Mahalakshmi Barta Samapti | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

महालक्ष्मी व्रत समाप्ति/अष्टमी श्राद्ध/विश्व मुस्कान दिवस



आज भाद्रपदको कृष्ण सप्तमी , अर्थात भाद्रको शुक्लपक्षको अष्ठमीवाट शुरु भएको १६ दिनसम्म महालक्ष्मीको व्रतकथा आज समापन हुँदैछ , यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला यसैसाथ समापन हुँदैछ ।

यि १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरियो , समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यि लक्ष्मी देवीको शुभबिवाह भगवान बिष्णुसंग भएको हो । कमलको फूलमा विराजमान देवपी लक्ष्मीको हत्केलावाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यि बिम्बलाई केलाएर हेर्ने हो भनें धनकी देवी कोमल मन अनि सहज उपस्थितीकी प्रतिमा हुन् । धनको पछि लागेको सकल संसारले लक्ष्मीमाताको सरलता र कोमतावाट धेरै कुरा सिक्नुपर्ने आवश्यक्ता छ । यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्दछ, धन र समृद्धिको दिर्घकालिनता मानव सेवा र सत्कर्ममा निर्भर हुन्छ, लक्ष्मीमाता पनि मानवसेवा अनि मानविय कार्यमा प्रसन्न हुनुहुन्छ ।

दुध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ, यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ ।

करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।


अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु, , मेरो यस व्रत निर्वि३न पूर्ण रहोस् । यस व्रतको फलीफापले सबैलाई राम्रो गरोस्, कोरोना कहरले तनावग्रस्त गरेको अर्थतन्त्र अनि श्रमजीवीको घरघरमा लक्ष्मीमाताको वास होस् ।

अष्टमी श्राद्ध

अष्टमी श्राद्ध
सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।

अष्टमी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।

विश्व मुस्कान दिवस

पृष्ठभूमि
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउन्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’

सन् २०२३ को मुस्कान दिवसको नारा चाहिँ' do an act of kindness, help one person smile' छ । कोरोना भाइरसबाट आक्रान्त विश्व अब बल्लतल्ल सामान्य अवस्थामा फर्किरहेको छ । समाजमा मुस्कानको महत्त्व आफू हाँस्ने मात्र नभई अरूलाई पनि हँसाउने हिसाबले उल्लेख गरिएको छ ।

अक्टोबर महिनाको पहिलो शुक्रवार मनाइने विश्व मुस्कान दिवसको अनेक शुभकामना छ ।

यतिखेरको प्रतिस्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरूलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।

सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.