इशानी मानन्धर · May ३, २०२४
"कोही किन बरबाद होस्" प्रसिद्ध लेखक विजय मल्ल द्वारा लिखित नेपाली किताब र नाटक हो । यो किताब ४४ पृष्ठ भएको छोटो किताब हो भने किताबको आवरण चित्र, चित्रकार टेकवी मुखियाले बनाउनुभएको हो । यो किताब साझा प्रकाशनले प्रकशित गरेका हुन् भने यस किताबको पहिलो संस्करण वि.स. २०२६ मा भएको थियो । यस किताबको १८ संस्करण छन् र अन्तिम संस्करण वि.स. २०७८मा गरिएको थियो । यो नेपाली किताब, ध्रुव नामको केटामा आधारित छ जसले आफ्नो विद्यालयमा विद्यार्थीहरूलाई गडबडी गरिरहेको देखिन्छ तर पछि एक शिक्षकले ध्रुवको अशान्त व्यवहारको कारण पत्ता लगाएपछि शिक्षकहरूले समाधान निकाल्छन् जसले ध्रुवलाई आफ्नो पढाइ र व्यवहारमा सुधार गर्न मद्दत गर्छन् ।
