SEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

SEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी





एसइई परीक्षा २०७९ साल चैत्र १७ गतेदेखि चैत्र२९ गते सम्म सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।

परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकले चैत्र १७ गतेदेखि २९ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय गरेको थियो ।
तालिका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत यस पटक एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ।
यसका साथै परीक्षा अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।

सम्पूर्ण परीक्षार्थीहरूलाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.