कीर्ति नेपाल · Jan १९, २०२४
“पोल्टाभित्र डिही” पुस्तक लेखक पेशलकुमार लुइटेलद्वारा रचित निकै सुन्दर कविता सङ्ग्रह हो । २०७८ असोजमा पहिलोपल्ट संस्करण भएको यो पुस्तक शिखा बुक्सले प्रकाशित गरेको हो। जम्मा ८३ वटा कविताले रचित यो पद्य कविता सङ्ग्रहमा शार्दुलविक्रीडित, अनुष्टुप, शिखरिणी, उपजाति, वसन्ततिलका, भुजङ्गप्रयात, विधुन्माला, दिक्पाल, मन्दाक्रान्ता, तोटक, स्रग्विणी, स्रग्धरा, इन्दिरा, मालिनी, पञ्चचामर र विधाता छन्द गरेर १६ वटा छन्दका कविताहरू छन।
