कथावस्तुः
‘कस्तो राम्रो चङ्गा’ कथामा आभास भन्ने एउटा केटा हुन्छ। ऊसँग अनौठो चङ्गा हुन्छ । उसले त्यो चङ्गा कसैलाई पनि छुन दिँदैन । एक्लै नै चङ्गा उडाउँछ । साथीहरूलाई “तिमीहरूले चङ्गा छुनुहुँदैन” भन्छ । एकदिन घुम्न गएको बेलामा ऊ एक्लै चङ्गा उडाउन टाढा पुग्छ । ऊ लडेर घाइते हुन्छ। ऊसँग कोही नहुँदा उसले चङ्गामा आफू घाइते भएको कुरा लेखेर उडाउँछ । साथीहरूले पनि आभास हराएको पत्ता लगाउँछन् । केही बेरपछि उनीहरूले आभासको चङ्गा देख्छन् । साथीहरू र गुरुआमा आभासलाई खोज्दै जाँदा चङ्गामा लेखिएको कुरा पढ्छन् र आभासलाई फेरि खोज्न थाल्छन् । साथीहरूले आभासलाई घाइते भएकाे भेट्टाएपछि उसलाई बोकेर घरमा लैजान्छन् । साथीहरूले आभासलाई धेरै माया गर्छन् । आभासलाई उसले साथीहरूलाई चङ्गा छुन नदिएको, खेल्न नदिएकोमा पछुतो लाग्छ ।
निष्कर्षः
यस कथामा सबै साथीहरू मिल्नुपर्छ । मिलेर खेलेमा एकअर्कालाई सहयोग हुन्छ भन्ने सन्देश दिनुका साथै एउटा साथीलाई समस्या पर्दा अरू साथीहरूले मद्दत गर्न जरुरी छ । आफूसँग भएको सामान सबैले मिलेर खेल्नुपर्छ । साथीहरूलाई नराम्रो कुरा भन्नुहुँदैन भन्ने कुरा स्पष्ट पारिएकाे छ । आभासले आफ्नो गल्तीबाट नै पाठ सिकिएको हुनाले गल्तीबाट पाठ सिक्नु सबैभन्दा राम्रो पक्ष हो भन्ने सन्देश पनि कथाले दिएको छ ।
नाम : विलक्षण बन्जारा
कक्षा : दुई ‘मकालु’
डियरवाक सिफल स्कुल
पुस्तक समीक्षा : कस्तो राम्रो चङ्गा
Liked by: