एसइई परीक्षा २०७९ साल चैत्र १७ गतेदेखि चैत्र २९ गते सम्म सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो ।
परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकले चैत्र १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तालिका अनुसार आज ऐच्छिक द्वितिय विषय अन्तर्गत विद्यार्थीहरूले रोजेका विषयमा परीक्षा हुनेछ।
एसइई परीक्षामा सम्बन्धित उम्मेदवारले आठ विषयको परीक्षामा उपस्थित हुनुपर्नेछ। तीमध्ये अङ्ग्रेजी, नेपाली, विज्ञान, सामाजिक अध्ययन, गणित र वातावरण, जनसङ्ख्या र स्वास्थ्य अनिवार्य विषय हुन् । जबकि ऐच्छिक गणित, लेखा, कम्प्युटर, अर्थशास्त्र ऐच्छिक विषय हुन् । यी ऐच्छिक विषयहरू मध्ये विद्यार्थीहरूले कुनै दुई विषय छनोट गर्नुपर्नेछ ।
सम्पूर्ण परीक्षार्थीहरूलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: