महिला ज्योतिष संघ स्थापना दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

महिला ज्योतिष संघ स्थापना दिवस





पृष्ठभूमि
कीर्तिपुर सल्यान स्थानकी सुधा भटराई बासकोटा ज्योतिष पेसामा संलग्न हुनुहुन्छ । यस पेसामा लागेपछि समाजलाई थप नजिकबाट नियाल्न र जिवनजगतका कुराहरूलाई अनुसन्धान गर्दै आत्मसन्तुष्टि पनि बढेको वहाँको धारणा छ ।

आफ्नो रुचि अनुसारको पेसा र सन्तोषजनक आम्दानी दुवै भएका कारणले बाँकी जीवन पनि यसै पेसामा अध्ययन गर्ने र सेवा गर्ने सुधाको धारणा छ । सुधाजस्ता नेपाल भरि धेरै महिला ज्योतिषहरू छन् र महिला ज्योतिषहरू को सङ्ख्या र सहभागिता दिनानुदिन बढ्दो छ ।

समय आधुनिक हुँदै गए पनि मानिसहरूको परम्परागत विज्ञानप्रतिको चासो र विश्वास कहिल्यै घटेको छैन । शुभकार्यहरु जस्तै विवाह, व्रतबन्ध, गृह प्रवेश, नयाँ घरको जग हाल्दा वा ग्रह गोचरको लागि ज्योतिष परामर्श लिने नेपालीहरू पत्रपत्रिकाका राशिफल र रेडियो–टेलिभिजनमा आउने ज्योतिष कार्यक्रमहरूमा समेत निकै चासो राख्छन् । यसका साथै ज्योतिष विद्या पढेर मानिसहरूको यस्तो जिज्ञासा मेटाउने पेशेवर ज्योतिषहरू समग्र रूपमा रामै गरी स्थापित भइरहेका छन् । कतिपय ज्योतिषहरूको त आगामी ६ महिनासम्म भेट्न समय नपाउने अवस्था पनि छ । र यी कुराहरूसँगै ज्योतिषलाई पेसा बनाउने महिला पनि धेरै छन् ।

वास्तवमा ज्योतिष पेसामा परापूर्व काल देखि नै महिलाहरूको सहभागिता र नेतृत्व असाध्यै कम भएको पाइन्छ । तर पछिल्ला समयमा ज्येतिषबिधामा महिलाहरूको नेतृत्व बढ्दो छ ।

नेपालका महिला ज्योतिषहरू मिलेर आफ्नो हक अधिकार र सङ्गठनात्मक विकासलाई पैरवी गर्नका लागि राष्ट्रिय महिला ज्योतिष सङ्घको स्थापना गरेका छन् । हरेक वर्ष वैशाख २८ मा यस सङ्घको स्थापना दिवस मनाइन्छ ।

विसं २०७९ साल पौष ९ गते राष्ट्रिय महिला ज्योतिष सङ्घको १२ औँ साधारण सभा काठमाडौँमा सम्पन्न भएको थियो । उक्त अवसरमा देश विदेशबाट दिग्गज ज्योतिषहरू र ज्योतिष शास्त्रका विज्ञहरू आउनुभएको थियो ।
अहिले राष्ट्रिय महिला ज्योतिष सङ्घकी अध्यक्ष रतिदेवी जोशी श्रेष्ठ हुनुहुन्छ ।

ज्योतिष शास्त्रको पढाई कहाँ हुन्छ ?
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत अहिले १४ आङ्गिक र पाँच सम्बन्धन प्राप्त गरी १९ विद्यापीठ छन् । यी विद्यापीठहरूमा संस्कृतसँगै अङ्ग्रेजी, गणित लगायत १७ विषयको पढाइ हुन्छ ।

पछिल्लो समय फलित ज्योतिष पढ्ने महिलाको सङ्ख्या बढेको र तीमध्ये धेरैले यसलाई व्यवसाय बनाएकोमा प्रसन्नता व्यक्त गरेका थिए । वाल्मीकिमा पढेकाहरू जर्मनी, अमेरिका लगायत विश्वका १६ देशका विश्वविद्यालयमा कार्यरत छन् ।

ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छिट्टै ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था गर्न लागेको जनाएको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रशिक्षण दिन लागेको हो । आशा छ नेपाल सरकारको यो निर्णयले समग्र ज्योतिषशास्त्रके नै सञ्चालन र बिस्तारमा थप सुशासन आउने छ ।

नेपालमा महिला ज्योतिषहरूलाई पेसागत सङ्गठनको स्थापनाका लागि अनेक शुभकामना ।
सबैको जय होस्

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.