प्रदोष व्रत/विश्व पर्यटन दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

प्रदोष व्रत/विश्व पर्यटन दिवस





प्रदोष व्रत


प्रदोष भनेको के हो ?

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ।

प्रदोष व्रत कहिले गर्ने ?

प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।

प्रदोषमा के नगर्ने ?

प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

प्रदोष व्रतमा पूजाको थालमा के राख्ने ?

पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

विश्व पर्यटन दिवस

पाहुना को अर्थ भगवान्

अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशैलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको छैन ।

सेप्टेम्बर २७

सबैका लागी पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठुलो उद्योग हो, हामी घरमा बसिरहेका छौ या कतै यात्रा गर्दै छौ, हुन सक्छ कुनै अपाङ्गता या चोटपटकका कारणले या साना बच्चाहरूको भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्ध वृद्धाहरू कहिकता घुम्न जान या पर्यटनको लाभउठाउन वञ्चित भइरहेका होलान्, तर ढिलो या चाँडो पर्यटनको विश्वव्यापी सहज पहुँच र पर्यटनको फाइदा सबै जनाले प्राप्त गर्न पाउनुपर्दछ ।
वर्ष २०२३ मा चाहिँ विश्व पर्यटन दिवसको नारा चाहिँ “Tourism and Green Investment” रहेको छ । पर्यटनमा वातावरणमैत्री संरचनाको निर्माण र प्राकृतिक श्रोत साधन उन्मुख पर्यटनलाई आधार मानेर हरित लगानीका कुराहरु यसवर्ष ब्यापक छलफल गरिने छ ।

सहज पर्यटन संसारका सबै जनाको पहुँचमा हुनुपर्दछ जसले गर्दा हामी बाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकुन, अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्त्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा व्यापक रूपमा जानकारी र छलफल गरिन्छ ।

यस दिवसको अर्थपूर्ण शुभकामना !

हाम्रो पात्रोका लागि सुयोग ढकाल 


Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.