आईतवार र सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूकापनि वन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यसदिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मानो वाञ्छित फल मिल्नेकुरा शास्त्रोक्त रहेको छ ।
सूर्य भगवानलाई प्रात: कालमा सत्त्विक स्वरूप व्रह्म मानिन्छ, मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादि देव महादेवको स्वरूप मानिन्छ भने सन्ध्या कलामा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।
उदय ब्रह्मणोरुपं मध्यान्हेतु महेश्वर: ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकर: ।।
बाह्र कलाले युक्त यस्तो विशेषता भएको भागवन् सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवस्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णुआदि १२ स्वरूपको उपासन गर्ने गरिन्छ ।
सामान्यतया सूर्यलाई प्रसन्न बनाएर शुभफल प्राप्त गर्न आईतवार व्रत बस्ने गरिन्छ । आईतवारको व्रत प्रारम्भ रविसप्तमीको शुभ संयोगबाट या शुल्क पक्षको पहिलो आईतवारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन रहेकोछ । यस्तो शुभ संयोगको अवसरमा रातो वस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नु पर्दछ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्रवटा आईतवार व्रत बस्नु पर्दछ । व्रतकोदिन प्रात: सूर्य नारायणको पूजा अर्चना गरि अर्घ निवेदन गरि व्रत बस्न सकिन्छ । यस्तो व्रत आदि उपमसना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रानुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पिडा भए यस्तो शुभ दिनमा गरिएको उपसनले ग्रह पिडा कम हुने र सूर्यनारायणको शुभ आशिर्वाद पईनेछ ।
सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्रः
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।
Liked by: