ने कुरा यस कवितामा लिखित छ।

अभाव:
अभाव कविता उपजाति छन्दमा रचित छ र यो कवितामा अभाव भनेको क हो भनेर बर्णन गरिएको छ। अभावको स्वाद कति तितो हुन्छ र यस्को कति थरी रुप छन भन्‍ने कुरा कविले यस कवितामा उल्लेख गरेका छन। कविका अनुसार अभावले जति छट्पट लागे पनि हामी बारबार अभावमै फुल्नु छ।

समय र कोरोना:
समय र कोरोना कविता कोरोना भाइरस बारेमा हो र यसले हामीलाई भाइरस फैलिँदा के हुन्छ र यसले मानिसहरूलाई कसरी असर गर्छ भनेर बताएको छ। कविले कसरी भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र हामी कसरी स्वस्थ रहन सक्छौं भनेर बताउँछन्। भाइरसले मानिसहरूको जीवन शैली पनि परिवर्तन गर्छ र यसले सम्पूर्ण समुदायलाई असर गर्छ। कविले मानिसहरू कसरी सुरक्षित रहन खोज्छन् र आफूलाई र अरूलाई जोगाउन हामीले कसरी सावधानी अपनाउनु पर्छ भन्ने बारेमा कुरा गर्छन्।

देश:
वसन्ततिलका छन्दमा रचित यो कविता हाम्रो देश नेपालको बारेमा हो । लेखकका अनुसार नेपाल एउटा सानो तर सुन्दर देश जहाँ बुद्ध, बुद्धिमान र दयालु व्यक्तिको जन्म भएको थियो। यो एक शान्त र खुशी ठाउँ हो जहाँ धेरै प्रकारका मानिसहरू बस्छन्। हाम्रा पुर्खाहरूले धेरै कठिन चुनौतीहरूको सामना गरे तर तिनीहरू बलियो रहे र पागलपनमा हार मानेनन् । उनीहरूको बहादुरीले गर्दा हाम्रो देश अहिले बलियो र गौरवशाली छ । नेपाली हुनुको यो अनुभूतिलाई विशेष कवितामा वर्णन गरिएको छ ।

साधकः
यो कविता उपजाति छन्दमा रचिएको छ र यस्मा एउटा लेखकको जीवनको चित्रण गरिएको छ । लेखकका अनुसार अरु लेखकहरू किताबभित्र मात्र खुसी खोज्छन र घर बसि बसि विश्व घुम्‍ने शक्ति भएका छन् ।

बुद्धत्व:
वसन्ततिलका छन्दमा रचित यस कवितामा सत्य युग हराएको कुरा गरिएको छ। शान्तिको देश भनेर चिनिने नेपाल, अहिले अन्याय र अपराधले भरिदै गएको छ। हाम्रो देशमा एकताको भाव भएन भने हाम्रो देश विभिन्न भागमा विभाजित हुन्छ । यही कुरालाई व्यक्त गर्दै कविले यो कविता लेखेका हुन् ।

दृश्य अदृश्य:
दृश्य अदृश्य कविता अनुष्टुप छन्दमा रचिएको छ र यो कविताले जीवन एउटा निशा प्रभाको सङ्गम तथा दिनरातझैँ हुन्छ । कहिले अन्धकार त कहिले उज्यालो ती त् उतार चाडव हुन्। भविष्यमा के हुनेछ, त्येसको ज्ञान कसैलाई पनि छैन। आफुनो भलो मात्र सोच्ने मान्छे नै अगाडी बढ्छ। जसले अरुलाई आफूभन्दा अगाडि राख्छ, त्यसले दुःखबाहेक केही हासिल गर्दैन् भनेर कविले यस कवितामा उल्लेख गर्न थालेका छन् । कविता अनुष्टुप छन्दमा रचिएको छ र यो कविताले जीवन एउटा निशा प्रभाको सङ्गम तथा दिनरातझैँ हुन्छ। कहिले अन्धकार त कहिले उज्यालो ती त् उतार चाडव हुन्। भविष्यमा के हुनेछ, त्येसको ज्ञान कसैलाई पनि छैन। आफ्नो भलो मात्र सोच्ने मान्छे नै अगाडि बढ्छ। जसले अरुलाई आफूभन्दा अगाडि राख्छ, त्यसले दुःखबाहेक हासिल गर्दैन भनेर कविले यस कवितामा उल्लेख गर्न थालेका छन ।

बुद्धत्वको गीतः
बुद्धत्वको गीत यस कविता सङ्ग्रहको अन्तिम कविता रहेको छ जुन शार्दुलविक्रीडित छन्दमा रचिएको छ। यसमा शान्ति र बोधित्वको बारेमा लेखिएको छ र लेखकको चाहाना छ कि नेपाली मन जत्ति शान्त लयको सङ्गितशाला बनोस र बुद्धत्वको उचछ्वास होस ।

यस सङ्ग्रहमा रहेको ८३ कवितामध्ये मलाई निकै मन परेका केही श्लोकहरूः

"छोटो जीवनको कथा प्रतिपला सम्झेर लेख्दै गएँ
लाखौँ फूलहरू चुमी समयका उद्देश्यमा लम्किएँ
मेरा वास्तव पूज्य रुप गुरु हुन् आचर्य प्रारुप हुन्
बासना आँउछ ज्ञानको गुरुहरू कर्पूर या धूप हुन्। "

गुरु

कविले गुरुको गुण्गान गाएर उनको जीवनमा महत्तव यस अंशबाट निकै गम्भीर र भावपूर्ण रुपमा झल्काएका छन जुन मलाई एकदमै मन पर्यो।

त्यसैगरी अर्को मलाई निकै मन परेको कविताको श्लोक भनेको
हाम्रै हो लिपुलेक कविताको श्लोकः

"हाम्रै हो लिपुलेकको परिधि त्यो आँखा नला पामर
गोर्खाली खुकुरी खुँडा पनि कतै बन्‍ने छ के काँतर
अर्काको पनि चाहिँदैन कहिल्यै छाडिन्‍न आफ्नो पनि
नेपाली इतिहास रत्तिम छ त्यो छाड्दैना इन्ची पनि। "

लिपुलेक
मलाई यो श्लोक सारै मन पर्छ यसमा कविले वीर गोर्खालीले लिपुलेक हाम्रो हो र नेपाली सिमा मिचेर आफ्नो मान्‍ने दुशमनहरूलाई चेतवनी दिएर पुर्खाको वीर रगतको प्रदर्षन गरेका छन।

निष्कर्षः
यस्ता कृतिहरूलाई ज्ञानवर्धक पुस्तक श्रृङ्खलामध्ये एक नि भन्न मिल्छ। पुस्तकमा समेटिएका विषयहरू धेरै भारी तर सजिलो छ त्यसै आधारमा समूहीकृत भएकोले पाठकलाई पढ्न र बुझ्न पनि सजिलो भएको छ। सानो देखि ठूलो सबै पाठकले पढेर छुट्टै अनुभव र बुझ्ने शैली हुने भएकाले सबै उमेरका पाठकको लागि पढ्न र वाचन गर्न यो पुस्तक निकै राम्रो छ। यो पुस्तकमा साँच्चै उत्कृष्ट कविताहरूको लेखिएको छ जसले पढ्ने व्यक्तिलाई प्रेरित र बलियो महसुस गराउँदछ। मैलै किताबका कविताहरू पढिसकेपछि पनि यी कविताहरू धेरै बेरसम्म याद रहने छन् । म यो पुस्तक सबैलाई सिफारिस पनि गर्ने छु । शब्दहरूकाे भारीले कहीँकतै वाचनमा अलिकति असहज बनेकाे कुरा पनि नकार्न सकिन्न ।

कीर्ति नेपाल
कक्षाः ११ ‘याला’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.