"असारे मासमा धान रोपेझैँ खेतमा आऊ हामी पिरती रोपौँ न"
"असारे मैनामा पानी पर्यो रुझाउने"
यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो आषाढ । कृषि अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । आषाढ सङ्क्रान्तिबाट सूर्य पनि मिथुन राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन सङ्क्रान्ति भनिन्छ ।
मिथुन सङ्क्रान्तिबाट सुरु हुने आषाढ महिनामा केही विशेष पर्वहरू पर्दछन् । आषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशूल जात्रा गरिन्छ । त्यसै गरी आषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । आषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामी सबैलाई । वर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेँसीका माटाहरू बगेर नजाउन्, मानो रोपेर मुरी उब्जनी होस् , जय होस् !
Liked by: