सप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

सप्तमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस





सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्
सप्तमी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।

विश्व ओजन तह बचाउ दिवस


विश्व ओजन तह बचाउ दिवसको पृष्ठभूमि
विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।

ओजोन तह विनाश
स्मरण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ ।

विश्व ओजन तह बचाउ दिवस सन् २०२२ को नारा
" Global Cooperation Protecting Life on Earth"
यस ग्रहमा भएका प्राणीहरूको रक्षाका लागि विश्वव्यापी सहकार्यको आव्हानका साथ यस दिवस मनाइदैछ ।
यस दिवसको सबैलाई अर्थपूर्ण शुभकामना

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.