नेपाल ज्योतिष परिषद् स्थापना दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

नेपाल ज्योतिष परिषद् स्थापना दिवस




नेपाल ज्योतिष परिषद् स्थापना दिवस विशेष अडियो सामग्री

हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसका रूपमा मनाउने चलन छ । हुन त ज्योतिष शास्त्रलाई खगोल शास्त्र सँग जोडेर आकाशीय पिण्डहरूको अध्ययनका रूपमा मात्र लिने गरिएको भए पनि ज्योतिष शास्त्रलाई आकाश र जमिन दुवैको मानवीय अवस्थितीसंगको सापेक्षिक अध्ययनका रूपमा लिइन्छ ।

नेपाल ज्योतिष परिषद्
नेपाल ज्योतिष परिषद् ज्योतिष विज्ञानको प्रवर्द्धनमा समर्पित एक नाफारहित सामाजिक संस्था हो । नेपाल ज्योतिष परिषद् (नेपाल ज्योतिष परिषद्) नामक गैर नाफामूलक संस्थाका रूपमा विसं २०५५ साल पौष २४ अर्थात् जनवरी २४ सन् १९९९मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो ।

अहिले नेपाल ज्योतिष परिषद्को सबै प्रदेशहरूमा प्रदेश समिति र कार्यालयहरू रहेको पाइन्छ ।

पूर्वीय दर्शनमा ज्योतिष शास्त्र
वास्तवमा ग्रहको चालको सापेक्षिक असर मान्छेको जन्मको समय र ठाउँका आधारमा हुने अध्ययन नै ज्योतिष शास्त्र हो तर बृहत् रूपमा ज्योतिष शास्त्र यतिमै मात्र सीमित कहाँ हुन्थ्यो र ? पश्चिमाहरूले ज्येतिषशास्त्रलाई मेटाफिजीकल भनेर अभौतिक विषयको विज्ञानका रूपमा व्याख्या गरिएको पनि पाइन्छ तथापि पूर्वीय दर्शनमा भने कसमस अर्थात् ब्रह्माण्डको नै अध्ययन अनि ग्रह, नक्षत्र र तिनका प्रभावको अध्ययन गर्ने विशालकाय भौतिक विषयवस्तु विज्ञान मानिन्छ । विज्ञानको प्रारम्भिक स्वरूप नै ज्योतिष शास्त्रलाई लिइन्छ र आज यस शास्त्रको महिमा अनि महत्त्व बिश्वभरिनै गुञ्जायमान छ ।

हातमा केही थान पुस्तक अनि चन्दनको भार निधारमा हुँदैमा कोही ज्योतिष हुँदैन, चोक चौराहमा मन बहलाउन अनि गफ दिन मात्रै बसेका भविष्यद्रस्टाका स्वघोषित मनुवाहरू सबै ज्योतिष कहाँ हुन्छन् र ? ज्योतिष विद्या जान्नका लागि त्याग तपस्या अनि बलिदान चाहिन्छ । नेपालभरि विभिन्न विद्यापीठ अनि बिधाआश्रममा सदियौँ देखि यस विद्या अध्ययन अध्यापन गराइन्छ ।

जसले जे भने पनि ज्योतिष शास्त्र मानवले आफूलाई हेर्ने एउटा महत्पूर्ण घडी अनि दर्पण हो । तर ज्योतिष शास्त्रले जे भने पनि कर्म नभई कन कोही पनि अघि बढेको इतिहास कहाँ छ र ?

कर्म लाई नै हरेक धर्म, पुस्तक, लेखक अनि दर्शनले केन्द्र मानेको छ । कर्म गर्न पछि नहटौँ अनि गीताले भनेँ झैँ फलको आस नगरौँ । आइस्टाइनले पनि त भनेका छन् कि इनर्जी नेभर डाइस भनेर त्यसै अनुरूप संसारका हरेक ऊर्जाहरू कहिले खेर जाँदैनन् । अघि बढ्ने ऊर्जा सबैलाई प्राप्त होस् अनि आफ्नो अनुरूपका कर्म क्षेत्र अनि व्यवहार पक्षहरू हामी सबैले पत्ता लगाउन सकौँ ।

जुनै राशि या नक्षत्र या पलामा तपाईँको जन्म भएको होस्? जूनै जात, धर्म या लिगं तपाईँको छ ? तपाई केवल एक मात्र तपाई हो समग्र ब्रह्माण्डमा केवल एक अनि विशेष ।
आजको दिन शुभ रहोस्

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.