अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस




अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस विशेष अडियो सामग्री

आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई दासताका विभिन्न रूपमा मान्ने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसङ्घले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ ।

विश्वमा आधुनिक दासताको तथ्याकं
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरू दासताको सिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रूपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रूप मानेर लिने गरिन्छ ।

यसै कुरालाई ध्यानमा राख्दै यस वर्षको नारा पनि " Eradicating contemporary forms of slavery" राखिएको छ । आधुनिक समाजको दासता उन्मुलन गर्नका लागि विश्व समुदायलाई यस वर्ष अपिल गरिएको छ ।

नेपालमा दासता
अब लागौँ, नेपालको सन्दर्भमा । नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आजभन्दा ९४ वर्षअगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका हुन् । नेपालका गाउँ गाउँमा पनि विभिन्न स्वरूपमा दास प्रथा कायम थियो । अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरू चलिरहेको यदाकदा सुन्न सकिन्छ । कमलरी प्रथा यसको एउटा उदाहरण हो ।

नेपालमा केही वर्ष अघिसम्म चेलीबेटी बेचबिखन पनि निकै बढी हुने गर्थ्यो । तर, पछिल्लो समय यसमा पनि कमी आउन थालेको छ । यसरी यस्तो विषयमा कमी आउनुको कारण चाहिँ शिक्षा हो । जनचेतनामूलक कार्यक्रमहरू गाउँ गाउँमा पुर्‍याउन सकिने हो भने दासताका अनेक स्वरूपलाई हामीले उन्मुलन गर्न सक्छौँ ।

दासता कुनै पनि अर्थमा सही र राम्रो होइन । हामीले मानवअधिकारको सुनिश्चितताका लागि सधैँ आवाज उठाउनु पर्छ । हाम्रो पात्रो परिवार आजको दिन दासताका कुनै पनि स्वरूपमा हामी नलागौँ भन्ने प्रण गर्न अनुरोध गर्दछ । सबैलाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.