लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को प्रीमियर शो सम्पन्न
जसका लागि नेपालबाट चलचित्रका निर्देशक सागर सुब्बा, नायिका बिमला लिम्बू र सञ्चारकर्मी/गायक निर्मल सुब्बा ‘आशिष’ समेत सिक्किम पुग्नुभएको थियो |

जसका लागि नेपालबाट चलचित्रका निर्देशक सागर सुब्बा, नायिका बिमला लिम्बू र सञ्चारकर्मी/गायक निर्मल सुब्बा ‘आशिष’ समेत सिक्किम पुग्नुभएको थियो |

सागर सुब्बाद्धारा निर्देशित चलचित्र लोजिमाको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख आतिथ्यमा आगामी पौष २२ (७ जनवरी, २०२४)गते सिक्किममा ग्राण्ड प्रिमियर हुने भएको छ।

थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ ।

लिम्वू सँस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को फस्ट लुक पहिलो पोष्टर सार्वजनिक भएको छ । जीवन्त प्रेम कथा साँस्कृतिक र सामाजिक विषयवस्तु चित्रित यस चलचित्रको हालै पहिलो पोष्टर सार्वजनिक भएको हो ।

ट्याटु उद्योगका प्रख्यात व्यक्तित्व र ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाले 'तिमि छौ तिमि' बोलको गीत बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा लामाकै शब्द,आवाज र सङ्गीत रहेको छ । गीतमा सुदिप सिंहको सङ्गीत संयोजन र मिक्सिङ,मास्टरिङ समावेश छ ।

कबड्डी ४ बहु प्रतीक्षित नेपाली चलचित्र हो । यस भन्दा अघिको तिन वटै शृङ्खला आम दर्शककाबीचमा चर्चित छ । प्रदर्शनको पूर्व सन्ध्यामा कबड्डी टिमले देशका विभिन्न शहरमा पुगेर अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

अमेरीका, सायद कुन चाही नेपालीलाई जान मन छैन होला र? अर्थात कसको रहर नहोला र? के अमेरिका जाने बित्तिकै सजिलो छ र? हो, यी र यस्ता धेरै कुराहरू समावेश गरिएका कथाहरूमा आधारित "लाइफ इन एल ए" जेष्ठ ६ शुक्रबार देखि नेपालमा प्रदर्शन हुने भएको छ !

लघुचलचित्र "स्ट्राइक”बाट अन्तर्राष्ट्रिय चलचित्र जगतमा अवार्ड हात पार्न सफल निर्देशक परिच्छेद सेनको नयाँ कथानक चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक भएको छ । तेज गिरी, सम्पदा बानिया, बेनिषा हमाल लगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रमा सुरक्षा पन्तलाई विशेष भूमिकामा देख्न सकिन्छ ।

फिल्म ‘चिसो एष्ट्रे’ लाई सेलिब्रेटीले हलिउड फिल्म जस्तो लागेको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सिभिलमलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले फिल्मको कथा वाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका छन् ।

थुप्रै म्युजिक भिडियोहरुमा छायाँकन र निर्देशन गरेका देव जंग थापाले ठूलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका छन् । उनले निर्देशन गरेको "टुल्की"को टिजर सार्वजनिक भएको छ ।

प्रेम गीत -३ मा बाहुबलीका कलाकारहरुको पनि भोइस एक्टिङ्ग रहेकोछ । प्रेमगीत - ३ को हिन्दी भाषामा डबिङ्ग को सम्पूर्ण काम सकिएको निर्माता,निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो ।

सुर्य कर्पोरेशनले सन २०१८ देखि नेपाली संगीत र फिल्मप्रति समर्पित हुदै आयोजना शुरु गरिएको सुर्य ईन्टरनेशनल अवार्डको तेश्रो संस्करण हुने भएको छ । २०२० मै हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सकेन । सोही संस्करण २०२१ मा हुने भएको छ ।

वर्तमान पुस्ताले अत्याधिक मन पराएका सङ्गीतकार अल्मोडा राना उप्रेतिको “ज्यानले तिमीलाई” बोलको गीतले सार्वजनिक भएको छोटो समयमा नै दर्शक श्रोताको माया जित्न सफल भएको छ । एक पछि अर्को सफल गीतहरु दर्शक श्रोतामाझ ल्याउने अल्मोडाको भाइ रंगीत बल्लभ उप्रेतीको निर्देशनमा बनेको यस गीतको भिडियोमा दयाहाङ राई र वर्षा सिवाकोटीबीच मिठासले भरिएको प्रेमकथा समेटिएको छ।

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका नेपाली छोरा दिवेश पोखरेलले संसारकै उत्कृष्ट गायन रियालिटी शो मानिने “अमेरिकन आइडल”को उपविजेता बनेर इतिहास रचेका छन् । आइडलको यो १८औं संस्करणमा दिवेश पोखरेल फाइनलमा पुग्ने पहिलो नेपाली हुन् । यो एउटा ऐतिहासिक उपलब्धि हो। भोटिंग मार्फत दिवेश पोखरेललाई थोरै पछी पार्दै प्रतियोगिताको उपाधि भने जस्ट सामले जितिन् ।

Santosh Devkota · Feb २४, २०२०बाबुको टाउकोमा जमेको रगत निकाल्ने जटिल शल्यक्रिया र त्यसपछिका स्वास्थ्य नतिजा तथा माइती, घर, सम्बन्ध, जागिर जस्ता जटिल स्थितिपछिका घटनाक्रमले दर्शकलाई यति मज्जाले बाँधिराख्न सफल भएको छ चलचित्र "आमा" जस्तो की आँखै अगाडी हरेक पात्रहरु दगुरीरहेछन् । जीवनको आशामा एउटा परिवारले कुन संघर्षले २२-२३ लाख खर्च जुटाउँछ त्यो क्रमशः जसरी बग्दै जान्छ मुटु धेरैपटक भक्कानिएर आउँछ, गला कैंयनचोटी अवरुद्ध भईदिन्छ.... ।

ब्राण्ड भ्यालु, चर्चित कलाकार र रिलिज पुर्वनै पाएको अत्यन्त चर्चाले चलचित्र "प्रेमगीत ३"लाई यस वर्षकै बहुप्रतिक्षित चलचित्र बनाएको छ। यो चलचित्रलाई ठुलो पर्दामा हेर्ने उत्साह देशमा मात्र नभएर विदेशमा भएका नेपालीहरुलाई पनि उत्तिकै रहेको पाइएको छ। यसै सन्दर्भमा आसुसेन प्रोडक्सनले आज चलचित्र "प्रेमगीत ३"को उत्तर अमेरिकाको थियटर राइट्सको भव्य रकममा सम्झौता गरेको छ।

बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक भएको एकदिन पछि नै युट्युब ट्रेनडिंगको पहिलो नम्बरमा पर्न सफल भएको छ। चलिआएको नेपाली सङ्गीतको स्वाद भन्दा बिल्कुलै फरक अन्दाजमा प्रस्तुत भएको "हात्ती ढुंगामा" बोलको गीत दर्शकहरुको अपेक्षामा उत्रन सफल भएको हो। निर्माता निर्देशक सन्तोष सेनले चलचित्रको कथाको माग अनुसार चाहिने सङ्गीत र नृत्यको छनौट यस गीतमा गरेको हाम्रो पात्रोसँग को कुराकानीमा बताउनुभयो। सार्वजनिक भएको गीत चलचित्रमा हेर्दा दर्शकले झन् थप मनोरञ्जन प्राप्त गर्नेमा निर्माता सेन विश्वस्त हुनुहुन्थ्यो।

हाम्रो पात्रो तथा नेपाली चलचित्र सेल्फी किङबिचको सहकार्य “हाम्रो सेल्फी किङ्ग” Contest का एक जना भाग्यशाली विजेताको घोषणा अभिनेता विपिन कार्की निर्देशक विशाल सापकोटाले हाम्रो पात्रोको फेसबुक पेजबाट सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक भएका विभिन्न पोष्टरहरुबाट थुप्रै चर्चा बटुलेपछि अन्तत: बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक भएको छ। छायाँकन सकाएर भर्खर मात्र काठमाडौँ फर्किएको निर्माण पक्षले मङ्गलवार चलचित्रको "हात्ती ढुङ्गामा" बोलको गीत सार्वजनिक गरेको हो। पृथक कथा र पृथक प्रस्तुतीमा निर्माण भएको "प्रेमगीत ३"को पहिलो गीतले नै सम्पूर्ण दर्शकहरुको अपेक्षाको अग्लो पहाडलाई भेट्ने पक्का छ।

आउँदो माघ २४ गतेबाट फिल्म ‘सेल्फी किङ्ग’ प्रदर्शनमा आउदैछ । फिल्ममा टेलिभिजनमा हिट भएर अस्ताउदै गरेको हाँस्यकलाकारको एक घटनालाई प्रस्तुत गरिएको छ । तिन दिनको कथामा तयार भएको भनिएको फिल्ममा सेल्फी किङ्ग अर्थात विपिन कार्की एक कार्यक्रममा पुगेर फर्किंदासम्मको कथा हो । कार्यक्रमकै लागि सोलुखुम्बु पुगेर त्यहाँ कार्यक्रममा सरिक भएर फर्किने कथाको क्रममा आउने उतारचढावमै फिल्म केन्द्रीत छ ।

यहि माघ २४ गते प्रदर्शनको तयारीमा रहेको विपिन कार्की अभिनित चलचित्र “सेल्फी किङ्ग”सँगको सहाकार्यमा हाम्रो पात्रोले अब आफ्नो प्रयोगकर्ताहरुको लागि "हाम्रो सेल्फी किङ्ग Contest” लिएर आएको छ। ह्युमर र कमेडी हाउभाउमा सेल्फी तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो Community मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नुहुनेछ।

म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम सार्वजनिक

नेपाल एयरलायन्सबाट जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइेको ‘सुर्य इन्टरनेसनल अवार्ड’ कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का..

देशको एक प्रतिष्ठित अवार्ड शो दोश्रो सुर्य इन्टरनेशनल अवार्ड – २०१९ आज जापानको टोकियोको नाकानो जिरो हलमा आज आईतवार नोभेम्वर २४ मा साँझ ६ बजेबाट सुरु हुने छ । । यस अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

जापानको राजधानी टोक्योमा आयोजना हुन लागिरहेको देशको एउटा प्रतिष्ठित मनोरञ्जनात्मक अवार्ड शो ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ को हरेक विधाका टप ३ मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुको सुची अहिले दर्शक माझ छन्। हरेक विधाका उत्कृष्ट ३ मध्य विजेता छान्ने काम भने अब दर्शकहरुले भोटिंग मार्फत गर्नेछन्। टोक्योको नाकानो जिरो हलमा २४ नोभेम्बरमा हुने यस अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

२०७६ सालको सबै भन्दा प्रतिक्षित चलचित्र "प्रेमगीत ३" को चर्चा तब नै शिखरमा पुग्यो जब यो चलचित्र निर्माण हुने हल्ला बजारमा चल्न थाल्यो। निर्माण पक्षले यस सफल रोमान्टिक सिरिजको तेश्रो शृंखलामा जब एउटा एतिहाषिक कथा रहने जानकारी दिए तब "प्रेमगीत" को फ्यानहरु र अरु चलचित्रप्रेमीहरुको लागि यो खबरले निक्कै उत्साहित बनायो । सिक्वल भन्ने बित्तिकै पहिलो भन्दा दुई गुणा ठुलो र भव्य बनाउने सोच त सबै चलचित्रकर्मीहरुको हुन्छ, तर प्रेमगीतका निर्माता सन्तोष सेनले यो चलचित्रलाई नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरणीय चलचित्र बनाउने सपना देखे।

इस्लाम ध्मावलम्बीहरूको पर्व ईद-उल-अधाको दोस्रो दिन अर्थात आज सोमबार ग्रान्ड मल स्थित एसियन टाउन एम्पीथिएटरमा शान्तिको लागि संगीत भन्ने नारा का साथ हुन लागेको ‘नेपथ्य लाइभ इन दोहा’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले हाम्रो पात्रोलाई बताउनु भएको छ ।

नेपालको चर्चित लोक रक समूह ‘नेपथ्य’ दोस्रो पटक साङ्गीतिक कार्यक्रम "नेपथ्य लाइभ इन दोहा"का लागि कतार आइपुगेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल अधाको दोस्रो दिन ग्रान्ड मल स्थित एसियन टाउन एम्पीथिएटरमा हुने सांगीतिक प्रस्तुति दिन कतार एयरवेजको ६५३ को जहाज मार्फत् अमृत गुरुङ सहितको नेपथ्य टोली स्थानीय समयानुसार २:३० बजे कतार आइपुगेको हो।

नेपाली नव वर्ष लक्षित गरेर प्रदर्शनमा आउन लागेको "प्रेमगीत ३"को प्रदर्शन नेपाली चलचित्रप्रेमीहरु माझ कुनै चाडपर्व भन्दा कम नहुने अनुमान अहिले देखि नै धेरैले गर्न थालिसके। चर्चित र लोकप्रिय कलाकार सँगसंगै अवसरको पर्खाइमा रहेका प्रतिभाशाली अनुहारहरुको उपस्थितीले यसपटकको "प्रेमगीत" साच्चै पहिलो र दोश्रो भन्दा ३ गुणा बढी ब्यापक बनेको छ। निर्माण पक्षले समय समयमा नयाँ कलाकारसँग आवद्द भएको खबरले दर्शकको उत्सुकताको आगोमा घ्यु थप्ने काम पक्कै गरेको छ।

गायिका इशा कार्की र पवित्रा गुरुङ को सुमधुर स्वरमा रहेको छम छम नचाउने गीत "यो तीजमा गरौ रमाइलो " को भिडियो सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र रिकेश गुरुङको एरेन्जमा रहेको उक्त गीत MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त भिडियोमा सृष्टि खड्का र संगम शर्मा आदिले दमदार प्रस्तुत गरेका छन् ।

अहिले २०७६ कै बहुप्रतिक्षित चलचित्र "प्रेमगीत ३"को लागि गीतको पात्रको अडिसन चलिरहदा सबैमा “तेश्रो गीत” को बन्ने भनेर उत्सुकताको बिचमा, चलचित्रको निर्माण पक्षले नायिका हैन एक नवनायकलाई दर्शक सामु प्रस्तुत गरेका छन्।

नेपाली चलचित्र क्षेत्रमा मुश्किलले केहि चलचित्रले दर्शकको मनमा आफ्नो स्थान बनाउन सफल हुने गर्दछन्। आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित २०७२ सालको रोमान्टिक हिट "प्रेमगीत" र यसका मुख्य पात्र "प्रेम र गीत" ले त्यतिबेला दर्शकहरुमाझ आफ्नै छुट्टै स्थान बनाए।

बलिउडका भेट्रान गायक कुमार सानुको स्वरमालाई युवा संगीतकार युग भुसालको सङ्गीत तथा साहित्यकार कुसु क्षेत्रीको शब्दरचना रहेको 'सयौं जुनी' गीत युट्यूबबाट सार्वजनिक भएको छ । झापाको अर्जुनधारामा जन्मिनुभएका क्षेत्री जापान, म्यानमार, क्यानडास्थित नेपाली कूटनीतिक नियोगहरुमा समेत विभिन्न जिम्मेवारी पुरा गरीसक्नुभएको छ ।

हरिवंश आचार्य, निरूता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई जस्ता अव्वल कलाकारहरुको उपस्थिति भएको चलचित्र "दाल भात तरकारी"को पोष्टरहरु सार्वजनिक भएको छ। एउटा परिवारको बैदेशिक मोहको कथा रहेको यस चलचित्रलाई दर्शकमाझ सिनियर हास्य कलाकार किरण केसीले प्रस्तुत गर्नेछन्।

काठमाडौं, २५ चैत । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो ।

काठमाडौ, २५ चैत । चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ । यो चलचित्र शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ ।

चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘डुली डुली’ गीतमा मेलिना राईको स्वर रहेको छ । गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको छ भने यसलाई प्रतिकले कोविद बज्रसंग मिलेर कम्पोज गरेका हुन् ।

आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षती प्रति अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेशन टिमले दुःख व्यक्त गरेका छन् । पछिल्लो विवरण अनुसार सो प्रकोपबाट बारमा २७ र पर्सामा ६ सहित ३३ जनाको निधन, ४ सय जना भन्दा बढी घाईते, हजारौं घर बेघर र करोडौंको क्षती भएको छ । हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गरेका छन् ।

गत पौषमा घोषणा गरिएको फिल्म ’हृदय भरी’ को छायाँकन शुक्रबारबाट प्रारम्भ भएको छ । राजधानीबाट सुरु भएको फिल्मको छायाँकन लगभग ४५ दिन हुने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् । राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ब्युटीप्याजेन्टको सिनको छायाँकन भईरहेको निर्देशक सुब्बाले जानकारी दिए ।

रामबाबु गुरुङ्गको साइँली हेरेपछि मनमा आएको कुरा यहि हो, यो "हाम्रो" चलचित्र हो। मौलिक कथाहरुलाई ठुलो पर्दामा उतार्न शिपालु निर्देशक रामबाबु गुरुङ्गले यसपटक सबैलाई आफ्नो उत्कृष्ट लेखन र निर्देशनले चकित बनाउनेछन्। "पुरानो डुंगा" र "मिस्टर झोले"ले दर्शकबाट सोचेजस्तो प्रतिक्रिया नपाएपछि निर्देशक गुरुङ्गको लागि पनि "साइँली" निक्कै महत्वपूर्ण चलचित्र थियो।

काठमाडौं, ६ चैत्र । यो हप्ता रङहरुको पर्व होली । पूर्णिमाको दिन पर्ने पर्व भएकोले यसलाई फागू पूर्णिमा पनि भनिन्छ । नेपाल चलचित्र ‘यात्रा’ युनिटले होली मनाएको छ ।

नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो...को भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबारसाँझ यो गीतको भिडियो रिलिज गरिएको हो ।

चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको लभ स्टेशन दोश्रो फिल्म हो । यो चलचित्रको ट्रेलरमा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामलाई दर्शकले यतीबेला निकै रुचाएका छन् । ट्रेलर निकै राम्रो बनेको र ट्रेलरले नै एउटा राम्रो लघु चलचित्रको कथा प्रस्तुत गरेको दर्शकहरुको भनाई छ । बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको लभ स्टेशनको ट्रेलर रिलिज भएको ८ घन्टामै युट्युव नेपाल ट्रेन्डिङमा आएको हो ।

फिल्म ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई रि एरेन्ज गर्दै फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ राखिएको छ । गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै र यसका सर्जकलाई सम्मान गर्दै सार्वजनिक गरिएको छ । सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए ।

चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रदर्शन मिति निजिकिँदै गर्दै फस्ट लुक्सको रुपमा यसको पोष्टर शुक्रबार रिलिज गरिएको छ ।

नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शन भैरहेको niff २०१९ को यो बर्षको संस्करण सम्पन्न भएको छ। हिजो राष्ट्रिय सभा गृहमा प्रदर्शन भएका चलचित्रहरु मध्य विजेता चलचित्रहरुलाई पुरस्कार तथा सम्मान गरेर यो महोत्सवको समापन गरियो। यस महोत्सवमा नेपाली चलचित्र "डाइङ्ग क्यान्डल"ले उत्कृष्ट कथानक चलचित्र जित्न सफल रह्यो।

राजधानिमा आयोजित एक कार्यक्रममा भुवन थापा चन्दको चलचित्र ‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा नायीका मीरुना मगर र डेव्यु नायक राज कुमार जस्ता कलाकारहरुले नृत्य गरेका छन् ।

नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शन भैरहेको niff २०१९ को यो बर्षको संस्करण आज सम्पन्न हुने भएको छ। आज राष्ट्रिय सभा गृहमा साझ ५ बजे प्रदर्शन भएका चलचित्रहरुलाई पुरस्कार तथा सम्मान गरेर गरिन्छ। समापन कार्यक्रममा उपप्रधानमन्त्रि तथा रक्षामन्त्रि इश्वर पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित हुनेछन।

नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु क्रमस राष्ट्रिय सभा गृह र नेपाल टुरिजम बोर्डको भवनमा प्रदर्शन गरिने niff २०१९मा आज प्रदर्शन हुने चलचित्रको पूर्ण बिवरण।

हिजो उद्घाटन भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा पहिलो चलचित्र "हरि" प्रदर्शन गरियो। आज बाट भने नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु क्रमस राष्ट्रिय सभा गृह र नेपाल टुरिजम बोर्डको भवनमा प्रदर्शन गरिनेछ। आज प्रदर्शन हुने चलचित्रको पूर्ण बिवरण।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनाको लागि आज बाट यहि फाल्गुण १३ गतेसम्म राजधानीमा ‘दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ शुरु हुने भएको छ । उद्घाटन कार्यक्रममा नेकपाका अध्यक्ष र पुर्वप्रधानमन्त्रि पुष्प कमल दाहालको सहभागिता हुनेछ। आज उद्घाटन समारोह पछि ५ बजे बिपिन कार्कीको "हरि" चलचित्र प्रदर्शन गरिनेछ।

चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ । आगामी २२ चैतमा रिलिज हुने यो फिल्मका तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो । लभ स्टेशनका तर्फबाट अभिनेता प्रदीप खड्कासहित अभिनेत्री जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सो चलचित्रका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् ।

समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको फिल्म ‘बुलबुल’ले फिल्म भित्रको एक दृश्य सार्वजनिक गरेको छ । सार्वजनिक दृश्यमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समेटिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य फिल्मको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । फिल्मको लेखकसमेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको जानकारी गराए ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनाको लागि आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीमा ‘दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ । नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु देखाइने महोत्सवमा नेपालका ६ वटा फिचर र १० सर्ट फिल्म गरी १६ देखाइने छ । विदेशी फिल्महरुमध्ये ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म प्रदर्शन हुनेछन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म बुलबुलले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि दर्शकले सामाजिक सञ्जालमा फिल्मको खुलेर तारिफ गरेका छन् भने समीक्षकले फिल्म मौलिक फिल्मको बहसमा कोसेढुंगाको रुपमा रहने भन्दै फिल्मको प्रशंसामा प्रशस्त शब्द खर्चिएका छन् ।

चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत घाम जुन चाहिँदैन...को भिडियो दर्शकमाझ ल्याईएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । त्यसैले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन...उपहार दिएको बताएका छन् ।

मौलिक कथावस्तु र फरक प्रचारशैलीका कारण चर्चामा रहेको चलचित्र बुलबुल आजवाट देशभर प्रदर्शनमा आएको छ । स्वस्तिमा खडकाले टेम्पो चालकको भुमिका निर्वाह गरेको खवरले निर्माण घोषणादेखिनै यो चलचित्र आमदर्शक र मिडियाको नजरमा परेको थियो ।

यही फागुन तिन गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र बुलबुलको एक भिडियो बाहिरिएको छ । भिडियोमा चलचित्र छाँयाकनका क्रममा निर्देशक विनोद पौडेल र चलचित्रकी अभिनेत्री स्वस्तिमा खडकाविच एक अन्तरंग दृश्यको छाँयाकनका क्रममा के कुरामा कसरी मदभेद भएको थियो भन्ने खुलासा गरिएको छ ।

युवा लेखक निश्चल मल्लले अंग्रेजीभाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिकभएको छ । मंगलबार अभिनेत्रीहरु ऋचाशर्मा, सुरक्षापन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ऋचाले लेख्ने मान्छेप्रतिआफ्नो मनमा श्रद्धा रहेको बताउँदै कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाइ दिएकी थिइन् ।

चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ ।

NIFF 2019 ले पहिलो पटक नयाँ चलचित्र बनाउने निर्माताहरूको लागि Story Pitch 2019 कार्यक्रम प्रस्तुत गरेको छ। यो नयाँ र प्रकाशमा पर्न नसकेका लेखकहरुको लागि लघुकथा या कथानक चलचित्रकै कथा प्रस्तुत गराउने माध्यम बनेको छ। सहभागी भएका आवेदकहरूलाई १४ फेब्रुअरी २०१९ सम्म चयन गरिनेछ।

मह संचारको प्रस्तुति किरण के.सी.को चलचित्र “दालभात तरकारी”को पहिलो गीत ‘भिजिट भिसामा’ माघ ११ गते मह संचारको YouTube channel मा सार्वजनिक हुँदैछ ।

नेपाली हास्य व्यंग्यका पितामह 'मह'का मदनकृष्ण श्रेष्ठ तथा सर्वप्रिय सदाबहार कलाकार किरण केसीको विशेष उपस्थितिमा लोकप्रिय गायकद्वय सत्य राज आचार्य, स्वरुप राज आचार्य, नेपाली फुटबलका स्टार स्ट्राइकर रोहित चन्दको उपस्थितिमा NepGasm ले आफ्नो पाँचौं संस्करणको Stand-Up कमेडी सम्पन्न गरेको छ ।

माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक 'गोपी'को कथा समेटिएको छ । दृढ इच्छा शक्ति र निरन्तरको प्रयासले देश मै राम्रो उद्धम गर्न सकिन्छ भन्ने संदेश बोकेको फिल्मको विशेष शोमा नेपाली राजनिनैतिक व्यक्तिहरु, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसंगै विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।

मह सञ्चारको युट्युब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘दाल भात तरकारी’ को गीत भिजिट भिसामालाई दर्शकले रुचाएका छन् । दर्शकको रुचाइकै कारण गीत ट्रेण्डिङमा पर्न सफल भएको छ । नेपालसँगै विदेशमा पनि उत्तिकै रुचाइएको गीत नेपालको युट्युब ट्रेण्डिङमा नम्बर २ मा पर्न सफल भएको छ ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. बाट निर्मित यस चलचित्रलाई वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिनुभएको छ भने यसको निर्देशन तथा निर्माण शंकर घिमिरेले गर्नुभएको हो । चलचित्रको पाँचवटा गीतहरुमा आशा भोषले, साधना सरगम, शान र कुमार कान्छाले स्वर दिएका छन् ।

‘गोपी’ फिल्मले आयोजना गरेको कविता लेखन प्रतियोगिताको नतिजा सार्वजनिक भएको । प्रतियोगितामा क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनुअघि’ले सर्वोत्कृष्ट भई प्रथम पुरस्कार जितेको छ । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविता तृतीय पुरस्कार जित्न सफल भएका छन् ।

गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ को चर्चा परिचर्चा बढ्दो छ । रिलिजको पुर्व सन्ध्यामा गरिएको प्रिमियरले फिल्मको मेकिङको चर्चालाई बाहिर ल्याएको हो । फिल्म हेर्ने अधिकाँसले यसको तारिफ गरेका छन् । साउथ इण्डियन फिल्मनगरीमा काम गरेर आइसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार फिल्मले त्यस्तै स्वाद दिने प्रतिक्रिया आइरहेको छ ।

शुक्रबारबाट फिल्म ‘रणवीर’ प्रदर्शनमा आएकोछ । फिल्म रिलिजको पुर्व सन्ध्यामा राजधानी स्थित कुमारी हलमा फिल्मको भव्य प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा फिल्मनगरीका अधिकाँस परिचित अनुहार देखिएका थिए । झन्डै ४ सय भन्दा बढीले ’ग्राण्ड प्रिमियर’ अन्तर्गत फिल्मलाई हेरे । उक्त शो मार्फत फिल्मले पोजेटिभ फिडब्याक पाएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक गरिएको छ । चैत्र २९ मा रिलिज गरिने फिल्मको टिजरमा क्यारेटर लुक्ससँगै कथालाई पनि केहि हदसम्म प्रस्ट्याउने प्रयास गरिएको छ । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै दर्शकको मनमा बस्न सफल राइजिङ स्टार सलिन मान बनिया अभिनित फिल्म यसवर्षको प्रतिक्षित फिल्म मध्य एक हो । झन्डै एक मिनेट लामो टिजरमा उनको रोमान्टिकसँगै एक्सन अवतारलाई पनि समेटिएको छ ।

कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले फिल्म ‘गोपी’ असाध्यै प्रेरणादायी कथामा बनेको बताउँदै यस्ता फिल्मलाई राष्ट्रले नै सहयोग गर्नुपर्ने बताएका छन् । बुधबार सिटीसेन्टरस्थित बिग मुभिजमा फिल्मको कर्पोरेट सोमा उपस्थिसित जनाउँदै उनले ‘गोपी’लाई केही न केही सहयोग गर्ने आश्वासन दिए ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनाको लागि आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीमा ‘दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ ।

उनै श्रेष्ठ समाजले एचआईभी संक्रमितहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । उनमा सगरमाथा चढ्ने अठोट देखिएको छ ।

देश दौडाहा अन्तर्गत फिल्म ’रणवीर’ युनिटले बुटवलमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका रणवीर अर्थात् सुशील सिटौलाले आफ्नो डेब्यु रणवीर भएको बताएका छन् । उनले अघिल्ला फिल्मले चिनाएको र यसले स्थापित हुने विश्वास व्यक्त गरे । ’रणवीर बन्न सहज थिएन त्यसैले मेरो लागि डेब्यु रणवीर हो , यस अर्थमा कि यसमा दर्शक नयाँ सुशीलले देख्नु हुनेछ’ सुशीलले बुटवलको सञ्चारकर्मीसँग सम्बोधन गर्दै भने ’फिल्ममा मेरो भूमिका धनगढीको एक युवाको छ जसको जीवनमा आउने आरोह अवरोहनै रणवीर हो ।’

माघ १८ देखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म‘गोपी’ले विषय लक्षित दर्शकसँग अन्तक्र्रिया र अनुभव आदान प्रदान गर्दै फरक तरिकाले फिल्मको प्रचार गर्दै आएको छ । यही क्रममा चितवन ,बुटबल हुँदै पोखरा पुगेको फिल्मको टोलीले मंगलबार बिहान पोखराको बाटुलेचौरमा रहेको चमेरे गुफा कृषि सहकारी संस्था र मिलीजुली कृषि फर्ममा आबद्ध किसानसँग अन्तक्र्रिया गरेको छ ।

पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म ‘रणवीर’ मार्फत डेब्यु गर्दैछिन ।

फिल्म ‘गोपी’को प्रचार प्रसारका लागि बुटबल आइपुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् । फ्यानले केक काटेर शुभकामना दिँदै ब्राइड टु बिको गाउन समेत लगाइदिएका थिए । वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले आफूले वर्षा राउतलाई विगत चार पाँच वर्षदेखि फ्लो गर्दै गरेको र विवाहको शुभकामना दिन सानो कार्यक्रमको आयोजना गरेको बताइन् ।

नाम उही , पेशा उही । अनि भोगाइ पनि उही । फिल्मको दृश्य झैं नाटकीय लाग्ने यो संयोग थियो पर्दाका गोपी र असली गोपीको भेटको । पर्दाका ‘गोपी’ अर्थात् बिपिन कार्की र चितवनमा फिल्ममा झैं गाई व्यवसाय गरिरहेका गोपी ढकालको ।

अभिनेता बिपिन कार्कीले ‘गोपी’ आफ्नै कथा रहेको बताएका छन् । बिहीबार पत्रकारसँगको साक्षात्कारमा उनले गोपीमा आफूले निर्वाह गरेको चरित्र र आफ्नो पृष्ठभूमि उस्तै रहेकाले फिल्म गरिरहँदा अभिनय नभई पुरानो समय बाँचेको अनुभव भएको बताएका हुन् । ‘मैले घाँस काटेको छु । खोले खुवाएको छु । स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुराएको छु । यो फिल्ममा पनि यी सबै गतिविधी पटकथामै समेटिएका थिए । त्यसैले यो फिल्ममा काम गरिरहँदा अभिनय गरेको हैन, पुराना दिनको पुनरावृत्ति गरिरहेको अनुभूति भएको थियो,’ अभिनेता कार्कीले भने ।

विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंक लिमिटेडले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएको अवगत गराउन पाउँदा अत्यन्त गौरवान्वित भएका छौं । यस बैंकले पछिल्लो पटक ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको छ । यस्तो अवार्ड United Registrar of system URS /UKAS -UK ले प्रदान गर्ने गर्दछ ।

चलचित्रमा क्यारेक्टर रोल निभाइरहेका नायक सुशील सिटौलाले यहि चलचित्रको लागि भनेर आफ्नो लगभग १५ तौल पनि बढाएका छन्। नायक सुषिल सिटौला यस चलचित्रमा पहिलो पटक एक्सन अवतारमा देखा पर्नेछन। आज सार्वजनिक भएका केहि पोष्टरमा नायक सुशील सिटौलाको एक्सन अवतार देख्न सकिन्छ भने केहिमा उनलाई रोमान्टिक लुक्समा पनि प्रस्तुत गरिएको छ। यी पोष्टरहरु आनन्द कुमार महर्जनले डिजाइन गरेका हुन्।

पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का ।

माउन्टेन रिभर फिल्मससँगै टाईनि बट बिग पिक्चरसको दावी अनुसार नेपाली सीने पृष्ठभूमीमा पहिलो पटक फरक विधाको सिनेमा “अनागत” यहि माघ ११ मा ल्याउने भएको छ । साम्तेन भुटियाको र्निदेशनमा बनेको यो चलचित्रमा प्रियंका कार्कि र अर्पन थापाको मुख्य भुमिका रहेको छ ।

चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज "चुरीफुरी डटकम" को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौं ८ पुष । यही २७ पुषबाट देशब्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘चौका दाउ’को फस्ट लुक्सको रुपमा तीन ओटा पोष्टर रिलिज गरिएको छ । एक साता अघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आईतबार पोष्टर रिलिज गरेको हो ।

स्थानीय र अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले महिलासम्बन्धी मुद्दाहरुको बहसलाई सक्रिय बनाएकाले नै हामीले मनोवृत्तिमा परिवर्तनहरु देख्न थालेका छौँ । यौन-हिंसा विरुद्ध एकजूट भएर आवाज उठाउन सके समाजमा विद्यमान प्रणालीलाई चुनौती दिँदै दिगो परिवर्तनतर्फ जान सकिन्छ भन्ने विषय #मिटू अभियानले उठाएको देखिन्छ।

कर्म, नाजिर हुसेन र कामेश्वोर चौरशिया अभिनित कमेडी चलचित्र "गरुड पुराण"को पहिलो गीत सार्वजनिक भएको छ। सुबाष कोइराला निर्देशित यस चलचित्रको "म त पिरिममा" बोलको गीत सार्वजनिक भएको हो। सुशन प्रजापतिले छायांकन गरेको यस चलचित्रको पहिलो गीतमा "काले दाइ" निश्चल बस्नेत फेरी एकपटक आफ्नो नृत्य सहित प्रस्तुत भएका छन्। गीतमा कोशिष क्षेत्रीको सङ्गीत रहेको छ।

निर्माता माधव वाग्लेको चलचित्र “चङ्गा चेट”को प्रदर्शन को साता अगाडी यस चलचित्रको टाइटल गीत सार्वजनिक भएको छ ।चलचित्रको यस शिर्ष गीतमा भने कोशिष क्षेत्रीको शब्द, सङ्गीत र स्वर सुन्न सकिनेछ। चर्चित निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आरएल रानाको साथमा सन्दीप क्षेत्री र रबिन्द्र झाको अभिनय रहेको छ।

सफल निर्देशक दिपेन्द्र के. खनाल निर्देशित "चङ्गा चेट"को अफिसियल पोष्टरहरु सार्वजनिक भएको छ। कार्तिक १६ गतेबाट व्यापक रुपमा प्रदर्शनमा आउने यस चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आरएल रानाको साथमा सन्दीप क्षेत्री र रबिन्द्र झाको अभिनय रहेको छ भने चलचित्रमा निर्माता माधव वाग्लेले लगानी गरेका हुन्।

प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को ५० प्रतिशत छायाँकन सकिएको छ । असोज ११ गतेबाट दार्जिलिङदेखि छायाँकन सुरु भएको यस चलचित्रका निर्माता गोबिन्द शाहीले तोकिएको ३५ दिनमै छायाँकन सकेर तिहार अघि काठमाडौं फर्कने बताएका छन्। यसअघि सफल चलचित्र ʻलिलिबिलीʼमा प्रदीप र जसिताको जोडीलाई दर्शकले मन पराएका थिए।

विपीन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाको अत्याधिक रुचाइएको कमेडी र इमोशनले भरिएको चलचित्र “जात्रा”को सिक्वेल बन्ने भएको छ। फागुन १७ गतेलाई रिलिज डेट तोकिएको यस चलचित्रमा फेरी एकपटक दर्शकले तीनजना पसले साथीको रमाइलो कथा हेर्न सक्नेछन।

अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजिक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो । योसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।

Santosh Devkota · Oct ३, २०१८सपनाको शहर काठमाण्डौ, जहाँ बिपनामा भेटिएका हरेक पात्रले छाडीजाने पदचापले एउटा कथा वाचन गरीरहेको हुन्छ । काठ्माण्डौका बन्द कोठा भित्रको तीन यस्तो सरल कथा जुन कथाबारे चलचित्र बुन्न सिल्भर स्क्रिनमा दशकौैं खारिएकी सङ्गीता श्रेष्ठलार्इ पनि दशकौं लाग्यो ।

आफ्नो पहिलो चलचित्र “कथा काठमाण्डौ”मा तपाइले “life” र “love”को स्टोरी त देखाउनु भयो। तर तपाइले नेपाल जस्तो ठाँउमा “Lust” सम्बन्धित कथा दर्शकमाझ प्रस्तुत गर्छु भनेर आट गर्ने हिम्मत चैं मान्नुपर्छ । अहिले पुरातन मेकिङमा रमाउनेहरुले पक्कै यहि सोचेको हुनुपर्छ ।

जापान, भाद्र ३१ । सुर्य ईन्टरनेशनल अवार्ड-२०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो ।

जापानको टोकियोमा यही सेप्टेम्बर १६ मा आयोजना हुने सुर्य इन्टरनेसनल अवार्ड अवार्ड २०१८ यही सेप्टेम्बर १६ तारिक आईतबार ६ बजेबाट नाखानो जेरो हल, टोकियोमा हुदैंछ । समारोहमा अभिनेत्री बसुन्धरा भुषाल, नायक भुवन केसी, पत्रकार सामिप्यराज तिमल्सेना र फोटो पत्रकार श्रीधर पौडेललाई आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको छ ।

चलचित्र ‘लिलीबिली’बाट डेव्यु गरेकी नायिका हुन्–जसिता गुरुङ । पहिलो चलचित्रबाट नै जसिताको सुन्दरता, अभिनय र बोलीको निकै चर्चा भयो । नायक प्रदीप खड्कासँग अपोजिट भएर काम गरेकी जसिताका युकेमा बस्छिन् ।

यही सेप्टेम्वर १ बाट सूर्य ईन्टरनेशनल अवार्डको भोटिड प्रक्रृयाको सुरुवात भएको छ, जापानको टोकियोमा यही सेप्टेम्बर १६ मा हुने उक्त अवार्डमा मनोनयनमा परेकामध्ये सर्वाधिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिने आयोजकले यस अघि नै काठमांडूको र्याडिसन होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराईसकेको छ ।

अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ अहिले संचालन भइरहेको छ। यस सो मा बरिष्ठ गायक दीप श्रेष्ठ , सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचको रुपमा छन् । ब्लाइन्ड अडिसनमा कोचहरु अगाडि प्रतियोगीले आफ्नो प्रस्तुति दिएका छन् र यसमा सफल भएकाहरू ब्याटल राउन्डमा प्रवेश गर्नेछन् ।

टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ’कथा काठमाण्डौ’को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ’कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताको लेखन र निर्देशनमा तयार भएको फिल्म ’कथा काठमाण्डौ’ पछिल्लो समय चर्चामा छ ।

“हामीले विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण (फ्रेञ्चाइज) द भ्वाइस अफ नेपाल अब नेपालको सबै भन्दा बढी डाउनलोड भएको जीवनशैली एप हाम्रो पात्रो बिच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता गर्यौं जस अन्तरगत हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको अाधिकारीक डिजिटल मेडिया पार्टनरको रुपमा हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनको हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने छ ।”

टेलिभिजनकर्मी , म्युजिक भिडियो निर्देशक , पुस्तक लेखिका लगायतको पहिचान बनाइसकेकी संगीता श्रेष्ठले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन । फिल्ममा उनले काठमाण्डौको तिन भिन्न भिन्न कथालाई देखाउने कोसिस गरेको बताएकी छिन ।

नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहेर निरन्तर भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवं साहित्यकार "सुरेन्द्र महर्जन"अमर" एकल सृजना साँझ-२०७५" सम्पन्न भयो ।

"सुर्य इन्टरनेशनल अवार्ड" जापानको पहिलो पुरस्कार हो जुन सबै फिल्म, संगीत र नेपालको गायकको सहभागीतामा आयोजना गरिनेछ। अहिले दर्जन भन्दा बढी फिल्म पुरस्कारहरू हरेक वर्ष नेपालमा व्यवस्थित गर्दै छन्। सुर्य इन्टरनेशनल अवार्डले फिल्म र संगीतको आदरको साथ सबै र चलचित्र निर्माताहरूको सम्मान र प्रेरणादायक रहने उद्देश्यले यो अवार्ड कार्यक्रम आयोजना गर्न लागिरहेको हो।

आसुसेन फिल्म्सको ब्यानरमा बनेको चौथौ चलचित्र "मेरी मामु"ले हिजो शुक्रवार सुखद ओपनिङ्ग पाएको विभिन्न श्रोतहरुबाट जानकारी प्राप्त भएको छ। बालमनोबिज्ञानमा आधारित एउटा आमा र छोराको पृथक कथा दर्शक माझ प्रस्तुत गरेका निर्माता सेनले चलचित्रको प्रमोसनमा भने कुनै कमि छाडेका छैनन्।

चलचित्र ‘चङ्गा चेट’को भर्खर केहि समय अघि मात्र सार्वजनिक भएको गीत "गोजीमा दाम छैन"ले अहिले टिकटक म्युजिकल्लीमा ब्यापक सफलता पाएको छ।

चलचित्र प्रयोजनको लागि छापिएको नक्कली पैसा केहि कारणले बजारमा बाहिरिएपछि निर्माता माधव वाग्लेले केहि समय प्रहरी चौकी र अहिले न्यायालय धाउनु पर्ने अवस्था आयो। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि नेपाली दर्शकहरुलाई थुप्रै मनोरञ्जनात्मक चलचित्र पस्किनु भएको सबैका प्रिय निर्माता वाग्लेको चलचित्रलार्इ अझ स्तरिय र रियल बनाउने सोचले एकदिन झन्डै उँहाको "चङ्गा चेट" गरायो।

गीतबाटै अत्याधिक चर्चा बटुलिरहेको चलचित्र मेरी मामुको मनै छुने पोष्टरहरु मंगलबार सार्वजनिक गरिएको छ । भदौ १५ देखि रिलिज हुने फिल्मको पोष्टरमा न हिरो र हिरोईले गाला जोडेका छन्, न त हिरोले भिलेनको गाला फुट्ने गरी हानेको छ । केवल छ त, एउटा बालकको मनोबिज्ञान ।

भाद्र १५ देखि प्रदर्शनमा आउने चलचित्र मेरी मामुको टोली यतिबेला पुर्वका बिभिन्न स्कुलहरुमा चलचित्रको पव्लिसिटी गरिरहेको छ । यसपुर्व काठमाडौंका बिभिन्न स्कुलहरुमा गएर चलचित्रका बाल नायक आयुब सेन र नायिका कुसुम गुरुङका साथमा फिल्मका निर्माता सन्तोष सेनले फिल्मको बारेमा जानकारी दिएका थिए ।

Santosh Devkota · Oct ३, २०१८नाट्यकर्मीहरुको सर्वप्रिय थलो ‘सर्वनाम थिएटर’ मा गत शनिबार केही विशिष्ठ, बरिष्ठ अथवा भनाै कुनै ठूला, गह्राैं सामाग्री त थिएन तर हाँस्न तथा प्रशस्त हाँसिमात्र राख्न बाध्य पार्ने युवा कलाकारहरुको अनेक हाँसोका कारण थियो ‘Theatrical Stand-up Comedy’ ।

आसुसेन फिल्म्सको ब्यानर मा निर्माण भएको चौथौ चलचित्र “मेरी मामु”को “आमा” बोलको पहिलो गीत रिलिज भएसंगै यस भाद्र १५ मा रिलिज हुने चलचित्रको प्रोमोशन सुरु भैसकेको छ । छोटो समय अवधि मै शुटिंग कार्य सकाएर प्रदर्शनको लागि तैयार भैरहेको यो चलचित्रमा निर्माता सन्तोष सेनको सुपुत्र आयुब सेन मुख्य भूमिकामा देखिनेछन् ।

सुदर्शन थापा निर्देशित नँया चलचित्र “रामकहानी”को ट्रेलर सार्वजनिक भएको छ । आकाश श्रेष्ठ र पुजा शर्मा बीचको अनौठो प्रेम कहानी चलचित्रमा प्रस्तुत हुने अनुमान चलचित्रको आज सार्वजनिक भएको ट्रेलर हेरेर गर्न सकिनेछ । नायिका पुजा शर्मालार्इ आत्माको रुपमा प्रस्तुत गरिएको हुदा दर्शकले पुजा र आकाश बिचको एउटा फरक प्रेमकथा देख्ने अनुमान भएको हो ।

बि स २०७२ सालमा प्रदर्शनमा आएको चलचित्र “चंखे संखे पंखे”को प्रोमोशन सायद अहिले पनि नेपालि चलचित्र प्रेमीहरुको मन मष्तिस्कमा ताजा नै छ होला । केहि औंलामा गनिन सकिने चलचित्रहरुले मात्र लगानी सुनिश्चित गरिरहेको बेलामा या भनौं चलचित्र क्षेत्रमा संकटकाल लागिरहेको बेला चलचित्र निर्माण तथा यसको प्रोमोशनमा खर्च गर्न नहिच्किचाई यस उध्योगमा प्रवेश गरे निर्माता सन्तोष सेनले।

“उडायो हावाले”मा हर्कुलस बस्नेतको शब्द सङ्गीत सुन्न सकिनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाहसंग नवाकलाकार धिरज मगरको फ्रेस जोडी देख्न सकिने चलचित्र “इन्टु मिन्टु लण्डनमा”को आज सार्वजनिक भएको “उडायो हावाले” बोलको गीतमा साम्राज्ञी र धिरजको भरपुर रोमान्स देख्न सकिन्छ ।

काठमाण्डौमा देखिरहेको अनि भोगीआएको जिवन, जिवनशैली अनि पात्रहरु बिचको love, lust र life को फरक कथाहरुलाई प्रस्तुत गरिएको चलचित्र “कथा काठमाण्डौ”को पहिलो गीत “रातको कुरा”ले अहिले निक्कै चर्चा बटुली रहेको छ।

“चंखे संखे पंखे” “प्रेमगीत” र “प्रेमगीत २” पछी अहिले छायांकनमा रहेको आसुसेन फिल्म्सको ब्यानरको अर्को चलचित्र “मेरी मामु”ले छोटो समयमा चौतर्फी सकारात्मक चर्चा बटुल्न सफल भैरहेको छ ।

एवन राज उप्रेती, अर्पण थापा , ऋचा शर्मा, सिर्जना सुब्बा आदि कलाकारको सशक्त अभिनय रहेको चलचित्र “चक्कर” यहि श्रावन ४ गतेबाट देशब्यापी रुपमा प्रदर्शनमा आउदैछ।

अर्पण थापा, सिर्जना सुब्बा र रिचा शर्माको अभिनय रहेको एउटा बिल्कुलै भिन्न चलचित्र “चक्कर”को दोश्रो गीत सार्वजनिक भएको छ । केहि साता अघि सार्वजनिक भएको लोकप्रिय गायक नितेश जंग कुँवरको “साइली” बोलको गीतले अहिले संगीतप्रेमी हरु माझ निक्कै चर्चा कमाइरहेको बेला , चलचित्र “चक्कर” को पुष्पा पलान्चोकेको आवाज रहेको दोश्रो गीतले भने के कस्तो प्रतिक्रिया पाउनेछ ? त्यो भने केहि समय पछी थाहा हुनेछ ।

थुप्रै सुपरहिट गीतहरुमा आफ्नो नृत्य निर्देशनको जादु चलाउन सफल कोरियोग्राफर रेनषा बान्तवा राइले निर्देशन गरेको चलचित्र “इन्टु मिन्टु लण्डनमा”को टिजर सार्वजनिक भएको छ ।

६ बर्षिय बालक र उसको आमाको एउटा मौलिक र मार्मिक कथालाई पर्दामा उतार्न तैयार रहेका निर्माता सन्तोष सेनको चौथौ चलचित्र “मेरी मामु”को लागि नायिका चुनिएको छ । आफ्नो सुपुत्र आयुब सेनलार्इ ठुलो पर्दामा डेब्यु गराउन लागेका निर्माता सेनको यस चलचित्रमा नव नायिका कुसुम गुरुङ्ग,आयुबको आमा भएर प्रस्तुत हुनेछिन् ।

नेपाली पप सङ्गीतका सदाबहार १३ लोकप्रिय कलाकारहरूद्वारा संगठित साङ्गीतिक समूह 'megha OLD IS GOLD' ले नारायणगढमा यहि अषाढ २ गते साङ्गीतिक साँझमार्फत अाफ्नो प्रस्तुति समर्पण गर्ने भएको छ ।

अर्पण थापा, सिर्जना सुब्बा र रिचा शर्मा अभिनित चलचित्र “चक्कर”को पहिलो गीत सार्वजनिक भएको छ । निर्माता रबिन आचार्यले निर्माण गरेको यो क्राइम ड्रामा चलचित्रको "साइली" बोलको लिरिकल गीत सार्वजनिक भएको हो ।

केही समय अघि मात्र निर्माता सन्तोष सेनको नयाँ चलचित्रमा उनकै छ बर्षिय सुपुत्र आयुब सेनले डेब्यु गर्ने समाचारले थुप्रै चर्चा बटुलेपछी अब भने उक्त चलचित्रको नाम सार्वजनिक भएको छ । आमा र छोरा बीचको चोखो सम्बन्ध को बारेमा बन्ने यो चलचित्रको नाम “मेरी मामु” भनेर सार्वजनिक गरिएको हो ।

नृत्य निर्देशन गरेर चलचित्र क्षेत्रमा राम्रो प्रभाव छाड्न सफल राजेन्द्र बि सीले निर्देशन गरेको चलचित्र ब्ल्याक ब्युटीको पहिलो गीत सार्वजनिक भएको छ । उदय बाबु खतिवडा ,अनु शाह र रोशन सिंह अभिनित उक्त आइटम नम्बरमा सङ्गीत भने तृप्ति खड्काको रहेको छ ।

आज गैरीधारा स्थित स्टेशन फाइभमा चलचित्र “चक्कर”को ट्रेलर सार्वजनिक भएको छ । अर्पण थापा, सिर्जना सुब्बा र रिचा शर्माको अभिनय रहेको यो चलचित्रको ट्रेलर नेपालमा निर्माण भैरहेका प्राय सबै चलचित्रहरु भन्दा भिन्न लाग्दछ ।

आमा र छोराको सम्बन्धमा थुप्रै स्वदेशी तथा बिदेशी चलचित्रहरु निर्माण भएका छन् । तर पनि दर्शकहरुलाई केहि भिन्न स्वाद चखाउने प्रतिबदत्ता सहित निर्माता सन्तोष सेन आफ्नो चौथौं चलचित्र निर्माण गर्ने तैयारीमा जुटिसकेका छन् ।

नायिका तथा निर्मात्री पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्र “रामकहानी”को “तिम्रो लागि म छु” बोलको गीत सार्वजनिक भएको छ । ”सुदर्शन थापा - पूजा शर्मा - अर्जुन पोखरेल” यी तीनको जोडीले पछिल्लो दुइ चलचित्र “प्रेमगीत” र “म यस्तो गीत गाँउछु” सफल बनाएका थिए ।

राष्ट्रिय गित, पप, भजन होस् या आधुनीक सबै किसिमका गीतहरु गाएर श्रोताहरुको मन जीत्न सफल गायक सिताराम पोखरेलको “स्वार्थ तिम्रो” बोलको गीत सार्वजनिक भएको छ । करीब १५० ओटा गितमा आवाज दिईसकेका सिताराम पोखरेलको १७औ म्युजिक भिडियोको रुपमा यो गीत सार्वजनिक भएको हो ।

अहिलेको चर्चित मोडल/नायिका अलिशा राई र नेपालमा नृत्यलार्इ एउटा बेग्लै स्तरमा लैजान सफल डान्स ग्रूप भीमफेदी गाइजको नँया म्युजिक भिडियो “झरी पर्यो” सार्वजनिक भएको छ । सुलभ लोहनीको शब्द,सङ्गीत र स्वर रहेको यो गीतको भिडियोलार्इ लाइकमाइन्ड्स प्रोडक्सनले निर्माण गरेको हो ।

आफ्नो लामो सांगीतिक करियरमा केही नयाँ प्रयोग गर्न माहिर दीपक बज्राचार्यको नँया गीत “मन मगन” सार्वजनिक भएको छ । कुनै बेला नेपालका संगीतप्रेमीहरुलाई ल्याटिनो म्युजिकको स्वाद चखाउन सफल गायक दीपक बज्राचार्यमा पछिल्लो समयमा भने नेपालीपन या अझ भनौं नेवारीपन झल्काउने सङ्गीतले श्रोताहरुको मन जीत्दैछन् ।

मन्दिप गाैतम · Apr १६, २०१८बि सं २०७३ मा युट्युबमा नेपालि गीतहरुको लागि करोड क्लब सुरु भयो । केहि बर्ष अगाडी सार्वजनिक भएको ”सुर्के थैली खै”ले यो ट्रेन्ड सुरु गरेको हो । त्यसपछि ०७३ सालमै साइली, पुर्व पश्चिम रेल र ठमेल बजार गरेर अरु गीतहरुले पनि करोड क्लबमा आफुलाई स्थापित गरे ।

मन्दिप गाैतम · Apr १२, २०१८२०७३ नेपाली चलचित्र उध्योगको लागि एउटा परिवर्तनकारी बर्ष रहेको थियो । बिदेशी चलचित्र हेर्ने दर्शकको बाहुल्यता बढी रहेको नेपालि समाजलार्इ नेपालि चलचित्रहरुतर्फ ध्यान आकर्षित गराउन त्यस बर्षका चलचित्र र चलचित्रकर्मीहरु सफल भएका थिए । त्यस अर्थमा पनि २०७४ यस उध्योगको लागि एउटा महत्वपूर्ण बर्ष थियो ।

अभिनेता तथा लेखक खगेन्द्र लामिछाने जसले "टुल्के", "पशुपति प्रसाद" र "धनपति" बनेर थोरै समयमा धेरै दर्शकहरुको मन जीतिसकेका छन् अब आफ्नो नँया चलचित्रमा "डमरु" बनेर दर्शकमाझ आउन तैयार छन् । केहि साता अघि "तीते पाते" बोलको गीत सार्वजनिक भएको उक्त चलचित्रको आज एउटा उत्कृष्ट ट्रेलर सार्वजनिक गरिएको छ ।

अभिनेत्री केकी अधिकारीको प्रस्तुती रहेको चलचित्र ‘कोहोलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक गीतबाट निकै राम्रो चर्चा पाएको चलचित्रको ट्रेलर कमेडीले भरपुर रहेको छ। कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा पैसाले उत्पन्न हुने घटनालाई प्रस्तुत गरिएको छ।

मन्दिप गाैतम · Mar २६, २०१८पल शाह र आचल शर्मा एकै कोलोनीमा बस्ने छिमेकि हुन् र दुवै एकअर्कालार्इ प्रेम गर्छन् । उनीहरुको बिवाह पक्का छ तर ....

Santosh Devkota · Mar २३, २०१८८० को दशकमा भारतीय सरकारी टिभी च्यानलबाट लेखक निरज कुमारको धारावाहिक सिरीयल अाउँथ्यो 'मुंगेरीलाल के हसीन सपने' र त्यो शब्द भारतवर्षमा एउटा उखानै बन्न सफल भयो । जुन दिउँसै सपना देख्नेहरूकालागि या खुल्ला अाँखाले सपना देख्नेहरूकालागि प्रयोग गरिन थालियो । मेरो सम्झनामा त्यो धारावाहिक अहिलेको लिपपोत ड्रामादेखि फरक थियो, जसले अाम जनताको जीवनको वास्तविकतालार्इ अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत गर्ने गर्थ्यो ।

चैत्र ६, २०७४ । वर्षको अन्त्य नजिक आउँदैगर्दा यता भने सदाबहार लोकप्रिय सङ्गीतकार तथा गायक जेम्स प्रधानले नव वर्षको साङ्गीतिक कोशेली स्वरूप छैठौं एकल साङ्गीतिक कृति 'क्रम' सार्वजनिक भएको छ ।

“पशुपति प्रसाद”बाट अत्यन्त चर्चामा रहन सफल अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक भएको छ ।

दाइजो पिडितको सत्य घटनामा आधारीत भएर निर्माण गरिएको गुणस्तरीय, मनोरन्जनात्मक र सन्देशमुलक सिनेमा हो “राज्जा रानी” । नेपालको ईतिहासमै पहिलो पल्ट दुई भाषामा (नेपाली र मैथिली) निर्माण गरिएको यो सिनेमा हो । समाज परिवर्तनमा फिल्म महत्वपुर्ण माध्यम रहेका तथ्यलाई मध्यनजर गर्दै भोर कम्पनीले उक्त सिनेमालाई मैथिली भाषामा पनि तयार गर्ने निर्णय गरेको थियो ।

अहिलेको समयमा निक्कै चर्चामा रहने नायक पल शाहले आफ्नो अभिनयको करियर म्युजिक भिडियोबाट सुरु गरेका थिए । थुप्रै सफल म्युजिक भिडियोमा अभिनय गरेका नायक शाहको करियरको सुरुवात नै उत्कृष्ट हुन पुग्यो जब उनले गायक सुनिल गिरिको “को होला त्यो” बोलको गीतमा आफ्नो प्रस्तुति देखाउने मौका पाए ।

चलचित्र “झोला”को अपार सफलता पछी निर्देशक यादव कुमार भट्टराईको नँया चलचित्र “भोर : First Light” को टिजर सार्वजनिक भएको छ । सति प्रथाको ऐतिहासिक कथामा आधारित फिल्म ‘झोला’ बनाएको टिम अब दाइजो प्रथाको अर्को सामाजिक कथा दर्शकहरुमाझ प्रस्तुत गर्न तैयार भएको छ । चलचित्र भोर यही बैसाख २१ गतेदेखि प्रदर्शनमा आउनेछ ।

नेपालको युट्युब ट्रेन्डिङमा यस अघि चलचित्र लप्पन छप्पन रहेको थियो । चलचित्र निर्माण टीमले शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको थियो । २ मिनेट ५२ सेकेन्डको ट्रेलरमा सबैभन्दा बढि हरिबंश आचार्यको अभिनय र संवाद रोचक रहेको छ ।

यो दिन सबै मानिसहरु एकअर्कालाई रंग दलेर खुशियाली मनाउने गर्दछन । हाम्रो पात्रो यहाँहरुको लागि होलीको शुभकामना दिदै यहाँहरुमाझ मिथीलाबाट होलीको केही नयाँ पुराना गीतहरुको संग्रह प्रस्तुत गर्दछ ।

मन्दिप गाैतम · Feb २६, २०१८भारतको पहिलो महिला सुपरस्टार मानिने अभिनेत्री श्रीदेवीको ५४ बर्षको उमेरमा अकश्मात निधनको खबरले विश्वलाई रुवाएको छ । आफ्नो होटलको बाथरुममा मृत अवस्थामा भेटिएकी श्रीदेवीको मृत्युलाई "कार्डियाक अरेस्ट" अर्थात सामान्य तरिकाले बुझ्दा हार्टअट्याक भनेर भनिएको थियो ।

राज्जा रानी मैथिली सिनेमाके पुरा मुनाफा अहिके समाजके आर्थिक, सामाजिक आ सांस्कृतिक समृद्धिमे योगदान करवाला अभियानमे मितव्ययी आ पारदर्शी तरिकसे खर्च कएल जाएत ।

"होस्टल रिटर्न्स", "सुन्तलीलाई भगाइ लग्यो झिल्केले" र शिघ्र प्रदर्शन हुने चलचित्र "गाजाबाजा" का अभिनेता सुशिल सिटौलाले अब "रणवीर"मा टाइटल रोल गर्ने भएका छन् । आइतवार फिल्म ‘रणवीर’को घोषणा गरिएको छ ।

यहि चैत्र ९ गतेबाट विश्वब्यापी रुपमा प्रदर्शनमा आउने बर्षकै बहु प्रतिक्षित चलचित्र “शत्रु गते”को अफिसियल पोष्टर सार्वजनिक भएको छ । प्रतिष्ठित र लोकप्रिय कलाकारहरु समावेश भएको यो चलचित्रलार्इ “जात्रा” फेम प्रदीप भट्टराईले निर्देशन गरेको हुन् ।

सिरहाको लहानदेखि चार किलोमिटर पश्चिममा सलहेसको नाममा राखिएको ‘सलहेस फुलबारी’ छ। ’हरेक वर्ष नेपाली नयाँ वर्षको पहिलो दिन यो फूलबारीमा फूल फूल्ने गर्छ,’ निर्माता महतोले भने, ’फूलबारीमा पूजा गर्न आउँदा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। यो फूलबारीमा राजा सलहेस फूल टिप्ने जान्थे भन्ने किवंदन्ती छ।

टाढा भएको प्रेमी प्रेमिकाहरुलाई याद गर्न एकान्तमा बसेर सङ्गीत सुन्नुको छुट्टै पिडा छ । यी १० गीतहरु यहाँहरुले आफ्नो टाढा भएको प्रेमी प्रेमिकालाई सम्झेर सुन्न सक्नुहुनेछ ।

गीत गुनगुनाएर आफ्नो प्रेमी प्रेमिकाहरुलार्इ आफ्नो भावना ब्यक्त गर्ने त यहाँहरुले पक्कै गर्नु भएको होला । आज भ्यालेन्टाइन डेको बिशेष अवसरमा हाम्रो पात्रो यहाँहरुमाझ १० बिशेष गीत प्रस्तुत गर्दछ । जसलाई आजको दिनमा यहाँहरुले आफ्नो प्रेमी प्रेमिका लागि डेडीकेट गर्न सक्नुहुनेछ ।

मन्दिप गाैतम · Feb ११, २०१८कृ अर्थात "बदला" "रिभेन्ज", कामेश्वोर चौरसियाले चलचित्रको एक दृश्यमा भन्छन् । कृ बदलाको कथा नै हो । लाहुरे अनमोल छुट्टीमा नेपाल फर्किएका छन् र उनको आमाले उनलाई बिवाह गर्ने प्रस्ताव राख्छिन् ।

यस पटकको ब्रसेल्स एक्सपोमा नेपालको स्टल आकर्षणको केन्द्रबिन्दु भएको थियो । नेपाली दुतावास अनि नेपाल पर्यटन बोर्ड र बेल्जियम नेपाल फ्रेण्डशीप एसोसिएशनसंग समन्वय लगायत अन्य बिभिन्न संघसस्थाको सहयोगमा उक्त कार्यक्रम प्रस्तुती भएको वहाँले बताउनुभयो ।

खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई उतारिएको फिल्ममा खगेन्द्र बाहेक मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवाको अभिनय छ । चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेको हुन । यि पोष्टरलाई आनन्द महर्जनले बनाएका हुन ।

मन्दिप गाैतम · Feb ३, २०१८मेक्यानिक कर्म, भारतबाट गाडी चोरेर ल्याउने रबिन्द्र झा र डान्स बारमा काम गर्ने मेनुका प्रधान साथि हुन् । धरानका घरहरुमा छिरेर चोरि गर्ने काम समेत गर्छन् यी तिन मिलेर । एकदिन यसरि नै चोरी गर्ने क्रममा यी तिन भूपू सैनिक सुनिल थापाको घर पुग्छन् । कति सहज छ त्यो चोरी ? को हुन् शेरबहादुर ? यी सबै कुरा जान्न भने यँहाहरुले चलचित्र शेरबहादुर हेर्नपर्ने हुन्छ ।

मन्दिप गाैतम · Feb २, २०१८निर्देशक प्रदीप भट्टराईको नयाँ चलचित्र “शत्रु गते”को दोश्रो गीत जब सार्वजनिक भयो, गीत सुरु नभएको केहि छिनमै गीतले आफुमा भएको पृथकता दर्शकलार्इ महसुस गराउन सफल भयो । यस गीतका भिन्न सिनहरूमा प्रयोग गरीएका विविध पहिरन, प्रप्सहरू गीत अनि सङ्गीतको मूडसंग मेल खान्छ ।

नेपाली पप सङ्गीतका फरक स्वादका गायक, गीतकार तथा सङ्गीतकार जेम्स प्रधानको 'भयालेन्टाइन' विशेष "मेरो अाँखाको" बलिउडका गायक शानको अावाजमा अाज जेम्स प्रधानकै अाधिकारीक यूट्यूब च्यानल Wow Kathmandu बाट सार्वजनिक भएको छ ।

सन्दीप लामीछानेको आईपीएल यात्रा संगै नेपाल अनि भारतका गैरसरकारी क्षेत्र बिचको तालमेल बढ्दै गएको पाइएको छ । आईपीएलमा नेपाली खेलाडीको छनौट अनि भारतीय सिद्धहस्त कलाकारहरुको नेपालमा आगमन नेपालका लागि परिवर्तनमुखी रहोस् । नेपाल बिकास चाहन्छ अनि नेपालीहरु समृद्धी चाहन्छन् ।

संगीतकार काली प्रसाद बास्कोटाको संगीतमा नृत्य निर्देशक प्रविन सिंहको उत्कृष्ट काम र पर्दामा "आँप जोडी" अर्थात आचल शर्मा र पल शाह, शत्रु गतेको आज सार्वजनिक भएको "पिरतीको बर्को" गीत सुन्दामा राम्रो र हेर्दामा रोचक दुवै छ ।

यस बर्ष सन् २०१७ मा केही उत्कृष्ट नेपाली चलचित्रहरु जस्तै ह्वाइट सन्, डाइगं क्लाण्डल, झ्यालो लगायतका थुप्रै चलचित्र अनि बृतचित्रहरुले अन्तराष्ट्रिय स्तरमा धेरै ख्याती कमाएका छन् । एकादेशमा चलचित्र मेला लगायतका अन्तराष्ट्रिय चलचित्र महोत्सवहरु नेपालमा बर्षैपिच्छे सफलताका साथ भइरहेका छन् । नेपाली चलचित्र निर्माता टोलीहरुलाई शुभकामना, यसब बर्ष सन् २०१८ मा नपरेपनि अर्को बर्ष नेपाली नाम मनोनयनमा सुन्न पाइने पो हो कि ?

काठमाडौं– दर्शकहरुले प्रतिक्षा गरिरहेको चलचित्र कोहलपुर एक्सप्रेसको पहिलो गीत ‘सिओडब्ल्यु काउ...' को भिडियो आज सोमबार वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको छ ।

मन्दिप गाैतम · Jan २०, २०१८लालपुर्जा दुइ दाजु भाइ (सौगात मल्ल र बिपिन कार्की) बीच भएको बाउको जग्गाको अंश बण्डा बीचको तालमेल नमिल्दा उत्पन्न भएको बिबादको कथा हो । गाँउका मुखिया हरिहर शर्मा, सधै झगडा गरिरहने यी दुइ दाजु भाइलार्इ मिलाउने प्रयास गर्दैछन् । के कस्तो उपाय लगाउछन् त मुखियाले ?

लगभग १० बर्ष नृत्य निर्देशन गरेर थुप्रै गीतहरुलाई आफ्नो कलात्मक ढंगको प्रस्तुति दिदै आएकी सफल नृत्य निर्देशक रेनेशा बान्तवा राइले प्रथम पटक निर्देशन गरेको चलचित्र “इन्टु मिन्टु लण्डनमा”को औपचारिक पोष्टर सार्वजनिक भएको छ । ड्रिम्स गर्ल साम्राज्ञी राज्यलक्ष्मी शाहसंग नवाकलाकार धिरज मगरको फ्रेस जोडी देख्न सकिने यो चलचित्रलार्इ निर्माता प्रभु समशेर जबरा र प्रज्वल समशेर जबरा (आइकोर फिल्म्स)ले निर्माण गरेको हो ।

पुस २१ गते देश व्यापी प्रदर्शन शुरु गरेर सुखद व्यापार गरी रहेको र दर्शक तथा समिक्षकबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको राज्जा रानी नेपाली र मैथिली सिनेमाको मैथिली भर्सनको निर्माण पक्ष भोर कम्पनीले राज्जा रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरेका छन् ।

मन्दिप गाैतम · Jan ७, २०१८नाजिर हुसैन -केकी अधिकारी अभिनित चलचित्र "राज्जा रानी" यो हफ्ताबाट प्रदर्शनमा आएको छ । रमेश एम के पौडेलले निर्माण र यम थापाले लेखन निर्देशन गरेको यो चलचित्रले सार्वजनिक गरेको ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया बटुली सकेको छ ।

के हुन्छ त हिमालको त्यो पार ? किन हुन्छ त हिमालको त्यो पार ? धेरै प्रश्नहरु तिव्बतसंग जोडिएर आउने गर्दछ, हैन र ?

कुनै बेला "तँ त साह्रै बिग्रिस नि बद्रि" चलचित्रमा बिग्रिएका बद्रिको छबि बनाएका बरिष्ट कलाकार हरिबंश आचार्य लामो समय पछी फेरी चलचित्र "शत्रु गते" मार्फत ठुलो पर्दामा फर्किएका छन् । तर यसपटक "हरिबहादुर" या "बद्रि" जस्तै उनि बिग्रिएका छैनन् ।

यहि पाैष २१ गते नाजिर हुसैन, केकी अधिकारी, दिपक क्षेत्री, कामेश्वर चाैरसिया अभिनित मैथिली र नेपाली दुवै भाषामा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र 'राज्जा रानी' प्रवर्धनार्थ बाल 'विवाह एवंम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपाल' र 'भोर'को संयूक्त अायोजनमा अाज पशुपतिनाथको पिङ्गलास्थानमा दिउँसो ३ बजे बाल विवाह एवंम् दाइजो विरूद्ध देशव्यापी जागरण अभियान अन्तर्गत सामाजिक सन्देश सहितको मनोरन्जनात्मक सांस्कृतिक स्टेज शो गर्ने भएको छ ।

२०७४ सालकै बहुप्रतिक्षित चलचित्र “शत्रु गते”को पहिलो गीत “रुपी मोहनी” रिलिज भएको छ । कुपन्डोल स्थित ब्रिक्स क्याफेमा लगभग सबै चलचित्रका कलाकारहरुको उपस्थितिमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । मदन कृष्ण श्रेष्ठ , हरिबंश आचार्य , दीपक राज गिरि , दीपाश्री निरौला, प्रियंका कार्की,पल शाह, आँचल शर्मा जस्तो कलाकारहरुको उपस्थितिले गर्दा चलचित्र शत्रुगते एउटा भव्य चलचित्र बन्न पुगेको हो ।

फिल्ममा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भुमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रा. लि. को ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मको सम्पुर्ण छायांकन बांके जिल्लामा गरिएको हो । प्रेमकथामा आधारित राज्जा रानी लाई रमेश एमके पौडेल र राज कुमार महतोले निर्माण गरेका हुन ।

लोकप्रिय गीत “तिम्रो मायाले बाधेर राख"बाट निक्कै चर्चा कमाउन सफल गायक श्याम कार्कीले आफुले बर्ष भरि गरेको सांगीतिक कार्यलार्इ समेटेर “२०१७” एल्बम तैयार बनाएका छन् ।

केही दिनअघि वीरगन्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी ज्यान गुमाएका वीरगन्ज महानगरपालिकाका वारुणयन्त्रका कर्मचारीहरूको परिवारलाई चलचित्र ‘राज्जा रानी’ र भोर कम्पनीले आर्थिक सहयोग गरेका छन् ।

संसारमा गीत संगीत मन नपराउने सायद कोही होला । दु:खमा, सुखमा अनि देश भक्ती होस् या भगवानको जप, तप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो । नचाहेर होस् या चाहेर एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने डर पनि भगाउने मान्छेहरूको छाँयापछिको आफ्नो साथी भनेकै गीत हो ।

नाजिर हुसैन र केकी अधिकारिको जोडीलाई पहिलो पटक ठुलो पर्दामा प्रस्तुत गर्ने चलचित्र "राज्जा रानी" अब रिलिज हुन धेरै समय बाकी छैन । सायद त्यहि भएर पनि आजबाट चलचित्रको टिम देश दौडाहामा लागेका छन् । देश दौडाहामा जानुअघि आफ्नो चलचित्र कि अभिनेत्री केकी अधिकारीको जन्मदिनको शुभ अवसर पारेर निर्माण पक्षले एउटा प्रेस मीट आयोजना गरेको थियो ।

राज्जा यादव, अर्थात नाजिर हुसैन र रानी अर्थात केकी अधिकारिको जोडी यसपटकको जाडोमा सम्पूर्ण चलचित्रप्रेमीहरुलाई आफ्नो यसअघि नदेखिएको केमिस्ट्रीले न्यानो बनाउन तैयार भएका छन् । "चिपक चिपक" बोलको गीतमा आफ्नो मायाको न्यानोपन पर्याप्तसंग देखाउन सफल नाजिर केकीले साथमा खेलेको पहिलो चलचित्र यहि पौष २१ गतेबाट देशब्यापी रूपमा प्रदर्शनमा आउदैछ ।

शी कपुरका दिवार, कभीकभी जस्ता धेरै चलचित्र सिमापारीका सिनेमा हलहरु जस्तै जयनगर, रक्सौल, बैरगनीया, गौरीफन्टा, लखनउ, सुनौली गएर हेर्ने अनि यिनको जस्तै लवज, पहिरन अनि बानी नक्कल गर्ने पुस्तारु अझै नेपालमा छन् ।

प्रोमो र गीतका कारण चर्चामा रहेको चलचित्र ‘राज्जा रानी’ आगामी पुष २१ मा प्रदर्शन हुनेछ । दर्शकहरु माझ प्रतिक्षित बन्दै गएको यो नाजिर हुसेन र केकी अधिकारी स्टारर चलचित्रले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ ।

मिसन इन्टरटेनमेन्ट प्रा. ली. ले आफ्नो युट्युब च्यानलबाट एउटा अंग्रेजी गीत सार्वजनिक गरेको छ । नेपालमा रहेर अंग्रेजी गीत गाँउने निक्कै थोरै गायक गायिका मध्य "ओ माई लर्ड" बोलको यो गीत गाउने मोनालिसा एक हुन् । यो उनको दोस्रो अंग्रेजी गीत हो ।

कुनै समयमा नेपाली सङ्गीत जगतमा Rnb र हिपहप गीतहरु सङ्गीतप्रेमीहरुले निक्कै नै रुचाउने गर्थे । तर केहि समय एता आजभोली यी गीतहरु पहिलाको तुलनामा निक्कै कम हुन थालेका छन् । हुन त आजभोली एकपटक फेरी नेपाली सङ्गीप्रेमीहरुको ध्यानाकर्षण नेपाली चलचित्रका गीतहरु तिर हुन थालेको छ ।

मन्दिप गाैतम · Nov २०, २०१७उत्साहजनक दर्शकको सहभागिता बीच स्तरीय चलचित्रहरु प्रदर्शनको शृंखलालार्इ अन्त्य गर्दै एकादेशमा अन्तराष्ट्रीय लघु चलचित्र महोत्सवको पाचौं संस्करणको समापन भएको छ । बिजेता चलचित्रहरुलाई अवार्ड प्रदान गरेर यो महोत्सवको समापन भएको हो ।

थुप्रै संचारकर्मी र चलचित्रकर्मीहरु माझ एकादेशमाको पाचौ संस्करण सुरु भयो । यसपालीको ज्युरी समेत रहेकी चर्चित नायिका मनिशा कोइरालाको साथमा बलिउडका चर्चित कलाकार गुल्शन ग्रोभरको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । एकादेशमा अब आज, भोलि र पर्सि गरेर तिन दिनसम्म चलचित्र प्रदर्शन गरिनेछ ।

नेपालकै एउटा चर्चित लघु चलचित्र महोत्सव "एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को पाचौं संस्करण यहि शुक्रवारदेखि राजधानीको कुमारी सिनेमा हलमा सुरु हुदैछ । सोमवार नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा आयोजक टिमले यस पाचौं संस्करणको विवरणहरु वृस्तीत रुपमा खुलाएको थियो ।

आभा नेपाल र नबिन भट्ट लघु चलचित्र र म्युजिक भिडियो बनाउने गर्दछन् । उनीहरुको कार्यमा उत्साह तब थपियो जब यी दुइले संयुक्त रुपमा निर्देशन गरेको लघु चलचित्र "Gemini"ले एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा औपचारिक छनौट प्राप्त गर्यो ।

९९ चलचित्र छनौट भएर प्रदर्शन गरिने एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा आफ्नो चलचित्रलार्इ स्थान दिलाउन सफल निर्देशक रजिला श्रेष्ठ अहिले निक्कै उत्साहित छिन् । चलचित्र अध्यन गर्ने क्रममा निर्देशन गरेको चलचित्र "माइला दाइ" यो बर्ष एकादेशमाको "Future Of Cinema" विधा अन्तर्गत प्रदर्शन गरिनेछ ।

७ मिनेटको एनिमेटेड चलचित्र "Theatres Of Reality" यसपटक एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रदर्शन गरिने एउटा चलचित्र हो । निर्देशक इसान भुसालले चलचित्र अध्यन गर्ने क्रममै बनाएको यो चलचित्र पक्कै पनि एकादेशमा मह्त्सवमा हेरिनु पर्ने चलचित्रमा पर्दछ ।

० बर्ष जनयुद्ध हाम्रो देशले भोगेर आएको छ । यो लामो युद्धसंगै देशमा थुप्रै परिवर्तन मात्र आएनन् । यो कष्टकर समयमा थुप्रै यस्ता सत्य कथाहरु पनि जन्मिए जुन सायद धेरै कसैलाई थाहा छैन । यस्तै एउटा कथा छ गगन बहादुर लामाको जसलाई उनले "स्मृतिका डोबहरू" नामक किताबमा उतारेका छन् ।

मिडियापोर्ट र हाइलाइट्स नेपालको सहकार्यमा निर्माण भएको चलचित्र “नाका”को टिजर सार्वजनिक भएको छ । बिपिन कार्की, थिन्ले ल्हामो, रबिन तामाङ आदि कलाकारको मुख्य भूमिका भएको यस चलचित्रमा नेपाल - चीन सिमाना क्षेत्र र बाह्रबिसे वरपर हुने विभिन्न सुन, रक्तचन्दन र अरु बहुमुल्य धातुहरुको तस्करी गर्ने गिरोहहरु कथालार्इ प्रस्तुत गर्नेछ ।

"खनी यो यामु" "गाइने दाजै" जस्ता सफल गीतहरु गएर श्रोताहरुको मनमा आफ्नो स्थान बनाउन सफल गायिका तृष्णा गुरुङ्गको नँया गीत "रेलै मा" सार्वजनिक भएको छ ।

एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रदर्शनको लागि स्थान बनाउन सफल केहि चलचित्रको बृस्तित जानकारी लिने क्रममा आज हामि "let there be light" विधा अन्तर्गत प्रदर्शन गरिने लघु चलचित्र "म भोलि जन्मनेछु "लार्इ नजिकबाट नियाल्दै छौ ।

विवाह कहिले पनि पुरुष र महिला बीचको सम्बन्ध मात्र हैन, यो दुइटा परिवार या भनौ गाँउ या समुदायको कथा पनि हो ।दुइटा निक्कै भिन्न गाँउबाट जब रुपा र शिवको विवाह हुन्छ तब रूपालाई शिवको गाँउमा जाँदा आउने समस्या र शिवलार्इ रुपाको गाँउमा जादा आउने कठिनाइलार्इ हास्य किसिमले कथा "शुभ विवाह मा समेटिएको छ ।

भैरहवा देखि नेपालगंजसम्म बसोबास गर्दै आएका अवधि समुदायको कथा बोकेर निर्देशक विकास न्यौपानेले निर्देशन गरेको चलचित्र "लछमनिया' यसपटकको एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रदर्शनकोलागि छनौट भएको छ । "लछमनिया" अवधी समुदायमा हुने विवाहसंग सम्बन्धित कथा हो, यो समुदायमा रहेको "गौना"को चलनलार्इ चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ ।

हाम्रो समाजमा अझ हुने लिङ्गविभेद र नारिले सामना गर्दै आएको पिडाको कथा थुप्रै स्वदेशी तथा बिदेशी दर्शकमाझ प्रस्तुत गर्न निर्देशक सारा तामाङ्ग तैयार छिन् । उनको चलचित्र "The Colors Of Life" एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को लागि औपचारिक छनौट भैसकेको छ ।

मन्दिप गाैतम · Nov ३, २०१७सौगात मल्ल र प्रियंका कार्की स्टारर चलचित्र “फाटेको जुत्ता” यो साताबाट प्रदर्शनमा आएको छ । चलचित्रको कमेडीले भरपुर ट्रेलर दर्शकले अत्याधिक रुचाएका छन् । निर्देशक निकेश खड्काले निर्देशन गरेको यो चलचित्र ले के उनले भने जस्तै दर्शकको मनोरञ्जन गर्न सक्छ त ? आखिर कस्तो बनेको छ चलचित्र "फाटेको जुत्ता" ? आउनुहोस् जानौं यो चलचित्रको समीक्षामा ।

डा. भोला रिजालको मार्मिक शब्दमा बि. पी. वाग्लेको उत्कृष्ट कम्पोज र गायन रहेको गीत "म छहरी हु तिम्रो "सार्वजनिक भएको छ . टिका पहारि, अनुभव रेग्मि, सरिता गिरि अभिनित यो म्युजिक भिडियोमा बुढेसकालमा बाउआमालार्इ छहारी हैन एउटा ठुट्टो रुख सम्झिने छोराछोरीको आफ्नो बुवाआमासंगको हुने सम्बन्धलार्इ चित्रण गर्न खोजिएको छ ।

द्वन्दकालमा बेपत्ता परेका नागरिकहरु, जो अहिले सम्म बेपत्ता छन्, उनीहरु कहाँ छन् सायदै कसैलाई थाहा होला र सरकारले पनि यो प्रश्न अनुत्तरित नै छाडेको छ । यस्तै त्यतिबेला एकजना बेपत्ता भएका नागरिकको श्रीमती रुबी श्रेष्ठको कथा लिएर निर्देशक सुजाता ढुंगानाले एउटा डकुमेन्ट्री निर्देशन गर्नुभयो ।

चलचित्र भन्ने बित्तिकै हामि सबैको आआफ्नो धारणा छ, कसैलाई चलचित्र मनोरञ्जनको साधनमात्र हो भने कसैलाई चलचित्र समाजको दर्पण हो, कसैलाई चलचित्र पेशा हो भने कसैलाई चलचित्र सपना, तर जसकालागि चलचित्र जे भएतापनि हरेक चलचित्र आफैमा एउटा कथा हो, कथाबिना चलचित्र हुँदैन अनि यो संसार कथाले भरिएको छ ।

दुर्इ सफल ब्यापारी बीचको लडाई, नेपाली चलचित्रहरुमा अहिलेको समयमा एउटा फरक चिज हो । पैसाको खेल, खुट्टा तान्न हुने राजनीति र रमेश उप्रेतीको केकी र दीपिका संगको प्रेम सम्बन्धमा चलचित्र "ऐश्वर्य"को कथा बुनिएको छ । कथा अवश्य दर्शकलार्इ पृथक लाग्न सक्छ । तर चलचित्रको पटकथामा थुप्रै कमजोरी छ । चलचित्रको पहिलो सिननै थुप्रै समस्या बोकेर सुरु हुन्छ ।

सौगात मल्ल र प्रियंका कार्की स्टारर चलचित्र “फाटेको जुत्ता”को ट्रेलर सार्वजनिक भएपछी सबै दर्शकहरु उत्साहित भएका छन् । कारण, फाटेको जुत्ताले फेरी एकपटक नेपाली चलचित्र प्रेमीहरुलाई भरपूर कमेडीको डोज दिने कुरा ट्रेलरले पुष्टि गरेको छ । यहि क्रममा कार्तिक १७ गते प्रदर्शनमा आउने यस चलचित्र “फाटेको जुत्ता”का निर्देशक निकेश खड्कासंग हामीले चलचित्रको बारेमा थुप्रै कुराकानीहरु गर्यौ

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन, भाईटिका । आजको बिशेष दिनलाई ध्यानमा राखेर आभा नेपालले दिदि बहिनिको पबित्र सम्बन्धमा भाइ टिकाको एउटा मन छुने भिडियो “मिसन इन्टरटेनमेन्ट” मार्फत सार्वजनिक गरेकी छिन् ।

मन्दिप गाैतम · Oct १९, २०१७निक्कै लामो समयपछी आर्यन सिग्देल र रेखा थापाले फेरी एकपटक ठुलो पर्दामा आफ्नो केमिस्ट्रीको जादु चलाउन आएका छन् । यसपटक लक्ष्मीपुजाको अवसरमा रिलिज भएको चलचित्र “रुद्रप्रिया” यसै कारण पनि प्रतिक्षित चलचित्र बन्न पुगेको छ । तर रेखा आर्यनको जोडीले “रुद्रप्रिया” मार्फत दर्शकको मन जीत्न सफल हुन्छन त ? जानौ चलचित्र “रुद्रप्रिया”को समीक्षामा ।

नेपालीहरुको अर्को महान चाड अर्थात दीपावलीको समस्त नेपालीहरुमा शुभ कामना । आजबाट यमपंचक अर्थात तिहार सुरु भयो । चाड भन्ने बित्तिकै हामि सबैको मनमा एउटा कुरा आउछ, त्यो हो खुशी । हरेक साना ठुला चाडले आफुसंग थुप्रै खुशी लिएर आएका हुन्छन् ।

नेपाली मौलीक बाजा, ठेंट भाका तथा लोकगीतको अध्ययन अनुसन्धान तथा संरक्षणमा क्रियाशिल नेपाल तथा विश्व सङ्गीत सागरमा अत्यन्त चर्चित सांगीतीक समूह, 'नाईट ब्याण्ड' नेपालको एकमात्र एउटा साङ्गीतिक समूह हो जुन विश्व सङ्गीतको महाकुम्भ वोमेक्स (WOMEX) मा दूर्लभ प्रस्तुतीकालागि छनौट भएको हो ।

दसै दिशाका चराहरु आई एकठाउँमा भेला हुन्छन् । आफ्नो संसारमा सुशासन, अब्यवस्था, बेथिती भएकाले त्यसलाई सुब्यबस्थित गर्न एउटा नायक (राजा) चाहिनेकुरा फाप्रे चरोले भन्छ । यसका लागि काफ भन्ने प्रदेशमा सिमोर्घ भन्ने राजालाई भेट्न जानुपर्ने हुन्छ । शुरुमा धेरै चराहरु काफ जान मान्दैनन् तर फाप्रेले विभिन्न कथाहरु हालेर यात्रमा जान प्रेरित गर्दछ ।

बिजया दशमीको यो वर्ष हामीले यँहाहरु माझ थुप्रै कलाकार र संगीतकर्मीहरुको यो दशैँको तैयारी र अरु थुप्रै दशैँ बिशेषको सम्झना र सांगीतिक प्रस्तुतिहरु यँहाहरुमाझ प्रस्तुत गर्दैछौ । चलाचित्रकर्मी निश्चल बस्नेत देखि बरिष्ठ संगीतकर्मी आनन्द कार्की, हाम्रो पात्रो समक्ष सबैले आफ्नो बिशेष प्रस्तुति दिनुभएकोमा हामि कृतज्ञ छौ । आज यो दशैँ बिशेष प्रस्तुतिको शृंखलालाई अन्त्य गर्दै आजको दिन हामीहरु यहाँहरुमाझ एक हास्य प्रस्तुति दिदैछौ ।

तीन दशक भन्दा लामो समय देखि नेपाली साङ्गीतिक जगतमा आफ्नो सुमधुर आवाजले सबैलाई लट्ठ्याउनु भएका गायक आनन्द कार्की आज हाम्रो दशैँ बिशेष प्रस्तुतिमा हामिसंग उपस्थित हुनुहुन्छ । विशेषत : थुप्रै सफल आधुनिक गीत र गजलहरुका लागि आफ्नो छुट्टै पहिचान बनाउन सफल यी बिशाल सङ्गीतका धरोहरसंग आज हामीले उहाको साङ्गीतिक यात्रा र अरु थुप्रै कुराकानी गरेका छौ ।

दशैं बिशेष कुराकानीमा आज हामीसंग हुनुहुन्छ, नेपाली मौलीक बाजा, ठेंट भाका तथा लोकगीतको अध्ययन अनुसन्धान तथा संरक्षणमा क्रियाशिल नेपाल तथा विश्व सङ्गीत सागरमा अत्यन्त चर्चित सांगीतीक समूह, 'नाईट ब्याण्ड' ।

नेपाली संस्कार अनि संगीत लगायत विशेषतः मध्यपश्चिमी क्षेत्र जस्तै अर्घाखाँची, स्याङ्जा , पाल्पा आदि ठाउँहरुमा दशैंमा खेलिने “सरायँ”का बारेमा भलाकुसारी अनि अनुभव साटासाटकालागि आज हामीसंग नेपाली चलचित्रका संगीतकार लोचन घिमीरेसंग गरेका दशैँ विशेष कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

सौगात मल्ल र प्रियंका कार्की अभिनित चलचित्र फाटेको जुत्ताको ट्रेलर सार्वजनिक भएको छ । सोमबार दरबारमार्ग स्थित कयूस सिनेमामा थुप्रै चलचित्रकर्मी र संचारकर्मीहरु बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

“सिम्पल सिम्पल” र “ढल्क्यो ढल्क्यो” जस्ता सफल र नेपाली संगीतप्रेमीहरुले सदैव याद राख्ने गीतहरुमा आफ्नो आवाजको जादु यँहाहरु माझ प्रस्तुत गर्न सफल गायिका माण्डवी त्रिपाठी र संगीतकार बिपिन आचार्य आज हाम्रो पात्रोको दशैँ बिशेष प्रस्तुतिमा सुन्न सक्नुहुनेछ । संगीतकार र गायक गायिकाको जोडी उत्कृष्ट हुनु निक्कै जरूरी हुन्छ, माण्डवी र विपिनको सांगीतिक जोडी पछी गएर रियल लाइफ जोडी बन्न पुग्यो ।

दीपक बज्राचार्य, नेपाली सङ्गीतप्रेमीहरुमाझ उहाको परिचय उहाको उत्कृष्ट गीतहरुलेनै गर्छ । “मायाको डोरीले” “ओ अमिरा” , “अँध्यारोमा” , “काली काली हिस्सी परेकी” र अरु थुप्रै उत्कृष्ट र सफल गीतहरुले नेपाली साङ्गीतिक जगतलार्इ सजाउनु भएको यी गायकसंगको साङ्गीतिक कुराकानी आज दशैँ बिशेष माहोलमा हाम्रो पात्रो यहाँहरुमाझ प्रस्तुत गर्दछ ।

“टलकजंग भर्सेस टुल्के”, “पशुपति प्रसाद” “धनपति” र अब “डमरुको डण्डीबियो” नेपालका सशक्त लेखक र नायक खगेन्द्र लामिछानेले निक्कै छोटो समयमै दर्शकहरुको अत्याधिक स्नेह पाउन सफल कलाकार हुन् । आज हाम्रोपात्रो यहाँहरुमाझ खगेन्द्र लामिछानेसंगको रमाइला दशैंका सम्झनाहरु प्रस्तुत गर्दैछौ ।

२०७३ को सर्वाधिक रुचाइएको चलचित्र “छक्का पन्जा” को सिक्वल “छक्का पन्जा २” ले यो बडा दशैंलार्इ थप ब्यापक बनाउने छ । किनकि मनोरञ्जनको साबै भन्दा सहज माध्यमनै चलचित्र हो र त्यसमाथि झन् यदि चलचित्र “छक्का पन्जा २” जस्तो परिवारसँग बसेर रमाइलो गर्दै हेर्न मिल्ने भैदिए त सो चलचित्रले बडा दशैँलार्इ थप रोमान्चक अवश्य बनाउने छ ।

हाम्रो पात्रोले नेपाली चाडपर्वलार्इ अझ बिशेष बनाउन बिगतका समयमा समेत थुप्रै मनोरञ्जनात्मक सामाग्रीहरु यँहाहरु माझ प्रस्तुत गर्दै आएको छ । यसबर्षको बडा दशैँलार्इ पोहोर सालजस्तै यँहाहरुले रुचाउनु भएका केहि हस्तीसंग हामीले मनाउने जमर्को गरेका छौ ।

शंकर थापाको कम्पोज रहेको चलचित्र फाटेको जुत्ताको “चोली” गीत सार्वजनिक भएको छ । प्रियंका कार्कीमा छायाँकन गरिएको यो गीतमा उनलाई सौगात मल्लले साथ दिएका छन् । निकेश खड्का निर्देशित यस चलचित्रको यसअघी सार्वजनिक भएको “आइ एम सरी” बोलको गीतले दर्शक श्रोताबाट निक्कै राम्रो प्रतिक्रिया पाएको छ ।

मन्दिप गाैतम · Sep १५, २०१७"नाइँ नभन्नु ल ४" का हिट जोडी पल शाह र आँचलको नँया चलचित्र “जोनी जेन्टलम्यान” आजदेखि प्रदर्शनमा आएको छ । नितिन चन्द निर्देशित यो चलचित्रले दर्शकमाझ अहिले नेपाली चलचित्रले गरिरहेको जादु कायम राख्न सक्छ त ? के पल शाहले यो चलचित्र मार्फत सफलताको ह्याट्रिक गर्न सफल हुन्छन त ? कस्तो लाग्न सक्छ दर्शकलार्इ यो चलचित्र ? आउनुहोस् जानौं चलचित्र जोनी जेन्टलम्यानको समीक्षामा ।

कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन"अमर" ओ. एस नेपाल म्युजिक अवार्ड २०७४ बाट ओ. एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ ( lifetime achievenent award 2074) बाट सम्मानित भएका छन् ।

रोमान्टिक गीतमा आफ्नो सुमधुर स्वरको जादु चलाउन सफल गायक श्याम कार्कीको नँया गीत “तिम्रो मायामा डुब्न देउ मलाई” सार्वजनिक भएको छ । बिभोर पोखरेलको निर्देशनमा बनेको उक्त गीतलार्इ राजन तिमल्सिनाले कम्पोज गरेका

यसअघि "जंगबहादुरको कोट" निर्माण गरेका निर्माता योगेन्द्र खड्काले अब आफ्नो नँया चलचित्र “मोनालिसा” मार्फत निर्देशनमा डेब्यु गर्ने भएका छन् । आफ्नो जन्म दिनको दिन चलचित्रको फर्स्ट लुक सार्वजनिक गर्दै उनले यो औपचारिक घोषणा गरेका हुन् ।

रेखा थापा र आर्यन सिग्देलले लामो अन्तराल पछी फेरी सँगै काम गरेको चलचित्र भनेर चर्चामा आएको “रुद्रप्रिया”को ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको उक्त चलचित्रको “चिरबिर चिरबिर चाचरी” बोलको गीतले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाईसकेको छ ।

मन्दिप गाैतम · Sep ११, २०१७अहिलेको समयमा सङ्गीतप्रेमीहरुका लागि युट्युब, गीतका भिडियो हेर्न मात्र नभई सुन्नकै लागि पनि एउटा माध्यम बन्न पुगेको छ । अहिले कुन गीत सफल, कुन गीत असफल भनि ठम्याउन पनि युट्युबबाटै सजिलो रहने गरेको छ ।

अनामनगरस्थित मण्डला थिएटरमा सुलक्षणा भारतीको लेखन तथा निर्देशन रहेको नाटक ‘लाटीको छोरो’को मञ्चन भैरहेको छ । सोमबारदेखि मञ्चन भएको उक्त नाटक असोज ८ गते सम्म चल्नेछ । करिब ३६ वर्षपछि अभिनेता टिका पहारी यहि नाटकमार्फत नेपाली रंगमञ्चमा फर्किएका हुन् ।

मन्दिप गाैतम · Sep ८, २०१७पछिल्लो केहि समय यता नेपाली चलचित्रको स्तरमा धेरै नै परिवर्तन देखिन थालेको छ, चलचित्रको स्तरमा परिवर्तन आएसंगै नेपाली चलचित्र हेर्न दर्शकहरुपनि ह्वात्तै बढेको छ । आजकाल त कुनै चलचित्रको उत्कृष्ट सङ्गीत र ट्रेलर सार्वजनिक भएसँगै, सो चलचित्र छोटो समयमै चर्चा कमाउन सफल हुन्छ र दर्शकहरु माझ प्रतिक्षित चलचित्र बन्न पुग्छ ।

साढे सात अर्थात नेपाली समाजमा "साढे सात"लार्इ कुनै अपसगुन या खराब साइत भनेर बुझिन्छ । भर्खर सार्वजनिक भएको चलचित्र "साढे सात" को ट्रेलरले चलचित्रको नायक सत्यराज आचार्यलार्इ त्यस्तै कुनै गलत साइत पर्ने संकेत दिईरहेको छ ।

यस बर्षाकै बहुप्रतिक्षित चलचित्र "छक्का पञ्जा २"को ट्रेलर सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएका दुर्इ गीतहरुबाट मिश्रित प्रतिक्रिया पाएको चलचित्रको ट्रेलरलार्इ दर्शकले कत्तिको रुचाउने हो , त्यो त समयले बताई हाल्छ ।

मन्दिप गाैतम · Sep ६, २०१७उत्कृष्ट ट्रेलर र उत्कृष्ट गीतहरुले निक्कै चर्चामा रहेको चलचित्र "दुर्इ रुपैयाँ" यो साता बाट प्रदर्शनमा आउदै छ । आसिफ शाह र निश्चल बस्नेतको साथमा मेनुका प्रधान , बुद्धि तामांग लगायत जात्रा फेम रबिन्द्र झा र अग्रज कलाकार टिका पहारीको उपस्थिति देख्न सकिने यो चलचित्रलार्इ असिम शाहले निर्देशन गरेका हुन् ।

हामि सबै सुपरस्टार दयाहाङ राइको अभिनय को प्रशंशक अवश्य हुनपर्छ , केहि समय यता सामाजिक संजालमा दयाहाङ राइले नृत्य नजाने पनि अरु जस्तो एक्सन नगरेपनि उनि सबै भन्दा ठुलो स्टार हो भनि चर्चा समेत भएको थियो । "उध्रेको चोली" र "ठमेल बजार"मा थोरै कम्मर मर्काएका नायक राइ आफ्नो नँया चलचित्र "मिस्टर झोले"मा पूर्णतया नृत्य गर्दै गरेको देखिदै छन् ।

मन्दिप गाैतम · Sep १, २०१७सफल चलचित्र "ए मेरो हजुर"का नायक श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मी अहिले हामीमाझ रहेनन् । नेपाली चलचित्र क्षेत्रले यी दुईको कमिलाई सदैव याद राख्नेछ । त्यही चलचित्र "ए मेरो हजुर"मा स्व. नायक र निर्देशकसँग सहकार्य गरेकी नायिका झरना थापाले निकै लामो समयपछि उक्त चलचित्रको सिक्वल "ए मेरो हजुर २" पहिलो पटक निर्देशन गरेर दर्शक माझ प्रस्तुत गर्ने जमर्को गरेकी छिन् ।

“तिमि रोएको पल” बोलको गीतले चर्चामा रहेको चलचित्र ‘ऐश्वर्य’को टीजर सार्वजनिक भएको छ । रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्माको अभिनय रहेको यो चलचित्रले प्रदर्शन मिति सार्दै अब भने कार्तिक ९ गते बनाएको छ ।

मलिना जोशी अहिलेको समयमा निक्कै व्यसत कलाकारको सुचीमा पर्दछिन् । चाहे चलचित्र होस् , म्युजिक भिडियो होस् या टेलिभिजन कार्यक्रम, उनको उपस्थिति धेरै ठाउँमा पाइन् थालिएको छ । भर्खर रिलिज भएको चलचित्र "संरक्षण"मा पत्रकारको भूमिका निर्वाह गरेकी मलिना अब "रानी" बन्दैछिन् ।

"ए दाजु नसमाउ नाडीमा" बोलको गीतलाई जती दर्शक श्रोताले मन पराए त्यती नै उक्त गीत विवादमा पर्यो । चोरीको आरोप खेपेको उक्त गीतको चर्चाले निक्कै लामो समय सम्म चलचित्र क्षेत्रलार्इ ततायो । चलचित्र छक्का पन्जा २ को निर्माण पक्षले अहिले चलचित्रको दोस्रो गीत सार्वजनिक गरेको छ ।

निकेस खड्का निर्देशित चलचित्र "फाटेको जुत्ता "को पहिलो गीत सार्वजनिक भएको छ । प्रियंका कार्की , सौगात मल्ल र कामेश्वर चौरसियामा छायांकन गरिएको यो गीतलार्इ "बर्षकै सरी गीत" भनि नामकरण गरिएको छ ।

निराहार र निर्जला व्रत, लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु अनि भोक प्यास बिर्सिएर गरिने नृत्य, महिलाहरुको यस महान चाडको रौनक कतै कम छैन होला । प्रारम्पारिक महत्व त छँदै छ , तर तीजलाई थप उत्साहजनक बनाएको छ यस चाड बिशेष संगीतले । आज हरेक टोल, हरेक आँगनमा तीज गीत बज्दैछन् ।

सफल "म यस्तो गीत गाँउछु" पछी पल शाह फेरी एकपटक एउटा गंयाङ्स्टरको भूमिकामा देखिने भएका छन् आफ्नो नयाँ चलचित्र जनी जेन्टल्म्यानमा । "नाँइ नभन्नु ल"का सफल जोडी पल र आँचल फेरी एकपटक यस चलचित्रमा देखिन लागेका हुन् ।

मन्दिप गाैतम · Aug १८, २०१७आशिरमान देशराज जोशी र अन्ना शर्मा स्टारर चलचित्र “ग्याङस्टर ब्लुज” यो साता रिलिज भएको छ। यो साताकै अर्को रिलिज भुइमान्छेको कारण सिनेमा घरमा कडा टक्कर पाउने यस चलचित्रले दर्शकको साथ पाउछ त ? हुन् त चलचित्रको ट्रेलर र गीतहरु रिलिज पछी यो चलचित्र चर्चामा रहेको छ, अब यसले दर्शकको मन जीत्न सफल हुन्छ कि हुदैन, आउनुहोेस् जानौ चलचित्र “ग्याङस्टर ब्लुज”को समीक्षामा ।

संचारकर्मी शिव तिवारीको रचना तथा स्थानिय गायिका शुभेक्षा तिवारीको स्वर रहेको नाच्दै खेल्दै.. बोलको बाल-गीत भर्खरै सार्वजनिक गरिएको छ । गीतमा सन्तोस श्रेष्ठको सुमधुर संगीत रहेको छ भने उक्त गीतको म्युजिक भिडियो हाईलाईटस नेपालद्वारा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

बादलको सुन्दरतामा रमाउने कुरा क्षणिक हुन्छ तर जिन्दगीमा रमाउनु पो ठूलो हुन्छ । भोलि जे सुकै होस् तर सँधै रमाउनु जिन्दगी हो गीतले यस्तै सन्देश दिएको छ । बाँचे भोलि पनि रमाउन सकिन्छ र माया पिरती साँच्ने र गाँस्ने, सबैसँग हाँसो र खुसीमा रमाइलो गर्नु यही जिन्दगी हो । गीतमा सँधै हाँसीहाँसी बाँच्नुपर्ने कुरा समेटिएको छ ।

रमेश उप्रेती र केकी अधिकारी अभिनित चलचित्र “ऐश्वर्य”को पहिलो गीत सार्वजनिक भएको छ । "म यस्तो गीत गाँउछु"मा सफल गीतहरु सृजना गरेका संगीतकार अर्जुन पोखरेलले फेरी एकपटक “ऐश्वर्य" मार्फत आफ्नो संगीतको जादु चलाउनेछन् ।

मन्दिप गाैतम · Aug ११, २०१७मल्टीस्टारर पोलिटिकल ड्रामा चलचित्र “संरक्षण” यो साता रिलिज भएको छ । भर्खर रिलिज भएको “धनापति”लाई छाडेर भन्नुपर्दा नेपालमा पोलिटिकल ड्रामा जनारामा खासै चलचित्र निर्माण हुने गर्दैनन् । यस्तोमा निर्देशक पूर्णेन्दु झाको यो भिन्न प्रयासले के दर्शकको मन जित्छ त ?

तीज आउँन अब धेरै समय बाकि नरहदा चलचित्र “रोमियो एण्ड मुना”को निर्माण पक्षले सहि समयमा आफ्नो चलचित्रको तीज गीत सार्वजनिक गरेको छ । मेनुका प्रधान , बसुन्धरा भुषालको अतिथि उपस्थितिमा चलचित्रका कलाकार श्रिष्टि श्रेष्ठ , सुष्मा कार्की र बिनय श्रेष्ठलार्इ समेटेर उक्त तीज गीत “डान्समा एक नम्बर” छायांकन गरिएको हो ।

रोमान्टिक चलचित्र “म यस्तो गीत गाउछु” र “प्रेमगीत २” ले राम्रो ब्यापार गरिरहेको बेला अर्को साता प्रदर्शनमा आउने चलचित्र “संरक्षण” बाट पनि निक्कै अपेक्षा गर्न सकिन्छ । पोलिटिकल ड्रामा “संरक्षण”मा निखिल उप्रेती, सौगात मल्ल , मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी , कामेश्वोर चौरसिया , श्वेता शाह आदि थुप्रै उत्कृष्ट कलाकारको अभिनय देख्न सकिनेछ ।

चलचित्र "रुद्रप्रिया" नेपाली चलचित्रप्रेमीको लागि एउटा ठुलो चलचित्र हो, किनकि यस चलचित्र मार्फत आर्यन सिग्देल र रेखा थापा पुन: एकसाथ काम गर्दैछन् । सफल चलचित्र “कसले चोर्यो मेरो मन” पछी यी दुर्इ सुपरस्टार बीच आएको मनमुटाबलार्इ पन्छ्याउदै यी दुइले करिब ७ बर्षपछी ठुलो पर्दामा एकसाथ देखिने निर्णय गरेका हुन् ।

मन्दिप गाैतम · Jul ३१, २०१७दर्शकहरुको लागि प्रतिक्षित चलचित्र “प्रेमगीत”को सिक्वल “प्रेमगीत २” यो साता प्रदर्शनमा आएको छ । “प्रेमगीत” सफल भए पश्चात थुप्रो बिबादहरु उत्पन्न भएपछी निर्माता सन्तोष सेनले फरक टिमसंग चलचित्र प्रेमगीत २ निर्माण गरे । निर्माता सन्तोष सेनको यो प्रयास कस्तो रह्यो त ?

“कुटु मा कुटु”को अपार सफलता पछी निक्कै चर्चामा रहेको चलचित्र "दुर्इ रुपैया"ले आज एउटा उत्कृष्ट ट्रेलर सार्वजनिक गरेर दर्शकहरुलाई थप उत्सुत्कता बढाई दिएको छ । फन्नी वान लाइनरले भरिएको ट्रेलर ले नै दर्शकहरुलाई चलचित्रबाट करोडौंको मनोरञ्जनको अपेक्षा गर्न बाध्य बनाउछ ।

१५ बर्षीय दीपकलार्इ आफ्नो क्लासमा पढ्ने सरस्वतीसंग प्रेम भएको छ, सरस्वतिकैलागि पनि मक्ख भएर स्कूल जाने दीपकको मायामा बाधा तब आउँछ जब सरस्वती स्कूल आउन छाड्छिन् । कारण ! सरस्वती पहिलो पल्ट नछूने भएकी हुन्छिन् र उनलार्इ छाउपडी राखिएको हुन्छ ।

मन्दिप गाैतम · Jul २४, २०१७पछिल्लो क्रममा नेपाली चलचित्रमा आइटम नम्बरले पनि निक्कै सफलता हासिल गर्न थालेको छ । हुन त आइटम गीतहरु भर्खर मात्र बन्न सुरु भएका भने हैनन् , तर पहिला त्यत्ति रुचाइदैन थिए ।

नेपाली चलचित्र इतिहास मै सर्वाधिक रुचाइएको चलचित्र "छक्का पन्जा"को सिक्वल अर्थात "छक्का पन्जा २"को पहिलो गीत सार्वजनिक भएको छ । "ए दाजु न समाउ नारीमा" बोलको गीतमा हामीले केदार घिमिरे , जीतु नेपाल , वर्षा सिवाकोटी , स्वस्तिमा खड्का आदि कलाकारलार्इ देख्न सक्छौ ।

Suyog Dhakal · Jul २१, २०१७अरुणले समकालिन अन्य गायकहरुको तुलनामा थोरै गीतहरु गाएपनि अत्यन्त चर्चा पाएका गायक हुन् । के बालक रु के बृद्ध रु के यूवा अनि के वयस्क रु अरुणका गीतहरुले सबैलाई छोए । कारण एउटै हो, अरुणको बास्तविक जीवनका भोगाइहरुको क्यानभास थिए उनका गीत । बिसं २०५६ श्रावण महिनाको ६ गते अरुणको भौतिक उपस्थिती समापन भयो, उनले संसारलाई छाडेर गएको आज १८ बर्ष पुगेको छ तर उनका गीतहरुले अबका हजारौं पुस्तालाई मर्म र लयको स्वाद चखाउने छ ।

निखिल र सौगातले एकसाथ काम गरेको चलचित्र “संरक्षण” का निर्माण पक्ष आफ्नो चलचित्रको प्रचार प्रसारमा कुनै कमि बाकि राख्न चाहदैनन् , कारण देशमा अहिले क्स्तो किसिमको राजनीति हुदैछ भनि बुझ्न पनि सबैले यो चलचित्र हेर्नै पर्ने भएकाले सक्दो धेरै भन्दा धेरै दर्शकमाझ यो चलचित्र पुगोस् भनि निर्माण पक्ष चाहान्छन् ।

लोकदोहोरीका चर्चित गायक बद्री पङ्गेनी, लोकगायिका तथा वेली डान्सर प्रिती अाले मगर, लोकगायीका ज्योति मगर, हास्य कलाकार राजाराजेन्द्र पोखरेल र नायीका तथा नृत्याङ्गना अञ्जली अधिकारीसहित ९ जनाको टोली जानलागेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

चलचित्र भोलि शुक्रवारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ । अर्जुन पोखरेलको उत्कृष्ट गीतहरुको मद्दतले पनि भोलि चलचित्र म यस्तो गीत गाँउछुले राम्रो ओपनिंग गर्ने अनुमान गर्न सकिन्छ । चलचित्रको लागि बुकिंग खुलिसकेको छ ।

प्रदर्शनको लागि अब मात्र ६ दिन बाकि छ , चलचित्र "म यस्तो गीत गाँउछु"को निर्माण पक्षले आफ्नो चलचित्रको प्रचारको लागि केहि कसर बाकि नछाडेको देखिन्छ । शुक्रवार चलचित्रको नायक नायिकालार्इ चितवन बासीहरुले हात्ती माथि बसेर शहरमा डुली रहेको देख्न पाए ।

मन्दिप गाैतम · Jul ७, २०१७गत बर्ष थुप्रै अवार्डहरु जीत्न सफल चलचित्र “पशुपति प्रसाद” का निर्देशक र नायक अर्थात् दिपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले फेरी एकसाथ काम गरेको चलचित्र “धनपति” यो हफ्ता रिलिज भएको छ । सर्वाधिक रुचाइएको पशुपति प्रसादकै कारण पनि धनपतिबाट सबैजसो चलचित्रप्रेमीलार्इ धेरै अपेक्षा रहेको छ ।

चलचित्र '२ रुपैयाँ'को पहिलो गीत “कुटु मा कुटु” सार्वजनिक भएको धेरै भएको छैन , तर पनि उक्त गीतकोको प्रभाब अहिले सम्पूर्ण संगीतप्रेमीहरुमा देख्न सकिन्छ । चलचित्र २ रुपैयाँको निर्माण पक्षले आफ्नो पहिलो गीतको फिवर श्रोताहरुबाट नउत्रदै आज फेरी नँया गीत सार्वजनिक गरेको छ ।

नव निर्देशक पुर्णेन्दु झाले निर्देशन गरेको चलचित्र "संरक्षण"को मैथली गीत “किशोरीलाल”ले अहिले राम्रो चर्चा बटुली रहेको छ । निखिल र सौगातले एकसाथ काम गरेको यस चलचित्रमा मधेशी आन्दोलन र राजनीतिको भरपुर डोज पाइनेछ । प्रवेश मल्लिकको संगीत रहेको यस आइटम गीतमा नृत्य निर्देशन भने कविराज गहतराजको रहेको छ ।

मन्दिप गाैतम · Jul ५, २०१७सफल "गाजलु" पछी हेम राज बिसी आफ्नो अर्को चलचित्र "ग्याङस्टर ब्लुज" लिएर आएका छन् । चलचित्रको शिर्षकले भने जस्तै यो चलचित्र एउटा ग्याङस्टर सिनेमा हो जसमा रोमान्सको पनि भरपूर डोज देख्न सकिनेछ । आज सार्वजनिक भएको ३ मिनेट भन्दा लामो चलचित्रको ट्रेलरमा नव नायक आशिरमान देशराज जोशीको दमदार एक्सन देख्न सकिन्छ ।

रिलिजको दस दिन बाकिछदा सुदर्शन थापा निर्देशित चलचित्र "म यस्तो गीत गाँउछु"ले चलचित्रको तेस्रो र अन्तिम गीत सार्वजनिक गरेको छ ।

"हालत खराब" "घटना घट्यो" र "१४ अंचल" जस्तो सफल गीतहरु गाएका गायक सुनिल सिंह ठकुरी एउटा नँया गीत मार्फत फेरी प्रस्तुत भएका छन् । केहि महिना अघि युट्युबमा गीतको अडियो सार्वजनिक गरेपछि निक्कै राम्रो प्रतिकृया पाएर हौसिएका यी गायक ले भर्खरै सोहि गीतको भिडियो लिएर पुन उपस्थित भएका हुन् ।

चलचित्रको सङ्गीतले अहिले दर्शक श्रोतको मन जीतिरहेको बेलामा आज हाम्रो पात्रो यँहाहरुमाझ प्रस्तुत गर्दछ चलचित्र “म यस्तो गीत गाउछु” को सम्पूर्ण पोष्टरहरु । चलचित्रका दुर्इ मुख्य कलाकार देखिने यी पोष्टरहरु चलचित्रका गीत र ट्रेलर जत्तिकै स्तरीय छन् ।

“म यस्तो गीत गाँउछु” यी बोलहरू नेपाली चलचित्रप्रेमीहरुले सायदै बिर्सेलान्, सुपरहिट चलचित्र “प्रेमगीत” को सर्वाधिक रुचाइएको गीत “म यस्तो गीत गाँउछु”को बोलमा सोहि चलचित्र का निर्देशक सुदर्शन थापाले एउटा छुट्टै चलचित्र निर्देशन गरेका छन् । चलचित्रमा प्रेमगीतकी नायिका पुजा शर्मा र पल शाह पर्दामा देखिने भएका छिन् ।

केहि समय यता नेपाली चलचित्रकर्मीहरुले मधेश आन्दोलन र राजनीतिको पृष्ठभूमिमा चलचित्र निर्माण गर्न अलि बढी रुची देखाइएको पाइन्छ । यहि पृष्ठभूमिमा नव निर्देशक पुर्णेन्दु झाले निर्देशन गरेको चलचित्र "संरक्षण"को ट्रेलर आज सार्वजनिक गरिएको छ ।

दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदाने :विद्रोहको नेपाली नामको फष्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् ।

सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलार्इ संसारले आ-आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै अाएका छन् । कसैकालागि सङ्गीत एउटा अभिब्यक्ति हुनसक्दछ भने कसैको लागि सङ्गीत एउटा पेशा, कसैकलागि साथी हुनसक्दछ त कसैका लागि यो एउटा नशा ।

चलचित्र "म यस्तो गीत गाँउछु" ले रिलिज अघि दर्शकहरुमाझ चलचित्रको चर्चा बनाइराख्न कुनै कसर बाकि छाडेको छैन । यसअघि रिलिज भएको गीत “भन्छु आज” र त्यसको केहि समयपछी आएको चलचित्रको ट्रेलरले चलचित्र प्रेमीहरुमाझ राम्रो चर्चा बटुलेपछी आज निर्माण पक्षले थप एउटा डान्स नम्बर रिलिज गरेको छ ।

वर्षकै एउटा प्रतिक्षित चलचित्र प्रेमगीत २ को ट्रेलर आज सार्वजनिक भएको छ । केहि बर्ष अघिको सफल चलचित्र प्रेमगीतको सिक्वल प्रेमगीत २ मा यसपटक नायक प्रदीप खड्कासंग नव कलाकार अश्लेषा ठकुरीको जोडीलार्इ ठुलो पर्दामा देख्न सकिनेछ ।

सुपरस्टार , एक्सनस्टार निखिल उप्रेतीको नँया चलचित्र रुद्रको ट्रेलर सार्वजनिक भएको छ । निखिलका फ्यान र एक्सन चलचित्र रुचाउने दर्शकहरुको लागि पर्फेक्ट लाग्ने चलचित्र रुद्रमा निखिल उप्रेतीको अलावा बिशो शर्मा , साराको उपस्थिति देख्न सकिनेछ ।

चलचित्रप्रेमीहरुले छोटो समयमै रुचाएका दुर्इ युवा कलाकार नाजिर हुसेन र साम्राज्ञी राज्यलक्ष्मी शाह अब ठुलो पर्दामा एकसाथ देखिने भएका छन् । चलचित्र तिमीसँग मार्फत पहिलो पटकसंगै देखिने यी जोडी अभिनित यस चलचित्रको टिजर रिलिज भएको छ ।

धुन, एउटा म्युजिक एल्बम मात्र नभएर एउटा मध्यम बर्गीय परिवारको सपना हो , आफ्नो परिवारको बर्षौ पुरानो सपना पूरा गर्न अगाडी बढेको घरको कान्छो छोरा विश्वासले धुनलार्इ सार्वजनिक गर्नको लागि गरेको संघर्ष र आन्तरिक परिवारमा आएको मन मुटाबको यो पारिवारिक कथाले परिवारको सपना

पल शाह र पुजा शर्माको जोडी पहिलो पटक ठुलो पर्दामा देखिने म्युजिकल लभ स्टोरी चलचित्र “म यस्तो गीत गाउछु” असार ३० गते बाट देशव्यापी रूपमा प्रदर्शनमा भएको छ । केहि हफ्ता अघि सार्वजनिक भएको गीत “भन्छु आज”ले दर्शक श्रोताको मन जीतेपछी उक्त चलचित्र “म यस्तो गीत गाउछु”को ट्रेलर हेरेपछि अनुमान गर्न सकिन्छ यो चलचित्र एउटा स्तरीय लभ स्टोरी बनेको छ ।

भैरहवाको गेस्ट हाउसमा खाना पकाउने भान्से (भक्त)को जीवनमा एक्कासि मीठो स्वाद आउँदछ जब उनको गेस्ट हाउसमा जुना पाहुना बनेर आउदछिन् । भक्त बिस्तारै बिस्तारै जुनातर्फ केहि दिनमै आकर्षित हुँदछ । तर जुना एउटा रहस्यले भरिएकी पात्र हुन् ।

मन्दिप गाैतम · Jun १२, २०१७केहि हफ्ता अघि सार्वजनिक भएको गीत “भन्छु आज”ले दर्शक श्रोताको मन जीतेपछी उक्त चलचित्र “म यस्तो गीत गाउँछु”को ट्रेलर आज सार्वजनिक गरियो । ट्रेलर हेरेपछि अनुमान गर्न सकिन्छ यो चलचित्र एउटा स्तरीय लभ स्टोरी बनेको छ ।

मन्दिप गाैतम · Jun ५, २०१७"बाटो मुनिको फुल" र "सायद" जस्तो सफल चलचित्रहरु निर्देशन गरेका निर्देशक सुरज सुब्बा "नाल्बो"को नँया चलचित्र रातो घर यो हफ्ता सिनेमा घरहरुमा प्रदर्शनमा आएको छ । युवा कलाकारहरुको टोलि लिएर केहि समय अघि निर्माण भएको चलचित्र रातो घर भर्खर मात्र नेपालमा प्रदर्शनमा आएको हो ।

मन्दिप गाैतम · Jun २, २०१७भुपेन्द्र जबरा अर्थात निर शाह नेपालकै धनि उद्योगपति हुन् । उनको एउटा सानो सुखी परिवार छ ।एकदिन एउटा अनौठो फोन कल आएपछि उनको घर परिवारमा आएको समस्याको लहरहरुको जालोमा नै यो चलचित्रको कथा घुमेको छ । त्यो फोन कलहरु के कस्ता समस्याहरु लिएर आएका छन् ?

"सुर्के थैली खै" र "पुर्व पश्चिम रेल" जस्तो सफल गीतहरु पछी राजन राज सिवाकोटीको शब्द र संगीत रहेको श्रोताहरुको अर्को मन जीत्ने सम्भावना बोकेको गीत “कुटु मा कुटु” निक्कै आकर्षक लाग्दछ । आकर्षक संगीत बाहेक पर्दामा पहिलो पटक निश्चल र स्वस्तिमासंगै एउटी गीतमा नाचेको दृश्यले पनि दर्शकहरुलाई निक्कै लोभ्याउछ ।

मन्दिप गाैतम · May २६, २०१७पशुपति प्रसादको अपार सफलता पछी उक्त चलचित्रका सफल नायक-निर्देशकको जोडीले फेरी दर्शकमाझ आफ्नो नँया चलचित्र धनपति लिएर आएका छन् । "टलकजंग भर्सेस टुल्केू" र "पशुपति प्रसाद"का लेखक एंबम नायक खगेन्द्र लामिछानेले दिपेन्द्र के खनाल निर्देशित धनपतिमा फेरी एकपटक एउटा मार्मिक कथा प्रस्तुत गर्न गैरहेको चलचित्रको आज रिलिज भएको ट्रेलर हेरेर बुझ्न सकिन्छ ।

परिच्छेद सेनको फिल्म " स्ट्राइक” अमेरिकाको दुई वटा फिल्म कम्पिटिशनमा अवार्ड जितेको छ । अमेरिकको मेरिल्याण्ड्मा वासिन्टन कलेजले आयोजना गरेको ६० सेकेन्डको लघुचलचित्र महोत्सबमा उक्त लघु चलचित्र फर्स्ट प्राईज बिजेता बनेको छ ।

चलचित्रमा संगीत लोचन घिमीरेको रहेको छ, मम चाउमीन बोलको गीतले राम्रो दर्शक अनि श्रोता बटुलेको यस चलचित्रको अर्को जबसम्म छौ मेरो साथ बोलको गीत पनि धेरैले रुचाएका छन् ।

सुपरस्टार निखिल उप्रेतीको जन्मदिनको अवसर पारेर निर्माण पक्षले उनको आउन लागेको चलचित्र “संरक्षण”को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ । नरेन्द्र महर्जन र प्रदीप कुमार उदयले संयुक्त रुपमा निर्माण गरेको चलचित्र संरक्षणलार्इ पुर्णेन्दु झाले निर्देशन गरेका हुन् ।

हामी सानोछदा साथिभाइहरुसंग खेल्दा गाउने छोटो मिठो गीत “इन्टु मिनटु लण्डनमा” शीर्षकमा अब चलचित्र बन्ने भएको छ । लगभग १० बर्ष नृत्य निर्देशन गरेर थुप्रै गीतहरुलाई आफ्नो कलात्मक ढंगको प्रस्तुति दिदै आएकी सफल नृत्य निर्देशक रेनेशा बान्तवा राइले प्रथम पटक यसै चलचित्र बाट चलचित्र निर्देशनको यात्रा सुरु गर्दैछिन ।

कीर्तिमानी चलचित्र जालोको चर्चा अहिले बजारमा जता त्यतै भैरहेको बेला उक्त चलचित्रको निर्माण पक्षले चलचित्र खिच्दाको अनुभब समेटेर बनाएको मेकिंग भिडियो सार्वजनिक गरेको छ । सस्पेन्स थ्रिलर जनरामा तयार भएको पुर्ण व्यवसायिक ३ घण्टा ५३ मिनेट एकै चोटि खिचिएको चलचित्र हो जालो र जालो रिटर्नस् ।

चलचित्रको नामले गर्दा चर्चा बटुलीरहेको चलचित्र हिटलरको ट्रेलर रिलिज भएको छ। यसअघि "सुपरहिट" नामको चलचित्र निर्देशन गरेका निर्देशक सौरभ ढकालले निर्देशन गरेको यो चलचित्र जेठ १२ गते देखि देशभर प्रदर्शनको लागि आउन तम्तयार भएर बसेको छ ।

Suyog Dhakal · May २, २०१७सुपरहिट बाहुवली चलचीत्रले संसारभरिमा अरबौँको ब्यापार गरेको छ, फेसबुकदेखि ट्वीटरसम्म पनि वहुतै चर्चा र दर्शकहरुको माया पाएको यस चलचीत्र बाहुवली वास्तवमै भन्ने हो भने प्रावीधीक रुपमा विश्व गुणस्तरकै रहेको छ

चिहानपुरको एउटा गाउँ जहाँ मानिसहरुलाई भूतको त्रास छ, आपवाह फैलिएको त्यो गाउँमा भूत छैन भन्ने संदेशको नाटक प्रस्तुत गर्न गएका नाटकका पात्रहरु नै जब आफै भूतको जालोमा पर्छन, कथाले एउटा रोमाञ्चक मोड लिन्छ । “ओ मार्इ भूत !” ले गाउँघरमा महिलाहरुलाई बोक्सिको आरोप लगाउने अन्धविश्वासको बिषयलार्इ कथामा समेटिएको छ ।

चर्चित निर्देशक सुदर्शन थापाको नँया चलचित्र म यस्तो गीत गाँउछुको प्रोमोसन यस चलचित्रको पहिलो गीत सार्वजनिक भएसंगै सुरु भएको छ । हिजो दरवारमार्ग स्थित राइजिंग मलमा फिल्मकी लिड हिरोईन पूजा शर्माको जन्मदिनको अवसर पारेर भव्य कार्यक्रममा थुप्रै संचारकर्मीहरु माझ चलचित्रको पहिलो गीत “भन्छु आज” सार्वजनिक भएको हो ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन ।

मिडियापोर्ट र हाइलाइट्स नेपालको सहकार्यमा बन्न लागेको चलचित्र “नाका”को औपचारिक घोषणा भएको छ । बिपिन कार्की, थिन्ले ल्हामो, रबिन तामाङ आदि कलाकारको मुख्य भूमिका भएको यस चलचित्रमा नेपाल - चीन सिमाना क्षेत्र र बाह्रबिसे वरपर हुने विभिन्न सुन, रक्तचन्दन र अरु बहुमुल्य धातुहरुको तस्करी गर्ने गिरोहहरु कथालार्इ प्रस्तुत गरिनेछ ।

माला लिम्बु र चर्चित निर्देशक निश्चल बस्नेतमा पिक्चराइज गरिएको आइटम गीत काले दाइले छोटो समयमा निक्कै लोकप्रियता पाएपछि निक्कै चर्चामा आएको चलचित्र पर्वको ट्रेलर सार्वजनिक भएको छ ।

तराई बन्दको मारमा परेकी आफ्नी जीवन सङ्गीनी साधनाकोलागि उसको श्रीमान विवेकले गरेको संघर्ष... के विवेक र साधनाको डगमगाईरहेको सम्बन्धले कुनै नयाँ मोड लिन्छ ? सुन्नुहोस कथाकारमा “मेरी साधना”।

सम्पुुर्ण टिमको मेहनतले करिब ६ महिना जतिको रिसर्च र १९ दिनको वर्कसप पछि २० औ दिनमा तेस्रँे टेकमा फाईनल भएको थियो जालो र जालो रिटर्नस ।

कान्तिपुर फिल्म एकेडेमीको निर्माण र परिच्छेद सेनले लेखन ,निर्देशन तथा सम्पादन गरेको ६० सेकेन्डको चलचित्र “ स्ट्राईक “ अमेरिका टेक्सास स्थित “Aurora’s annul extremely short film festival” मा अफिसिएल सेलेक्शन भएको छ ।

चर्चित चलचित्र लेखक निर्देशक सुरज सुब्बा नाल्बोको नँया चलचित्र यहि जेष्ठ १९ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । सोमबार दरबारमार्ग स्थित क्युस सिनेमामा चलचित्रको ट्रेलर रिलिज कार्यक्रम सम्पन्न भयो ।

जाउँ घुम्न मौलाकालिका , हजुर ! यस्तै बोल छ राजेश पायल रार्इ र सरु पराजुलीको नया गीतको । निकैनै पौराणिक महत्व बोकेको मौलाकालिका मन्दिरको बाताबरण र महत्व व्याख्या गरेको यो गीतको भिडियोमा यहाँहरुले थुप्रै गायक, कलाकार र राजनीतिक व्यक्तित्वहरुलाई देख्न सक्नुहुनेछ ।

आशिष भेटवाल निर्देशित चलचित्र हेरो रिटर्नसको टिजर केहि दिन अघि मात्र रिलिज भएको थियो । रिलिज भएको छोटो समयमा चलचित्रको टिजरले निक्कै नै राम्रो रेस्पोन्सपाई रहेको छ ।

एक सटमै चार घण्टा लामो चलचित्र खिचेर विश्वकै लामो वान सट मुभीको रेकर्ड राख्न लागेको चलचित्र जालो र जालो रिटर्नसको प्रोमोशन पहिलो टिजर सार्वजनिक भएसंगै सुरु भएको छ । जालो र जालो रिटर्नस दुर्इलार्इ मिलाएर करीब चार घण्टा एउटै सटमा खिचिएको यो चलचित्रलार्इ अराज केशबले निर्देशन गरेका हुन् भने चलचित्रको निर्माता मोहित मुनाल हुन् ।

मन्दिप गाैतम · Apr १७, २०१७सिनेमा आर्ट प्रोडक्सनको ब्यानर यो बर्षको पहिलो ठुलो रिलिज घामपानी यो शुक्रवार नयाँ बर्षको उपलक्ष्य पारेर देशभरको सिनेमा घरमा प्रदर्शनमा आएको छ । दयाहांग राइ , केकी अधिकारी स्टारर यो चलचित्रलार्इ लामो समयदेखि चलचित्र समीक्षा गरिरहेका दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

२०७४ को एउटा बहुप्रतिक्षित चलचित्र प्रेमगीत २ को प्रोमोशन यसको पहिलो गीत आज सार्वजनिक गर्दै सुरुवात गरिएको छ । "काहानी यो प्रेमगीत को" बोलको गीतसंगै २०७२ को सुपरहिट चलचित्र प्रेमगीतको यो सिक्वल थाइल्याण्ड, म्यान्मार र नेपालका रमणीय लोकेसनहरुमा छायांकन गरिएको छ ।

मन्दिप गाैतम · Apr १२, २०१७नेपाली चलचित्र जगतको लागि वर्ष २०७३ निक्कै सफल वर्ष रह्यो । नेपाली चलचित्रप्रेमीहरुले यस बर्ष नेपाली चलचित्रहरुमा थुप्रै फरक शैली का चलचित्रहरुको स्वाद चाख्न पाए । कमेडी , एयाक्सन , रोमान्टिक सबै जनराका स्तरीय सिनेमाहरु यो वर्ष रिलिज भए ।

जेठ १२ गते देखि देशभर प्रदर्शनको लागि आउन तम्तयार भएर बसेको चलचित्र “हिटलर” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । रोमान्टिक फ्लेवरमा तयार भएको गीतमा नरेश भट्टराईको शब्द , लोचन घिमिरेको संगीत र सनुप पौडेल र आकांक्षा बश्यालको स्वर समावेश रहेको छ ।

मन्दिप गाैतम · Apr ११, २०१७अहिले हामी २०७३ को लगभग अन्त्यमा आइसकेको छौ । अहिले नयाँ वर्ष २०७४ लार्इ भव्य स्वागत गर्न हामी प्राय सबै तैयार भैसकेको छौ होला । यस्तोमा २०७३ को धेरै कुराहरु सम्झना गर्न जरूरी छ , यहि सम्झनालार्इ सुरुवात दिने क्रममा आज हाम्रो पात्रो यहाँहरुमाझ २०७३ को उत्कृष्ट १० नेपाली गीतहरु यहाँहरुमाझ प्रस्तुत गर्दछ ।

थुप्रै नेपाली गीतहरुमार्फत श्रोतामाझ आफ्नो स्वरको जादु चलाउन सफल गायक सनुप पौडेलको नयाँ गीत “आहा” भर्खर मात्र रिलिज भएको छ । केहि दिन अघि मात्र रिलिज भएको यो रोमान्टिक ट्रयाकले निक्कै राम्रो प्रतिक्रिया पाइरहेको छ अहिले ।

दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘घामपानी’को तामाङ सेलो गीत बिहीबार रिलिज गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र फुलकुमार बम्जनको शब्द सुन्न पाइन्छ ।

भोला , एउटा अत्याधिक सोजो ठिटो । ऊ धेरै सोजो भएको हुदा गाउँघरका मानिसहरु उसलाई “भोलाको बिहे कस्तीसँग होला,कोसंग होला ?" भनेर जिस्काउने गर्दछन् । भोलाको कथामा नयाँ मोड तब आउँछ जब उसलाई आफ्नै घरबेटीले आफ्नो ठुली छोरिसँग बिहे गर्ने प्रस्ताब दिन्छन् ।

Suyog Dhakal · Apr ४, २०१७खुशी लाग्दा, उत्साहमा अनि उत्सर्गमा आहा, हाम्रो अभिब्यक्ति हो । आहा एउटा अभिब्यक्ति हो र यसै अभिब्यक्तिमा एउटा आहा नै लाग्ने गीत सुप्रसिद्ध गायक सनुप पौडेलले हामीमाझ पस्किएका छन्, यसपाला ।

नँया वर्ष २०७३ साल बैसाख १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र घामपानीले अहिले बजारमा राम्रो चर्चा कमाइरहेको छ , चाहे त्यो चलचित्रमा देखापर्ने दयाहांग र केकीको स्टारडमले गर्दा हो , या काली प्रसाद बास्कोटाको गीत “पन्छी”ले गर्दा ।

मन्दिप गाैतम · Mar ३१, २०१७रेखा थापा अभिनित “पलाँस” यो शुक्रवारबाट देशब्यापी रूपमा प्रदर्शनमा आएको छ । आयुब केसी र कामेश्वोर चौरसियाले रेखालार्इ साथ दिएको यो चलचित्र कस्तो बनेको छ , जानौं चलचित्र पलाँसको समीक्षामा ।

मन्दिप गाैतम · Mar ३०, २०१७चलचित्र जगत एउटा कलात्मक क्षेत्र भएकाले हुनसक्छ , यहाँ आएर आफ्नो काम देखाउन कसैलाई रोकटोक हुने गर्दैन । एक महिनामा लगभग १०-१२ को हाराहारीमा नया चलचित्र प्रदर्शनमा आउने हाम्रो देशमा हरेक चलचित्रपछी नै दर्शकले कोहि न कोहि नव कलाकार देख्न पाइरहेका हुन्छन् ।

केहिदिन अघि मात्र सार्वजनिक गरिएको ए मेरो हजुर २ को पहिलो गीतले थोरै समयमा लोकप्रियता पाएको छ । निर्देशक झरना थापाको जन्मदिनको शुभ उपलक्ष्य पारेर सार्वजनिक गरिएको "कसम हो कसम"बोलको गीत अहिले युट्युबमा पहिलो नम्बरमा ट्रेनडिंग छ ।

केहि दिन पहिले नेपाल प्रदर्शनपछि अमेरिका प्रस्थान गरेकी निर्मात्री सवु गडाल कार्कीले अप्रिल महिनाबाट अमेरिकाका विभिन्न शहरमा 'दर्पण छायाँ २' प्रदर्शन हुन लागेको जानकारी गराईन् । फिल्मको अप्रिलमा हुने अमेरिका प्रदर्शनपछि यूरोप प्रदर्शन सुरु हुनेछ ।

एउटा जासूस जसलाई केहि ठुला बडा मानिसहरु बाहेक कसैले देखेको छैन , जसको कामगर्ने शैली प्रहरी भन्दा बिल्कुलै फरक छ । त्यहि जासुसले एक जना ब्यापारीको हत्या भएपछी , हत्यारा पत्ता लगाउने र हत्यारालार्इ सजाय दिने कथामा आजको कथाकारले कथा सुनाउनुहुनेछ ।

मन्दिप गाैतम · Mar २६, २०१७यो साताको रिलिज लप्पन छप्पनको ट्रेलर हेरेपछि चलचित्र हेर्ने एक किसिमको उत्सुकता जागेको थियो । स्टारकास्ट देखि लोकेसन उच्चस्तरको रहेको यो चलचित्रमा एउटा फुल अन कमर्सियल सिनेमामा हुने लगभग सबैकुरा भएको ट्रेलर हेरेरै अनुमान भएको थियो ।

सुबिन भट्टराईको चर्चित उपन्यास "समर लभ"मा आधारित चलचित्र बन्ने भएको छ । आज बानेश्वर स्थित इन्द्रेणी ब्यान्क्वेटमा निर्माण पक्षले औपचारिक रूपमा चलचित्र घोषणा गरेका थिए । चलचित्र समर लभमा सुबिन भट्टराईको कथालार्इ न्याय निर्देशक मुस्कान ढकालले दिनेछन् भने युवाहरुमाझ लोकप्रीय पात्र अतित र सायाको भूमिकामा भने नव कलाकार आशिष पिया र रेवती क्षेत्री देखापर्नेछन् ।

केही हप्ता अगाडी "पन्छी" बोलको गीत सार्वजनिक गरेर राम्रो चर्चा बटुलीरहेको चलचित्र घामपानीको आज ट्रेलर रिलिज भएको छ। सिनेमा पत्रकार र समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको यो पहिलो चलचित्रमा तामाङ केटा दयाहाङ राई र बाहुन केटी केकी अधिकारी बीचको प्रेम सम्बन्ध र अन्तरजातीय विवाहलार्इ देखाइएको छ ।

२०१५ को भारतकै सबैभन्दा सफल चलचित्र बाहुबलीको सीक्वल अर्थात "बाहुबली-२ द कंक्लुजन"को ट्रेलर सार्वजनिक भएको छ । अधुरो कथामै टुंगिएको २०१५ को बाहुबलीले दर्शकको मनमा थुप्रै प्रश्नहरु अनुत्तरित छाडेको थियो । दर्शकहरुको मनमा आएको प्रमुख प्रश्न भने "कटप्पाले बाहुबलीलार्इ किन मार्यो?" , आज उक्त दक्षिण भारतीय फिल्मको निर्माण पक्षले पहिलो चलचित्रबाट दर्शकलार्इ कौतुहल बनाएको हरेक प्रश्नको जवाफ दिने चलचित्रको दोस्रो अंशको ट्रेलर सार्वजनिक गरेको छ ।

सुरज सुवेदी · Mar १६, २०१७‘सवैभन्दा धेरै सोधिएको प्रश्न के हो?’ अन्तर्वार्ताको सुरुमै मैले सोधेँ । ‘फिल्मप्रति एक्सपेक्टेसन कस्तो छ भन्ने प्रश्न धेरैले सोध्नुहुन्छ’ रेश्माले हाँस्दै भनिन् । ‘यो चलचित्र दर्शकले किन हेर्ने भन्ने प्रश्न धेरै परेको छ मलाई चाँहि’ जतिन बोले । म ‘यो साइनो मायाको’ चलचित्रबाट डेब्यु गरेका पूर्वी शहर बिराटनगरका रेश्मा घिमिरे र जतिन ताम्राकारसँग कुराकानी गर्न पुगेको थिँए । अगिल्लो दिन नै भेट्ने भनेपनि काठमाण्डौको पानीले रोकेको थियो । म पुग्दा उनिहरु दुवैजना भर्खरै रेडियो कान्तिपुरमा अन्तर्वार्ता दिएर फर्किएका थिए ।

यो दिन सबै मानिसहरु एकअर्कालाई रंग दलेर खुशियाली मनाउने गर्दछन । हाम्रो पात्रो यहाँहरुको लागि होलीको शुभकामना दिदै यहाँहरुमाझ होलीको केही नयाँ पुराना गीतहरुको संग्रह प्रस्तुत गर्दछ ।

मन्दिप गाैतम · Mar १०, २०१७नेपाली चलचित्र इतिहासकै एउटा सफल चलचित्र दर्पणछायाँको सिक्वल आजबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । बरिष्ठ निर्देशक तुलसी घिमिरेकै निर्देशनमा बनेको यो चलचित्रबाट दर्शकहरुलाई निक्कै नै धेरै अपेक्षा रहेको छ । सिक्वल भनेपछि सबैले यो चलचित्रलार्इ लगभग १६ बर्ष अगाडिको चलचित्र दर्पणछायासंग दाज्नु स्वाभाविक नै हो । यस्तोमा के तुलसी घिमिरेको चलचित्रले दर्शकको मन जित्छ त , जानौ चलचित्र दर्पणछायाँ-२ को समिक्षामा ।

Suyog Dhakal · Mar ९, २०१७नयाँ नेपाली चलचित्र "कथा काठमाडौ"को छायांकन नारी दिवस को शुभदिन बाट प्रारम्भ भएको छ ।सोमबार राजधानीको थापाथलीस्थीत ब्लुवर्ड मलमा "कथा काठमाडौ"को निर्माण गर्ने औपचारीक घोषणा गरिएको थियो ।

अहिले जताततै चलचित्र दर्पणछायाँ -२ को चर्चा चलिरहेको छ । चलचित्रप्रेमीहरु माझ यो चलचित्रको कुराकानी हुनु नौलो हैन, कारण नेपालका बरिष्ठ निर्देशक तुलसी घिमिरे लामो समयपछी फेरी नयाँ चलचित्र लिएर दर्शकमाझ आउदै छन् र यो चोटी उनले दर्शकमाझ प्रस्तुत गर्न लागेको चलचित्र उनकै लगभग १६ वर्ष अगाडीको चलचित्र दर्पणछायाको सिक्वल हो । त्यसबेला दर्पणछायाले जसरी सम्पूर्ण दर्शकहरुको मनमा स्थान बनाएको थियो दर्पणछाया -२ लार्इ लिएर पनि सबैमा निकै नै धेरै अपेक्षा छ ।

मन्दिप गाैतम · Feb २४, २०१७चलचित्र लूट सकिएपछीको पाच वर्ष पछीको कथा बोकेको छ चलचित्र लूट २ ले भूकम्प आएपछि जेल भत्किएर भागेका ४ साथि दयाहाङ राई , कर्म , सुशील राज पाण्डे र प्रतीक न्योपाने हाकु काले अर्थात् सौगात मल्लको खोजीमा छन् । उनीहरुको कुरा सीधा छ हाकु काले सँग बदला । एता हाकु काले बैंक लुटेको पैसाले एउटा स्तरीय जीवन बाचिरहेको छ , तर कालो धन्दा उसको पेशा भैसक्यो । हाकु फेरी एकपटक कुनै ठुलो काम गर्ने योजना बनाउदै छ । जब साथिहरुले हाकुलार्इ भेट्छन् तब हाकु र ति साथिहरु बीचको मुसा बिरालोको खेल नै चलचित्र लूट २ को कथा हो । अन्तसम्म आइपुग्दा थुप्रै ट्वीस्ट रहेको यो कथा कता कता मोडिन्छ त्यसको लागि यहाँहरुले चलचित्र हेर्ने पर्ने हुन्छ ।

निर्देशक दिपेन्द्र के खनालले नयाँ वर्षको उपलक्ष्यमा दर्शकहरु सामु आफ्नो नयाँ चलचित्र लभ लभ लभ लिएर आउने भएका छन् । स्वस्तिमा खड्का र सुरज खड्का अभिनित चलचित्र दुवैको सम्बन्ध बीच नै रहेको आज रिलिज भएको चलचित्रको ट्रेलर हेरेर थाहा हुन्छ ।

नेपाली चलचित्र इतिहाषकै सबैभन्दा बहुप्रतिक्षित चलचित्र "लुट–२" यो साता शुक्रवारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउदै छ । केही महिना अगाडी रिलिज भएको चलचित्रको ट्रेलरमा सुरुमै कर्माले ४ वर्ष आफुहरु जेल बसेर अब हाकु कालेलार्इ खोज्ने र बदला लिने भावना देखाएका छन् भने अर्कोतिर हाकु कालेको जीवनमा धेरै परिवर्तन देखिएको छ ।

अहिले नेपाली चलचित्रप्रेमीहरुमाझ चलचित्र "घामपानी"को राम्रो चर्चा चलिरहेको छ । चलचित्रका स्टारकास्ट दयाहाङ राई र केकी अधिकारी भएकाले पनि चलचित्र चर्चा मै छ । झन् त्यसमाथि केही दिन अगाडी रिलिज भएको चलचित्रको पहिलो गीत त दर्शकहरुले गुन्गुनाउन नै थालिसके । काली प्रसाद बास्कोटाको कम्पोज रहेको पन्छी बोलको उक्त गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको छ

कुनै समय यस्तो पनि थियो जव नेपाली समाजमा हुने बिबाह पार्टीमा बिदेशी गीत मात्रै घन्किने गर्दथे । थुप्रै नाच्न इच्छुक व्यक्तिहरु ति गीतहरु सुनेरै मात्र नाचद्थे । नेपाली गीतहरुमा नाच्ने सायादै कोइ हुन्थ्यो होला । तर पछिल्लो दुइ वर्ष यता को कुरा गर्ने हो भने नेपाली सांगीतिक क्षेत्रका केहि चिरपरिचित व्यक्तिहरुले नेपाली दर्शकलार्इ स्वदेशी गीतहरुमै नचाउने मानौ अठोट नै गरेका छन् । आजकाल का बिबाह पार्टीहरुमा थुप्रै मानिसहहरु नेपाली गीतहरुमा नाचेको देख्न सकिन्छ । कहिले पानि पर्यो त कहिले परि त्यो डाडा मा , केहि नेपाली गीतहरु सुन्दा जति सुकै नाच्दिन भन्ने मानिसह हरुको जिउ नि आफै हल्लिन थाल्छ ।

हामीमध्य थुप्रै मानिसहरु संगीतप्रेमी छौ , नेपाली सांगीतिक क्षेत्रले अहिले पछिल्लो समयमा जुन फड्को मारेको छ त्यसको श्रेय केहि व्यक्तित्वलार्इ जादछ । केहि प्रतिभाशालि व्यक्तिहरुको फरक सोच र संगीतको भिन्न किसिमको परिभाषाले गर्दा बिगत केहि वर्षदेखि खस्किएको नेपाली संगीतमा आजकाल बालक देखि लिएर बृद्धसम्म सबैको चासो रहदै गएको छ ।

केही दिन यता देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली संगीत प्रेमीको धड्कनले एउटै गीत गुनगुनाइरहेको छ "सुन साइली परदेश बाट म आउला सुन साइली ४० कटेसी रमाउला" । समय र परिस्थितिको माग अनुसार आफ्नो प्रेमिका आफ्नो श्रीमतीलार्इ एक्लै देशमा छाडेर बिदेशिएका युवाहरुमा समर्पित यी शब्द र सुनमा सुगन्ध भर्ने संगीतले यो सुमधुर गीतलार्इ निक्कै नै चाडो श्रोतामाझ लोकप्रिय बनायो ।

मन्दिप गाैतम · Feb १०, २०१७केहि दिन यतामात्र निर्माण पक्षले चलचित्र घामपानीको पन्छी बोलको गीत युट्युबबाट सार्वजनिक गरेको छ । चलचित्र घामपानी अन्तरजातीय बिबाह गर्ने सोच मा रहेका प्रेमीजोडी दयाहाङ राई र केकी अधिकारीको संघर्षको कथा हो । बैसाख १ गते प्रदर्शनको लागि तैयार यो चलचित्रलार्इ समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । भिडियोमा दुइ प्रेमी समाजमा हुन सक्ने समस्याहरुलाई पन्छ्याउदै स्वतन्त्र पन्छी भर्इ एक अर्का को साथमा रमाई रहेको देख्न सकिन्छ । चलचित्रको यो पहिलो गीतमै केकी र दयाहाङ बीचको केमिस्ट्री आकर्षक लाग्दछ।

Suyog Dhakal · Feb १०, २०१७नेपाली चलचित्रले फड्को मारिरहेको छ, आउनुहोस यसै क्रममा आज चलचित्र निभ्न लागेको वत्ति अर्थात डाईगं क्यान्डलको बारेमा चर्चा गरौँ । नरेश कुमार केसी र बिमल सुवेदीको संयूक्त निर्देशनमा बनेको यो चलचित्र एउटा हिमाली परिवारको कथा हो, आउनुहोस् यो अफविटको तर एकदमै ख्याती कमाएको चलचीत्रको बारेमा कुरा गरौं ।

आज कुपण्डोल स्थित आफ्नै कार्यालयमा बेरी जोन अभिनय विधालय नेपालको समुद्धघाटन कार्यक्रम सम्पन्न भयो ,यस् विधालय भारतको बेरी जोन अभिनय विधालयको नेपाल शाखा हो । बेरी जोन विश्वप्रसिद्ध अभिनय प्रशिक्षक एवं नाटक निर्देशक हुन् जस्ले भारतका सुप्रसिद्ध कलाकारहरु शाहरुख खान्, मनोज बाजपेई, रिचा चड्डा लगायत हलिहुडका फ्रिडा पिन्टो जस्ता कलाकारहरुलाई प्रशिक्षण दिएका हुन् । उन्को अभिनय विधालय भारतमा एकदशकदेखि लगातार सर्वोच्च स्तरको अभिनय विधालयकारुपमा रहेको छ ।

नेपाली युवावर्गहरुको लोकप्रिय पात्र हाकु काले, अर्थात् सौगात मल्ल आफ्नो आगामी चलचित्र लूट—२ को लागी कसैको केहि मतलब नदिदै घ्याम्पे हान्दै छन् । लूट-२ केहि वर्ष अगाडी को सुपरहिट चलचित्र "लुट" को सिक्वल हो । लूट मा हाकु काले आफै भट्टी चलाएर बस्थे । चलचित्रको सिक्वलमा अब भने हाकु आफ्नो ग्यांगका अरु साथिहरुसँग मजाले रक्सि पीउदै नाची रहेका छन् ।

मन्दिप गाैतम · Jan २४, २०१७यो साता दुर्इ ठुला बलिउड चलचित्रहरु प्रदर्शनमा आउदैछन् । पहिलो सुपरस्टार शाहरुख खान को रइस् र दोस्रो अर्को सुपरस्टार ऋतिक रोशन को काबिल । दुइटा ठुला चलचित्रहरु एकै मितिमा प्रदर्शन भएको यो पहिलो पटक भने हैन । यी दुर्इ नायककै यसअघी रिलिज भएका चलचित्रहरु अर्को स्टारको चलचित्रसँग जुधेका थिए । एकातिर शाहरुखको "दिलवाले" रणबिर सिंह को चलचित्र "बाजिराओ मस्तानी" सँग जुधेको थियो भने अर्कोतिर ऋतिकको "मोहेन्जो दरो" अक्षय कुमारको "रुस्तम" सँग ।

मन्दिप गाैतम · Jan १३, २०१७यो साता प्रचण्ड मान श्रेष्ठ निर्देशित चलचित्र “लभ साशा” सिनेमाघरमा लागेको छ । कर्म , केकी र आसिफ शाह अभिनित यो चलचित्रले केहि महिना अगाडी रिलिज भएको प्रोमो पछी निक्कै राम्रो चर्चा कमाएको थियो । प्रचण्ड मान श्रेष्ठले "भिसागर्ल" पछी निक्कै लामो समय ग्याप राखेर आफ्नो दोस्रो चलचित्र निर्देशन गरे । यस बाट पनि अनुमान गर्न सकिन्छ , लभ साशा उनले निक्कै मेहेनत पश्चात बनाएका हुन् । यो चलचित्रमा उनले पहिलो पटक ठुलो पर्दामा कर्म र केकीको जोडी ल्याएका छन् । दर्शकलार्इ कस्तो लाग्छ त यो जोडी, के प्रचण्डको यो दोस्रो प्रयास ले अडियन्स को मन जित्छ त ? जानौ चलचित्र लभ साशाको समीक्षामा ।

नायिका केकी अधिकारी नेपालको निक्कै लोकप्रिय नायिका मध्य एक हुन् । यसै साता रिलिज हुन लागेको उनको चलचित्र “लभ साशा” अहिले रिलिज अगाडी आएका आकर्षक प्रोमो र गीतहरुको कारणले निक्कै चर्चामा छ । यहि चलचित्रको प्रोमोसन मा ब्यस्त भएकी केकी "साशा" अधिकारी चलचित्रको रिलिजको लागि निकै उत्साहित देखिन । प्रचण्ड मान श्रेष्ठ निर्देशित यो चलचित्रमा टाइटल रोलमा देखिने हुँदा आफूमाथि जिम्मेवारी बढेको महशुस भएको कुरा साशा अर्थात केकीले हाम्रो पात्रोसँग को टेलिफोन कुराकानीमा बताइन ।

मन्दिप गाैतम · Jan ६, २०१७संसारमा धेरै कम मानिसहरु भेटिन्छन जसले संगीत रुचाउदैन , संगीतप्रेमी हामी मध्य जो कोही पनि छौ । बाताबरण मा आउने अरु जुन सुकै ध्वनिलाइ मानिसहरुले झर्को मान्न सक्छन तर संगीत लाइ झर्को मान्ने सायदै कोही हुन्छन ।

मन्दिप गाैतम · Jan ६, २०१७भारतीय चलचित्र जगत को अव्वल कलाकार ओम पुरीको आज बिहान निधन भएको छ । सुतिरहेकै ठाउँमा मृत फेला पारिएको ओम पुरीलाई हृदयघात भएको थियो । भारतीय सिनेमा क्षेत्रका सशक्त कलाकार पुरीले १२० भन्दा बढी भारतीय चलचित्रमा आफ्नो आभिनय को जादु चलाएका छन् । बलिउडमा मात्र नभई ओम पुरीले थुप्रै हलिउड र दक्षिण भारतीय चलचित्रमा पनि अभिनय गरेका छन् । पद्म श्री अवार्ड ले सम्मानित पुरीले आफ्नो उत्कृष्ट पर्फर्मेन्स बाट २ पटक राष्ट्रिय अवार्ड पनि पाएका थिए । उनको असामयिक निधन को खबर ले सम्पूर्ण बलिउड स्तब्ध भएको छ । बिहानै देखि सबै कलाकार हरुले पुरीको निधन को खबर ले आफुलाई दुखि बनाएको कुरा सामाजिक संजाल मा ब्यक्त गरिरहेका छन् ।

मन्दिप गाैतम · Jan ५, २०१७नेपाली चलचित्र इतिहाषकै सबैभन्दा बहुप्रतिक्षित चलचित्र "लुट–२" को ट्रेलर आज सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो यो ट्रेलर र चलचित्रको महत्वपुर्ण दृश्यहरु देखौना खोजेको छ । ट्रेलरमा सुरुमै कर्माले ४ वर्ष आफुहरु जेल बसेर अब हाकु काले लार्इ खोज्ने बताउछन् भने हाकु कालेको जीवनमा धेरै परिवर्तन देखिएको छ । मल्टीस्टारर लूट-२ मा एक्सन थ्रिल को भरपूर खुराक भएको प्रोमो हेरेर अनुमान गर्न सकिन्छ। तर प्रोमोका अन्तिम दुइ संवाद ले दर्शकलाई खुब हसाउनेछ ।यसपाली हाकु काले र गोफ्ले बीचको संवाद साटासाट भएको दृश्य प्रोमोको प्रमुख आकर्षण लाग्दछ ।

Suyog Dhakal · Dec २६, २०१६उनकालागि नेपालबाट धेरै धेरै श्रद्धाञ्जली, उनीजस्ता क्षमतावान ब्यक्ति यस संसारमा धेरै पाईन्न । उनका शब्दमा जीवनको उच्चारण अनि सङ्गीतमा आत्माको अनुभुती थियो । आज संसारभरिका पत्र पत्रिका अनि टिभीहरुमा जर्ज माईकलका गीत अनि शब्दहरु बज्नेछन्, हाम्रो पात्रोले संझना स्वरुप यो लेख जर्ज माईकल र उनका गीतहरुमा समर्पण गर्न चाहन्छ । अलविदा जर्ज!

लभ स्टोरी एउटा यस्तो जनरा हो जसमा देश बिदेशमा गरेर थुप्रै चलचित्रहरु निर्माण हुने गर्दछन। यस्तोमा लभ स्टोरी निर्माण गर्नलागेका चलचित्रकर्मीहरुको लागी एउटा फरक ढंगको कथा दर्शकसामु प्रस्तुत गर्नु ठुलो चुनौती हो। यसै साता रिलिज भएको प्रचण्ड मान श्रेष्ठले निर्देशन गरेको लभ ट्रइंगल चलचित्र "लभ साशा "को लागि पनि आफ्नो दर्शक सामु नौलो प्रस्तुति दिनु चुनौती रहनेछ ।

थुप्रै चर्चित फिल्म फेस्टिभलमा राम्रो प्रसंशा कमाएको नेपाली कथानक चलचित्र "कालो पोथी" नेपाली चलचित्रको प्रतिनिधित्व गर्दै अस्कर सम्म गएको थियो। तर नेपाली चलचित्र प्रेमीहरुको लागि एउटा दुखको खबर आएको छ । एकाडेमी अवार्ड्सको लागि छनौट मा परेका उत्कृष्ट ९ चलचित्रको लिस्टमा चलचित्र कालो पोथी पर्न सफल भएन । अस्करको दौडबाट निस्किएको कालो पोथीले थुप्रै स्वदेशी र बिदेशी दर्शकको मनमा ठाउ बनाइसकेको छ ।

नायिका रेखा थापा अहिले राप्रपा मा प्रवेश भएको खबर ले निक्कै चर्चा पाइरहेको छ , त्यससँगसँगै उनले नेगेटिभ भूमिका निर्बाह गरेको चलचित्र "डायरी" को टिजर रिलिज भएपछी , त्यस टिजरमा उनको भिन्न अवतारले नि राम्रै चर्चा कमायो । यसरी रेखाको समाचारले अहिले बजार तताइरहेको बेलामा उनको अर्को चलचित्र "हिरो रिटर्न्स"को पहिलो गीतको अडियो सार्वजनिक भएको छ । यो फिल्ममा रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्र को प्रदर्शन मिति निर्माण पक्षले अझै खुलाएको छैन ।

साद अलिले निर्देशन गरेको यो चलचित्र मा गुल्जार को शब्द मा एकाडेमी अवार्ड विनर ए आर रहमान को संगीत हुनेछ । यस्तोमा यी दुर्इको यो चलचित्रको संगीत दुवैको यसअघिको चलचित्र आसिकी २ को जस्तै लोकप्रिय हुने पूर्वानुमान गर्न सकिन्छ । भेट्रान नसीरुद्दीन शाह को पनि प्रमुख भूमिका रहेको यो चलचित्र १३ जनवरी २०१७ मा प्रदर्शन हुनेछ ।

मन्दिप गाैतम · Dec ९, २०१६दीपक रौनियारले निर्देशन गरेको यो चलचित्र द्वन्द्वकाल देखि फाटो आएको दाजु र भाइको कथामा आधारित छ । माउबादीमा सक्रिय दयाहांग राई र कुनैबेलाका सेना रबिन्द्र सिंह बानिया बीच अनबन छ । जब दुवैका बाबुको मृत्यु हुन्छ , दया गाउ फर्किन्छन र बाकिको चलचित्र कसरी दुर्इ नमिल्ने दाजु भाइले मिलेर बाबुको अन्तिम काज क्रिया सकाउछन् , बुवालाई संस्कार मा चलिआएको चलन अनुसार दागबत्ती दिन लाग्दा के कस्तो समस्या आइपर्छन , चलचित्र मा यहि कथा देख्न पाइन्छ ।

चलचित्र वडा नं ६ को सुपरहिट गीत “सुर्के थैली खै” लाइ युट्युबमा एक करोड भन्दा बढी जनसंख्या ले हेरेको धेरै समय भएको छैन । केहि महिना आगाडी मात्रै सो चलचित्रको टिमले आफ्नो फिल्म को उक्त गीत ले अपार सफलता पाएको उपलक्ष्य मा खुशी आदान प्रदान गर्दै पार्टीको आयोजना समेत गरेको थियो । नेपाली चलचित्रका गीतहरुमा कुनै गीतले नपाएको सफलता पाएपछि सम्पूर्ण टिममा उत्साह भरिएको थियो । उत्कृष्ट चलचित्र निर्माण गर्ने टिमले बनाएको अर्को चलचित्र "छक्का पन्जा" ले नेपालमा कुनै फिल्म ले पाउन नसकेको व्यापारिक सफलता पायो । चलचित्र अझै पनि देशभरको थुप्रै सिनेमा घरमा प्रदर्शनमा आइरहेको छ ।

संसारको सबैभन्दा कान्छा निर्देशक बनेर नेपाली चलचित्र जगतका सौगात बिष्टले "गिनिज बुक अफ वर्ल्ड रेकर्ड" मा आफ्नो नाम दर्ता गराएको धेरै समय नबित्दै एउटा अर्को चलचित्र "जालो र जालो रीटर्न्स" फेरी गिनिज बुकमा आफ्नो नाम दर्ता गराउन तैयार भएको छ । उक्त चलचित्रले भने एकै सट मा ४ घण्टाको चलचित्र सकाएको हुनाले गिनिज बुकमा नाम दर्ता हुने लगभग पक्का पक्कि भएको हो। जालो र जालो रीटर्न्स ले यसअघिको ३ घण्टा २८ मिनेट ४ सेकेन्डको रेकोर्ड तोड्न ४ घण्टा लामो सिंगल सोट चलचित्र बनाएको चलचित्रका निर्देशक अराज केशब र निर्माता मोहित मुनालले हाम्रो पात्रो संगको कुराकानीमा बताउनु भयो ।

बलिउडका बादशाह शाहरुख खान स्टारर “रईस” को ट्रेलर सार्वजनिक भएको छ । २०१६ को ईद मा सलमान खान अभिनित “सुल्तान”संग जुद्ने भएको उक्त फिल्मले त्यसबेला आफ्नो प्रदर्शन को मितिलार्इ सार्यो तर प्रदर्शन को मिति सार्दा समेत चलचित्र “रईस” अर्को सुपरस्टार ह्रीतिक रोशनको फिल्म "काबिल" संग जुद्नै पुगेको छ . दुवै चलचित्र २६ जनवरीमा भारतमा हुने "रिपब्लिक डे" को सार्वजनिक बिदालाई लक्षित गर्दै २५ जनवरी को दिन रिलिज हुने भएको छ ।

गाँजाबाजा नाममा अझै बिबाद नटुंगिसक्दा नै गाँजाबाजा को टिमले आफ्नो चलचित्रको पहिलो गीत सार्बजनिक गरेको छ । “ट्रीपिंग अन अ ह्याप्पी मुड” बोलको उक्त गीतमा संगीत भने निख र जताको रहेको छ भने सो गीतमा अंग्रेजी शब्दहरुको बढी प्रयोग भएको छ । "सुन्तलीलाई भगाइ लग्यो झिल्के" का नायक झिल्के सुशील सिटौला आफ्नो अर्को अल्लारे साथि अनुपम शर्मासंग राजधानीको बाटो बाटोमा केटि जिस्क्याउदै हिडेको गीतको भिडियो मा देख्न सकिन्छ ।

सोमबार राति ११.३० मा तामिलनाडु की मुख्यमन्त्रि जयललिताले आफ्नो अन्तिम स्वास फेरिन । ६८ बर्षिया जयललिताले राजनीतिमा प्रवेश गर्नुअघि करीब १४० चलचित्रमा अभिनय गरेकी थिइन । तमिल, तेलेगु, मल्यालम, कनाडा र हिन्दि फिल्महरुमा समेत अभिनय गरेकी जयललिता आफ्नो नृत्य र फरक जनराको चलचित्रमा अभिनय गरेकाले निक्कै चर्चित थिइन । खासगरी तामिलनाडुमा उनलाई "अम्मा" को उपनाम दिइएको थियो ।

नेपाली कथानक चलचित्र "White Sun" अर्थात सेतो सुर्यले २७ औं सिङ्गापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा "बेस्ट एसिएन फिचर फिल्म" को उपाधि जितेको छ । उपाधिसँगै दिपक रौनियार निर्देशित उक्त चलचित्रले ५० हजार सिंगापुर डलर पनि हात पारेको छ । चलचित्र "व्हाइट सन" यही साताबाट देशब्यापी रूपमा प्रदर्शनमा आउन लागेको छ । प्रदर्शन हुने सातामै चलचित्रले यो उपाधि जित्दा चलचित्रको चर्चा जताततै हुन थालेको छ ।

सन् २००१ साल मा प्रदर्शनमा आएको चलचित्र दर्पणछाया म्युजिकल ब्लकबस्टर थियो । चलचित्रका सदाबहार गीतहरु अझै पनि श्रोताले गुनगुनाइ रहन्छन्। निर्देशक तुलसी घिमिरेले एकपटक फेरि दर्पणछाया २ को गीतहरुले श्रोताहरुको मन जीत्ने आफुलार्इ बिश्वास रहेको बताएका छन् ।फाल्गुन २७ गते रिलिज हुनलागेको चलचित्र "दर्पणछाया २" को पहिलो गीत निर्माण पक्षले सार्वजनिक गरेको छ ।

मन्दिप गाैतम · Dec ५, २०१६खासगरी साइमनले पढ्दा पढ्दै एउटा बिजुली मेसीन बनाएका छन् उनको त्यो मेसीनको सहयोगमा उनी आवाजबाट विद्युत उत्पादन गर्न चाहन्छन् । समाजलाई लोडसेडिङ मुक्त बनाउन विकल्पको रूपमा प्रयोग गर्न सकिने उनको त्यो बिजुली मेसीन निर्माण कार्यमा उनलाई प्रतीकले साथ दिन्छन् । त्यसपछिको चलचित्रको कथा ती दुई पात्रले बिजुली मेसीनलाइ प्रयोगमा ल्याउन गर्ने संघर्ष र मेहनतमा घुमेको छ ।

मन्दिप गाैतम · Nov २५, २०१६माओत्से गुरुङ र दयाहाङ राईले जब बाउ बाजेको सम्पति अंशबण्डा गर्छन् त्यतिबेला दयाहाङ जबरजस्ती घर माओत्सेलाई छाडेर आफू उनीहरुको गरिखाने भाडो डुङ्गा चाहीं लिएर गाउँ छाडेर भाग्छ । बाँकीको चलचित्र डुङ्गा बिना माओत्सेलार्इ आउने समस्या र दयाहाङ र प्रियन्का कार्कीकाे लभ स्टोरी मै छ ।

मन्दिप गाैतम · Nov २१, २०१६कुनै बेला यस्तो जमाना थियो, जब निक्कै कम चलचित्रहरु बन्दथे र थोरै हलमा भएपनि निक्कै लामो समयको लागि प्रदर्शन हुन्थे । केही चलचित्रले दर्शकको अपार माया पाउँथे , अनि फिल्म हलबाट उत्रिन्थ्यो । केही चलचित्र र त्यसका केही रोचक पात्रहरु दर्शकको मनमा सम्झना भर्इ बस्दथे र दर्शकहरु वर्षौपछि पनि फेरि त्यही चलचित्रहरु हेरेर सम्झनालार्इ ताजा पारिराख्थे ।

मन्दिप गाैतम · Nov १९, २०१६सैब्रत आचार्य एकजना प्रतिभाशाली किशोर हुन । उनि त्यो ठाँउको एकजना चर्चित सहयोगी मानिस अनुप बरालसम्म आफ्नो उज्ज्वल भविष्यको लागी थप प्रतिभा हासिल गर्न पुग्छन । त्यसपछी चलचित्रको कथा अनुपले सैब्रत आचार्यसंग फकाएर गर्ने यौन दुराचार र त्यसपछी सैब्रतमा पर्ने मानशिक असरहरुमा घुमेको छ ।

मन्दिप गाैतम · Nov १३, २०१६सर्ट फिल्मको महाकुम्भ एकादेशमा अन्तराष्ट्रीय लघु चलचित्र महोत्सवको आज समापन भएको छ । अवार्ड सेरेमोनी गरेर समापन गरिएको उक्त महोत्सव मा ३८ देशको ७८ वटा चलचित्र प्रदर्शन गरियो । महोत्सवमा CHANGING PERSPECTIVE र FUTURE OF CINEMA विधाका चलचित्रहरु बीच प्रतिष्प्रधा पनि भएको थियो । उक्त प्रतिष्प्रधामा निम्न चलचित्रहरु बिजेता रहे र बिजेता लाई प्रदान गरिने नगद तथा अन्य पुरस्कारहरु समेत प्राप्त गरे ।

Suyog Dhakal · Nov १२, २०१६अहिलेकालागी दुईवटा वहुप्रतिक्षीत नेपाली लघु चलचित्र प्रस्तुत गर्दछौ र तिन्का निर्देशकहरुसँगको अंतरगं कुराकानी अडियो मार्फत प्रस्तुत गर्ने हाम्रो जर्मको छ ।

मन्दिप गाैतम · Nov १२, २०१६जात्रा कथा हो, तीनजना पसले साथीको अर्थात विप्पिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाको । तीनै साथीलाई आ–आफ्नै किसिकमको आर्थिक समस्या छ । एक दिन उनीहरु बस्ने टोलकै एकजना टोले गुन्डाले बैंकबाट तीन करोड चोरेर त्यहाँ ल्याइपुर्याउँछ र संयोगवश त्यो पैसा विप्पिन कार्कीको हातमा पर्छ । बिस्तारै तीनैजना पसले साथीहरु बीच त्यो कुरा पुग्छ र सबैले एक एक करोड गरेर पैसको तीन भाग लगाउने निधो गर्छन् तर उनीहरुको काम के त्यति सजिलो छ त? अहँ पटक्कै छैन । प्रहरीलाई कसोगरि खबर पुग्छ कि पैसा त्यहीं टोलमा छ जहाँ ती तीन पसले साथी बस्छन् । र अब प्रहरीको निगरानीबाट त्यो पैसा उम्काउन ती तीन पात्रले गरेको जात्रा नै यो चलचित्रको कथावस्तु हो ।

मन्दिप गाैतम · Nov १२, २०१६आज राजधानिको QFX कुमारी हलमा "एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव"को चौथो संस्करण सुरु भएको छ । थुप्रै सन्चारकर्मी र चलचित्रकर्मीहरु माझ आज भएको ओपनिङ सेरेमोनिमा दद्या, होल ,मोरियम्, अनन्त यात्रा र लो सम चोए सम गरी ५ वटा देश बिदेशका चलचित्र प्रदर्शन गरियो । यो चलचित्र महोत्सवलाइ लिएर सबै चलचित्रकर्मी हरुमा समेत निक्कै उत्साह देखियो ।हाम्रो पात्रो संगको कुराकानिमा निश्चल बस्नेत्, अनुप बराल र सत्य स्वरूपले एकादेशमा को कारण ले गर्दा नेपली दर्शकले थुप्रै बिदेशी तथा स्वदेशी चलचित्रको स्वाद चाख्न पाउने भएकाले २७ गते शनिवार र २८ गते आइतवार दिनभर चलचित्र प्रदर्शन गरिने यो महोत्सवमा सबैलाइ सहभागिता जनाउन आग्रह समेत गरे ।

मन्दिप गाैतम · Nov १०, २०१६यहि शुक्रवारदेखि आइतवारसम्म राजधानीको QFX कुमारी सिनेमा हलमा आयोजना हुन लागेको "एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव" मा चलचित्र हेर्न रुचाउने दर्शकले विभिन्न ७८ वटा लघु चलचित्र हेर्न पाउने छन् । यस्तोमा उक्त महोत्सवमा सहभागिता जनाउन इछ्याएका दर्शकहरुमा प्रदर्शन हुन लागेका ७८ चलचित्रहरु मध्य कुन कुन चलचित्र हेर्ने त भन्ने कुरामा आन्योल अवश्य होला । या अझै कति चलचित्र प्रेमीहरुमा त लघुचलचित्र खासमा के हो भनेर चेतना नहुँदा यो चलचित्र महोत्सवमा सहभागिता जनाउने कि नजनाउने भन्ने कुरामा दोधार पनि होला ।

Suyog Dhakal · Nov ९, २०१६खस भाषाको यस चलचित्र दादया कुल १६ मिनेट र आठ सेकेन्डको छ । पूजा गुरुगं र विभुषन वस्नेत विगतका ६ वर्षदेखि चलचित्रमा साथसाथै कार्यरत छन्, दाद्या यिनिहरुकै निर्देशन पनि हो । यिनीहरुको अघिल्लो निर्देशन ‘The Contagious Apparitions of Dambarey Dendrite’ नामक लघु चलचित्रले अन्तराष्ट्रियरुपमा निकै चर्चा र पुरस्कारहरु समेत पाएको थियो, यस्तै अचम्मका अनि नभनिएका तर यथार्थ विषयमा चलचित्र निर्माणगर्ने यो निर्देशक जोडीको यस चलचित्र दादया पनि वहुप्रतिक्षीत छ ।

Suyog Dhakal · Nov ८, २०१६यस्तै स्वदेशी अनि विदेशी लघु चलचित्रहरुको महाकुम्भ एकादेशमा अन्तराष्ट्रिय चलचित्र महोत्सव यहि कार्तिक २६, २७ र २८ गते काठमाडौको कुमारी चलचित्र हलमा आयोजना हुन जाँदैछ, पाँचवटा विभिन्न विदामा प्रदर्शन गरिने चलचित्रहरुमा स्वदेशी अनि विदेशी स्वादहरु प्रस्तुत गरिनेछ । यो यस चलचित्र महोत्सभको चौथो सस्करण हो जस्मा कुल ७८ वटा स्वदेशी तथा विदेशी चलचित्रहरुले सहभागीता जनाँउदैछन् ।

मन्दिप गाैतम · Nov ५, २०१६महेश मान श्रेष्ठ अर्थात रायन अष्ट्रेलियामा बसिरहेका एकजना च्याम्पीयन बाइक राइडर हुन । तर उनको काम बाइक कुदाउनमा मात्र सिमित छैन । उनि रोयल अर्थात रोयल मास्केको लागी अष्ट्रेलियामा ड्रगडिलिङको काम गर्छन । एकदिन रायनको भेट रोयलको बहिनीसंग हुन्छ र त्यसपछी दुवैजना प्रेममा पर्छन । तर जब रोयललाई आफ्नो बहिनी रायनसंग रिलेसनमा भएको कुरा थाहा हुन्छ , उ आक्रोशित हुन्छ र उसलाइ जुनसुकै हालतमा दुवैलाइ छुटाउनु छ । त्यसपछी रायन अष्ट्रेलियामा ड्रुग्सको स्मग्लिङ केसमा फस्छ र उ त्यहाँबाट भागेर दुवही जान्छन । रोयलको मान्छेहरु उसको पीछा गर्दै दुवहिनै पुग्छन ।

यो साता दुई नेपाली चलचित्र 'राधा' र 'परदेशिको उमंग' रिलिज भएका छन् ।दीपावलिको शुभ अवसर पारेर रिलिज भएका यि चलचित्रले बिदाको कारण राम्रो आम्दानी गर्न सक्ने ठाँउ छ । तर त्यसअघी दर्शकलाई चलचित्र मनपर्न जरूरी छ । यस्तोमा सञ्चिता लुइटेलको कमब्याक फिल्म 'राधा'ले के दर्शकहरुको चित्त बुझाउन सक्ला त, जानौं चलचित्र राधाको समिक्षामा ।

Suyog Dhakal · Oct १३, २०१६जोमसोममा बस्ने एउटा दृष्टिविहीन युवतीको भूमीकामा छिन शिल्पा, जड्याँहा पिता, सौतनी आमा र दृष्टिविहीन छोरी रहेको परिवारमा एकजना परदेशी युवकको रूपमा पृथ्वीराजको अागमन हुन्छ र त्यसपश्चात् कथामा सबैले सोंचेजस्तै पृथ्वीराज र शिल्पाबिच प्रेम भइछाड्छ । शिल्पाको बुवाको मृत्यु हुन्छ अनि पृथ्वीराजले शिल्पालाई सहारा दिने उद्देश्यले काठमाण्डौ लिएर जान्छन् । शिल्पाको बुवाको मृत्यु हुन्छ र पृथ्वीराजले शिल्पालाई सहारा दिने हिसाबले काठमाण्डौ लिएर जान्छन, काठमाण्डौ लगेर उनले शिल्पाको आखाँको उपचार गर्दछन र शिल्पा देख्न थाल्छिन तथापि उनले आफ्नोलागि त्यति ठूलो सहयोग गरेको मानिस पृथ्वीराजलाई भने त्यसपछी कँही देख्दिनन र पृथ्वीराज गायब हुन्छन् । काठमाण्डौमा एक्ली रहेकी शिल्पालाई साथ दिनलाई किशोर खतिवडा आइपुग्छन र चलचित्रमा त्यसपछाडीका कथाहरु यी तीनबिचमा हुने त्रिकोणात्मक प्रेम नै हो ।

Suyog Dhakal · Oct २, २०१६तिन साथी मनन साप्कोटा,संजय गुप्ता र शिबिर पोखरेल अमेरिकामा बस्छन र सबैको जीवन साधारण तरिकाले बितिरहेको छ ।तर जब शिबिर पोखरेलले अमेरिका छाडेर नेपाल फर्किने र समाजसेवा गर्ने मन बनाउछन उनका बाकी दुई साथी चकित हुन्छन ।शिबिर नेपाल फर्किन ७ दिन बाकी हुन्छ र उनले फर्किने नै ठानेपछी साथिहरु त्यो बाकी भएको सात दिनलाई जीवनकै आविस्मरणिय समय बनाउनको लागी एउटा रोडट्रीप प्लान गर्छन र चलचित्र सुरु भएको १० मिनेट नपुग्दै उनिहरुको सफर सुरु हुन्छ ।कस्तो रहन्छ त उनिहरुको हसिमजाक,प्रयान्क र एक-अर्काको लागी प्रोत्साहनले भरिएको त्यो सात दिनको भ्रमण,कसरी टुङिन्छ त्यो यात्रा र कस्तो रहन्छ त्यो यात्राको प्रभाव ति साथिहरुमा,यसको लागी यहाँहरुले चलचित्र सफर हेर्नपर्ने हुन्छ ।

दयाहाङ्ग राइले प्रहरी इन्सपेक्टरको भूमिकालाई न्याय दिएका छन, अनुसन्धानसंग सम्बन्धित प्रसंगहरूमा उनका अनुहारका हाउभाउले समेत चलचित्रको सस्पेन्स र अनुसन्धानप्रतिको गम्भिरतालार्इ राम्ररी उतारेका छन् । उनी दर्शकलाई हँसाउन कहिल्यै चुक्दैनन भने मनोज आरसी पनि उत्तिकै उत्कृष्ट छन । कथाको भार उनले उत्कृष्ट तरिकाले बोकेका छन् भने रिश्मा गुरुङ्ग 'कवड्डी' र 'कवड्डी कवड्डी' पछि भिन्न गेटअपमा देखिइएकी छिन् । तर उनको गेटअप जस्तै उनको क्यारेक्टर भने भिन्न छैन । उनले थारु भाषा बोलेको त्यती सुहाएको भने छैन । यी बाहेक चलचित्रमा प्रमोद अग्रहरी र भोलाराज सापकोटा छन र दुवैको अभिनय सशक्त छ ।

मन्दिप गाैतम · Sep २३, २०१६सुपरहिट चलचित्र "लाहुरे"को सुपरहिट गीत "वीरताको चिनो, वीरको सन्तान्", "शहीदको रगत, लाहुरेको निशानी" सबैको मनमष्तिस्कमा सदैव ठाउँ बनाउने लोकप्रिय गीत हो । यस्तोमा चलचित्र निर्देशक शंकर घिमिरेले आफ्नो देशप्रेमी चलचित्रको नाम "वीरताको चिनो" राखेर फेरी दर्शकमाझ त्यो गीतलाई ताजा बनाए ।

Suyog Dhakal · Sep २१, २०१६तपाइ चलचित्रकर्मी हुनुन्छ र यस महोत्सवमा आफ्नो चलचित्र पनि समावेश गराउन चाहनुहुन्छ भने www.ekadeshma.org वेभसाइट हेर्नुहोला, जसमा सहभागितासंग सम्बन्धित अावश्यक जानकारीहरू राखिएका छन् । अथवा तपाई चलचित्र अनि कथाका पारखी हुनुहुन्छ भने पनि यो चलचित्र उत्सव तपाइकालागि रोमाञ्चक, रोचक हुनसक्छ । नाेभेम्बर ११ देखि १३ सम्म कुमारी हल काठमाण्डौमा 'एकादेशमा' चलचित्र महोत्सव तपाइलाई कुरिरहेको हुनेछ र यस अन्तराष्ट्रिय महोत्सवबारे हाम्रो पात्रोले तपार्इहरूलार्इ हरेक नयाँ खबर पुर्याउने कोशिस गर्नेछ ।

मन्दिप गाैतम · Sep १९, २०१६नायक मनोज आर सी ले भने चलचित्र मा दयाह्याङ राइ र रामबाबु गुरुङसंग काम गर्दाको अनुभव निक्कै उत्कृष्ट रहेको बताए । चलचित्र हेरेर दर्शकले पूर्ण मनोरन्जन पाउने र आफुलाइ पनि चलचित्र 'झुम्की'बाट धेरै अपेक्षा भएको मनोज आर सी ले हामीसंगको कुराकानी मा भन्नुभयो ।

Suyog Dhakal · Sep १९, २०१६चलचित्रको कथा प्रारम्भ हुँदा जे हुन्छ समापन हुँदा पनि टुंगीएको हुँदैन बरु समापन हुने क्रममा चाही चलचित्रले केही कदम कथा अगाडि बढायो कि भन्ने भान हुन्छ । कथा र पात्रहरुले सतहीरुपमा पौडी खेलेका छन् । कथा अनुसार नाजिर हुसैनको बुवाले उसको आमालाई छोडेर गए तर अभय बरालका अनुसार उनको आमा सानै छँदा वितिन र उनको बुवालेनै उनको पालनपोषण गरेर हुर्काए भने नम्रता श्रेष्ठका अनुसार दुवैजना एउटै बाउका सन्तान हुन । एकैजना बुवा एउटा सन्तानकालागि आमाको समेत माया दिने चरित्र हुन भने अर्काकालागि आमालाई एक्लै पारेर उसको पहिचानमा बुवाको नाम थप्न अयोग्य बनाउने पात्र हुन ति बुवा, आखिर बुवाको कथा भने के हो ? बुवाको जीवनको पृष्ठभुमी के हो ? चलचित्र र यसको कथा यसप्रति नाजुक रुपमा मौन छ ।

Suyog Dhakal · Sep ९, २०१६२०७३ सालकै वहुप्रतिक्षित चलचित्र छक्कापञ्जा आजवाट देशभरिका थुप्रै चलचित्र घरहरुमा प्रदर्शनमा आएको छ । टेलिसिरियलका चर्चित हास्य अनुहारहरुले निर्माण गरेको यो चलचित्र एउटा सामाजिक पृष्ठभुमीमा आधारित कथानक चलचित्र हो जस्लाई परिवारसँग निर्धक्क रुपले हेर्न जान सकिन्छ । ६ अकंसग वढिनै आत्मियता भएका दिपक राज गिरिको पहिलो प्रस्तुती ६ एकान ६, दोश्रो वडा नं ६ अनि तेश्रो छक्का पञ्जा हो । आउनुहोस दिपा श्रि निरौलाले निर्देशन गरेकि यो चलचित्रको समिक्षा गरौ ।

Suyog Dhakal · Sep ७, २०१६चिसो मरुभुमीको नसुनिएको अथवा सुनेर पनि सुन्न नखोजिएको कथा हो थाङ्गला, १७ वर्ष पछिको मञ्चनमा पनि थाङ्गला उत्तिकै जिवन्त छ, टडकारो परिवर्तन र सामाजिक विकासका आयामहरु आज पनि हिमाल अनि हिमालीहरुलाई चाहिएको कुरा थाङ्गलाले भनिदिन्छ, कहिले हिमाली लवनमा, कहिले चौरीको घन्टीसँगै, कहिले हिमाली हावासँगै त कहिले छ्याङ्गको स्वादमा ।

Suyog Dhakal · Sep ६, २०१६पत्रकार लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्र लालजोडी लाई हास्यप्रधान अर्थात कमिडि चलचित्रकारुपमा पस्किइएको छ । सुवास थापा, निता ढुङ्गाना, कवडी चलचित्रमा हैट थेगोले चर्चितभएका वुद्धि तामाङ्ग , टेलिसिरियलमा ए हो त, ल ठिकै छ भन्ने थेगोभएका लगायत विभिन्न सानो र ठुलो पर्दामा देखिइरहेका अनुहारहरु लाई यस चलचित्रमा देख्न सकिन्छ ।

राजेश हमालले सारी र चोलो लाउँदैमा दर्शक तान्न सजिलो हुन्छ भन्ने निर्देशकको आकँलन थच्चिने पक्का छ । अर्चना पनेरुले खुलेआम प्रदर्शन गर्नखोजेका सिनहरु र अन्य धेरै ग्लामरस मानिएका चलचित्र हेर्न जान अल्छि गरेका नेपाली दर्शकहरु एक्शन रोलमा ठूलो स्वरमा वुरुक्क उफ्रिएर कराउने बलवान नायक राजेश हमालको सारी चोलो हेर्न पक्कै जानेवाला छैनन् ।

तर विचमा आउने अन्य केही परिघटनाहरु जस्तै बिरामी आमाको एक्लै र एक्कासी तुइनबाट लडेर मृत्यू हुनु, विक्रमको नयाँ अवतारमा गाउँ प्रवेश, विचमा कुनै चिठ्ठी-खबर वेगैर उसको यो सञ्चारको यूगमा भएको असुहाउँदो गुप्तवास आदि चलचित्रका अनुत्तरित प्रश्नहरु हुन् । या त चलचित्रमा, "कथा अाज भन्दा करिब २५ वर्ष अघि को हो" अथवा यस्तै केही जानकारी सम्प्रेषण गरेको भए हुने । स्कूले साथीहरुका रुपमा देखाइएका दिया अर्थात हिरोइन ब्याचलर पास गरेर शिक्षिका बन्छिन, होटलमा भाँडा माँझ्ने विक्रम शहर गएर मोटरसाइकलमा फर्किन्छ तर सोही क्लासका वीर भने खँच्चर जोत्ने अनपढ कसरी भए भन्ने कुरामा चलचित्र मौन छ ।

शान वस्नेतले पटकथा यो हिसाबले लेखेका छन् कि चलचित्रको २ घण्टा दर्शकले आँखा झिम्क्याउन समेत फूर्सत पाउनेवाला छैनन । चलचित्रको अर्को बलियो र रमाइलो पाटो पटकथा हो भन्ने कुरामा कुनै शंका छैन । संवाद पनि निक्कै प्रभावशाली छ, विशेषगरि आयूष्मानका भागमा परेका संवादहरु, तर संवादमा धेरै पटक अनावश्यक दोहोरीका अग्रेजी शब्दहरुले भने सिगंल स्क्रीनका दर्शकलाई केही नमज्जा थप्नसक्छ । दोश्रो हाफको पटकथा केही हदसम्म अनुमान गर्न सकिने भएतापनि स्क्रिप्टको गतिले दर्शकलाई धेरै दिमाग खियाउने मौका दिंदैन । समग्रमा चलचित्रको स्क्रीप्ट निकै मजबुत छ र चलचित्रको पहिलो संस्करण चपली हाइटको भन्दा पनि धेरै गुणा राम्रो र रोचक छ ।

परशुराम एउटा सामाजिक विषयवस्तुमा आधारित भनिएको एउटा निष्ठावान प्रहरीको कथा हो । तराइको सेरोफेरो र औसत नेपाली समाजको रेखा कोरिएको भनिएको यस चलचित्रमा बिराज भट्टलाई मुख्य भुमिकामा देख्न पाइन्छ । सामाजिक पृष्ठभुमीमा अलिक धेरै नै सस्तो आतकं र केही फित्तलो चरित्रहरुकाबिच चलचित्रले घरि-घरि साउथ इण्डियन धारका चलचित्रको झल्को दिने गर्दछ । आउनुहोस रोज राणा निर्देशित यस चलचित्रको समिक्षा गरौँ ।

बलराम र सुन्तली एकै उमेर समूहका गाउँले हुन, दुवैजनाको विवाह पछि आर्थिक कारणले विदेशिएका बलराम र गाउँमा एक्लै परेकि उसकी नवविवाहित श्रीमति सुन्तली त्यसमाथी गिद्धे आँखा गाढेर बसेको लाहुरेले अवला नारीमाथि लगाएको कुदृष्टि अनि गाउँमा ब्याप्त मुखिया बाकाे षड्यन्त्रबिच चलेको कथामा झिल्केको आगमन र थप रोचक परिवेशहरुमै यो चलचित्रको सेरोफेरो घुमेको छ ।

Suyog Dhakal · Jul २५, २०१६शुस्मिता केसीको अभिनय तारिफयोग्य छ र नायक आकाश श्रेष्ठले पनि न्याय नगरेका हैनन तथापि नायिकाको अभिनयमा भने कोशिस र न्याय दुवै देखिदैन । मुख्यतः उनको संवाद एकदमै असहज, अस्पष्ट र अग्रेजीमीश्रित उन्मुख छ । अन्य कलाकारहरुको अभिनयमा खासै बिशेष कमजोरी या उल्लेखनिय तत्व केही छैन तथापि तेश्रो लिङ्गीको अभिनय गर्ने अभिनेताको अभिनय तारिफ योग्य छ, धन्न 'उनको र उसको' अभिनयले भएपनि हँसाउने प्रयत्न गर्दछ नत्र चलचित्र कमेडिविहिन बनेको छ ।

Suyog Dhakal · Jul १७, २०१६फितलो छ सुरेन्द्र बुढाको प्रस्तुती । चलचित्रको सम्पूर्ण कलाकारहरुमा शुभेच्छा थापा बाहेक कोही पनि हेर्नलायक अभिनय गर्ने खाल्का छैनन् र पालैपिच्छेको अभिनय त्रुटीक कारणले चलचित्रलाई शिकारु र बिधार्थीको पा्रेजेक्टवर्क जस्तो आभाष दिलाँउछ । देखाउन नसकिएको ग्ल्यामर चलचित्रको मुख्य त्रुटी हो

Suyog Dhakal · Jul १०, २०१६गरिमा पन्तले दिएको यो जोडदार अभिनयमा कहिं कतै केही खोट छैन । नेपाली चलचित्रमा गरिमाले लिने गरेकि चुनौतीपूर्ण रोलहरु जस्तै झोलामा सति जाने आमा पछि को तिन घुम्तीको यो मुख्य पात्रको रोल, यी दुबैमा यिनले गरेकी शतप्रतिशत न्यायले उन्लाई एउटा अब्बल दर्जाकी नेपाली अभिनेत्रीकी रुपमा परिचित गराएको छ । सुसान्त कार्की र ध्रुब दत्तको अभिनय पनि तारिफयोग्य छ । अभिनयमा कहिं कतै खोट नभएको एउटा वास्तविक चलचित्र हो, तिन घुम्ती ।

Suyog Dhakal · Jul २, २०१६मधेशी पात्रहरुलाई सहायक र हाँस्य भुमीकामा धेरैजसो नेपाली चलचित्रमा पाइएपनि 'षडङ्ग' र 'लुकामारी'मा सौगात मल्लले मधेशी हाउभाउ, लवज लगायतका अत्यावश्यक कुराहरुलाई अभिनय मार्फत न्याय गरेकाछन् । यदि पोस्टर हेरेर त्यहि अनुसारको कथा बिषयवस्तुको अपेक्षा लिएर तपाई चलचित्र हलमा प्रवेश गर्ने योजनामा हुनुहुन्छ भने चलचित्रलाई नितान्त फरक र रोमाञ्चक पाउनुहुनेछ ।
