गीतको बोलबाट शिर्षक पाएका १० नेपाली चलचित्रहरु | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

गीतको बोलबाट शिर्षक पाएका १० नेपाली चलचित्रहरु




   मन्दिप गाैतम - Sep 23 2016

के म तिम्रो साथी बन्न सक्छु, तिमिलाई आफ्नो भन्न सक्छु । नेपाली संङ्गीतप्रेमी को मुखमा झुन्डेको गीत हो । दिपेश किशोर भट्टराईको उक्त गीतबाट नाम जुर्यो आर्यन सिग्देलको अभिनय र सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र "के म तिम्रो साथी बन्न सक्छु"लाई ।


सफल गीतबाट बनेका १० चलचित्र विशेष अडियो सामाग्री

यही साता निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र 'म यस्तो गीत गाउछुँ' अन्नाउन्स गरे । यतिखेर उनको र प्रेमगीतका निर्माता सन्तोष सेनबिच मनमुटाव भएको र त्यसले गर्दा चलचित्र 'प्रेमगीत'को टिम चिरिएर दुइटा फरक चलचित्र निर्माण गर्न लागेको कुरा अहिले चलचित्र उद्योगको चर्चा बिषय बनेको छ ।

एकातिर निर्माता सन्तोष सेनले चलचित्रका नायक प्रदिप खड्कालाई लिएर चलचित्र 'प्रेमगीत २' गर्दैछन् भने सुदर्शनले चलचित्रकि नायिका पुजा शर्मालाई कास्ट गरेर प्रेमगीतको सुपरहिट टाइटल गीत 'म यस्तो गीत गाउछुँ' बाट आफ्नो चलचित्रको नाम जुराएका छन । यि दुवैको चलचित्रले भविष्यमा के कस्तो ब्यापार गर्ने हो, त्यो त समय सङ्गै थाहा भैहाल्छ ।

हुन त सुपरहिट गीतको बोलबाटै चलचित्र को शिर्षक जुराउने बलिउड र कलिउडमा चलिअाएको पुरानो चलन हो । धेरै अघि जुनबेला हिट फिल्मको सिक्वल बनाउने चलनको त्यत्ती चल्ती थिएन, त्यतिबेला हिट गीतका बोलहरुबाट चलचित्रको काम जुराइने गरिन्थ्यो ।

आज एकफेर नजर लगाउ ति १० नेपाली चलचित्रहरुमा जस्ले सुपरहिट गीतको बोलबाट आफ्नो चलचित्र को नाम जुराए ।

१) के यो माया हो?
सुदर्शन थापाकै सुपरहिट चलचित्र "मेरो एउटा साथी छ" को हिट गीत हो "के यो माया हो", सुगम पोख्रेलले गाएको त्यो गीतको बोललाई सुदर्शनले केही बर्षपछी निर्देशन गरेको चलचित्र को नाम दिए। दुवै गीत र चलचित्रमा आर्यन सिग्देल नै नायक रहे ।

२) के म तिम्रो हैन र?
"कोहिनूर"को अपार सफलता पछी निर्देशक आकाश अधिकारीले आफ्नो छोराको डेब्यु फिल्मको लागी उनकै करीअरको अहिले सम्मको सफल चलचित्रको टाइटल गीत बाट बोल छाने । के म तिम्रो हैन र मा आर्यन अधिकारी र मरिस्का पोखरेलको आभिनय छ ।

३) लहना
बरिष्ठ निर्देशक तुलसी घिमिरेले सफल चलचित्र"दर्पणछायाँ" पछी चलचित्रको सुपरहिट गीत "लहनले जुरायो कि"बाट आफ्नो अर्को चलचित्र लहनाको नाम जुराए । तुलसी घिमिरेले 'दर्पणछाँया'कै कलाकार उत्तम प्रधान्, दिलिप रायमाझी र निरुता सिंहलाई लहनामा पनि काम गराएका थिए ।

४) मेरो एउटा साथी छ
निर्देशक सुदर्शन थापा यो मामिलामा अलि आगाडिनै देखिन्छन् । उनले आफ्नो डेब्यु फिल्म 'मेरो एउटा साथी छ' को नाम त्यही चलचित्रका संगीत निर्देशक सुगम पोखरेलको सुपरहिट गीत "कोही त छ जसलाई म आफ्नो भन्न सक्छु" मा भेटाए ।चलचित्र "मेरो एउटा साथी छ" त्यो बेला बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल चलचित्र हो ।

५) म तिम्रो भैसके
सफल निर्देशक बिकास आचार्यले "नाइ नभन्नु ल"बाट अपार सफलता पाए । आजसम्म उनले दर्शकमाझ 'नाई नभन्नु ल' को ४ संसकरण दर्शकमाझ ल्याइसके । त्यो मात्र हैन बिकास अचार्यले चलचित्रको सफल टाइटल गीतको बोलबाट सुहाउँदो शब्द छानेर उनले चलचित्र 'म तिम्रो भैसकें' बनाए । उक्त चलचित्रमा उनले फेरी एकपटक सफल जोडी जीवन लुइटेल र ॠचा सिंह ठकुरीको केमिस्ट्री दर्शक सामू सार्वजनिक गरे ।

६) वीरताको चिनो
सुपरहिट चलचित्र "लाहुरे"को सुपरहिट गीत "वीरताको चिनो, वीरको सन्तान्", "शहीदको रगत, लाहुरेको निशानी" सबैको मनमष्तिस्कमा सदैव ठाउँ बनाउने लोकप्रिय गीत हो । यस्तोमा चलचित्र निर्देशक शंकर घिमिरेले आफ्नो देशप्रेमी चलचित्रको नाम "वीरताको चिनो" राखेर फेरी दर्शकमाझ त्यो गीतलाई ताजा बनाए ।

विरताको चिनोमा बिराज भट्ट, सुमन सिंह, ॠचा घिमिरे र कल्याण घिमिरेले अभिनय गरेका छन ।

७) वसमा छैन यो मन

राजन ईशानको सदाबाहार गीत "वसमा छैन मेरो मन"ले धेरै वर्षदेखी सबैको मनमा ठाउँ बनाएको छ । निर्देशक रामराजा दाहालले आफ्नो चलचित्रको नामपनि त्यही गीतमा भेटे । निर्देशक दाहालको 'वसमा छैन यो मन' राजन इशानलार्इ नेपाली सांगीतिक क्षेत्रमा स्थापित गराउने लोकप्रिय गीत "वसमा छैन मेरो मन, बढ्छ हरदम मेरो धडकन"बाट निक्कै प्रेरित छ ।

८) के म तिम्रो साथी बन्न सक्छु
के म तिम्रो साथी बन्न सक्छु, तिमिलाई आफ्नो भन्न सक्छु । नेपाली संङ्गीतप्रेमी को मुखमा झुन्डेको गीत हो । दिपेश किशोर भट्टराईको उक्त गीतबाट नाम जुर्यो आर्यन सिग्देलको अभिनय र सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र "के म तिम्रो साथी बन्न सक्छु"लाई ।

९ नं.) 'मायाको बारिमा' | १० नं.) मा 'प्रितीको फूल'
"मायाको बारिमा, प्रीतीको फुल्, सङाली राखेको, कुसुमे रुमाल" पुरानो चलचित्र कुसुमे रुमाल को गीतका यि बोलहरु निर्माता उद्धव पौडेलको मनको एकदम नजिक रहेछ, त्यसैले त उनले 'मायाको बारी'मा र 'प्रितीको फूल' गरेर आफ्नो दुईटा चलचित्रको शिर्षक  बोलबाट टिपे । उद्धबले कुसुमे रुमालनी फेरी एकचोटी निर्माण गरेका थिए ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.