Saptami Shraddhaa | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस





सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्
सप्तमी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।

विश्व शिक्षक दिवस

The Transformation of education begins with teachers
शिक्षाको रूपान्तरण शिक्षकहरूले सुरु गर्दछन् भन्ने नाराका साथ आज विश्वभरि नै बिश्व शिक्षक दिवस मनाइदै छ ।

पृष्ठभूमि
एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरूले प्रज्वलन गरेका उत्सुकता कतै गणितका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरू भने कतै कला र साहित्यका रूपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन सुरु गरिएको हो ।

आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् । आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर धस्दै वर्णमाला सिकाए । 'क' बाट कछुवा देखि 'ज्ञ' बाट ज्ञानीसम्म सिकाए । 'A' फर Apple बाट 'Z' फर Zebra सम्म सिकाए । त्यसपश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरूलाई हार्दिक नमन ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.