अलबिदा! जर्ज माईकल | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

अलबिदा! जर्ज माईकल




   Suyog Dhakal - Dec 26 2016

सङ्गीत र विश्वका महत्वपूर्ण अवार्डहरूमा माइकल जर्जको स-सम्मान उपस्थिति रहँदै अाएको थियो । जसमा अत्यन्त चर्चित GRAMMY Award अन्तर्गत १९८९ मा Faith Album ले Best Album of the Year र सन् १९८७ मा अाएको उनको अर्को गीत I knew you were waiting ले Best Rhythm & Blues Vocal Performance विधाको अवार्ड प्राप्त गरेको थियो । यस बाहेक उनले अाफ्नो साङ्गीतिक जीवनकालमा ब्रिटिस संङ्गीत र अवार्डमा एकछत्र झै राज गरे । १९८० देखि १९८६ सम्म WHAM ले अत्यन्त चर्चा कमाएको थियो । सन् १९८८ मा माईकलले विश्व यात्रा शुरु गरे, संगीतमा आधारित यो विश्व यात्रालाई विश्वास अर्थात फेथको नाम दिईयो, उनका जीवनमा दुईवटा डकुमेन्ट्रीहरु बनेका छन् । ए डिफरेन्ट स्टोरी नामक डकुमेन्ट्री धेरै चर्चीत छ ।



"Last Christmas, I gave you my heart
But the very next day, you gave it away
This year, to save me from tears
I'll give it to someone special"

"गएको क्रिसमसमा मैले तिमीलाई मेरो हृदय दिएको थिएँ
तर भोलिपल्ट नै तिमीले मेरो हृदय पर राखिदियौ
यस वर्ष आफ्ना आँशुहरु बचाउनकालागि भएपनि
म मेरो हृदय कोही विशेष ब्यक्तिलाई दिंदैछु ।"

क्रिसमस र नयाँ वर्षको यो पर्वहरुको वातावरणमा बहुचर्चित "लास्ट क्रिसमस" गीत गाउने यस शताब्दीकै एक महान र चर्चित सङ्गीतज्ञ, गायक जर्ज माईकल ले ५३ वर्षको उमेरमा संसार छाडेर गएका छन् । उनलाई सुन्ने, माया गर्ने र भावनाहरु मनपराउनेहरूकालागि हाम्रो पात्रोले यो संवेदनाको शब्द अनि उनका केही जानकारी र कृतीहरुको शब्द कोशेली लिएर आएका छौं ।

कस्तो संयोग भने "लास्ट क्रिसमस" गीत गाएका अनि त्यही गीतबाट अत्यन्त चर्चामा रहेका यी गायक हिजो क्रिसमसकै दिन राती अलविदा भए । सन् २०१६ को यो क्रिसमस उनकालागि अन्तिम नै पो रहेछ ।

हिजो मात्रै एउटा एफएममा उनको गीत लास्ट क्रिसमस बज्दा यो लेखकले पनि उनलाई सम्झना गरेको थियो । हरेक वर्ष उनको यो गीत क्रिसमसको क्षण संसारभरि सबैभन्दा धेरै बजाईने गीतमा पर्दछ ।

सन् १९६३, जुन २५ का दिन लण्डनमा जन्म भएका ग्रीक मुलका जर्ज एउटा गायक र गीतकारका रुपमा हामीमाझ परिचित छन् । सन् १९८० र १९९० ताका आफ्नो पप गीत र नृत्यकालागि सर्वाधीक लोकप्रिय थिए । स्वीजरल्याण्ड बस्ने एकजना स्वीस तर जर्ज माईकलकी प्रशंसक म्यारियान गर्बरलाई हाम्रो पात्रोले माईकलको मृत्युपछीको उनको स्ट्याटसमा प्रश्न गरेको थियो, "तपाईलाई जर्ज माईकल भन्ने वित्तिकै के कुरा तत्काल याद आँउछ?" गर्बरको उत्तर थियो, "जर्ज माईकलको नृत्य अनि खुल्ला शर्ट र छातीमा भएका केही रौँहरु देखाएर जर्ज माईलम स्टेजमा झुम्दै आएको क्षणको सम्झना अाउँछ ।"

जर्जको अर्को अत्यन्त चर्चीत तथा उनलाई स्थापित गराउने गीत I knew you were waiting अर्थात् "मलाई थाहा थियो तिमी मलाई पर्खिरहेकी थियौ" भन्ने पनि हो, सन् १९८७ मा बजारमा आएको यो गीतले आफ्नो समयमा संसार पिटेको थियो, यो गीतका शब्दहरु अहिले पनि उत्तिकै सान्दर्भिक छ । उनले गाएको अर्को गीत Careless Whisper जुन पछिल्लो पुस्तामा उनको सङ्गीत र शब्दलार्इ माया गरिन्छ ।

उनी र एण्ड्रिउ रिड्गले नाम गरेका साथीसंग मिलेर बनाएको द्वय संगीत समूह WHAM मार्फत जर्जका शुरुवातकालिन गीतहरु आएका थिए, सन् १९८६ मा वेलायतको वेम्वली स्टेडियममा ७२००० जना श्रोताका अगाडी अन्तिम कन्सर्ट गरेपछी WHAM समुह टुक्रिएको घोषणा गरियो, यहि वेम्वलीमा नेपालको पनि सांगीतिक समुह नेपथ्यले पनि केही वर्ष अगाडी एउटा सफल कन्सर्ट गरेको छ ।

सङ्गीत र विश्वका महत्वपूर्ण अवार्डहरूमा माइकल जर्जको स-सम्मान उपस्थिति रहँदै अाएको थियो । जसमा अत्यन्त चर्चित GRAMMY Award अन्तर्गत १९८९ मा Faith Album ले Best Album of the Year र सन् १९८७ मा अाएको उनको अर्को गीत I knew you were waiting ले Best Rhythm & Blues Vocal Performance विधाको अवार्ड प्राप्त गरेको थियो । यस बाहेक उनले अाफ्नो साङ्गीतिक जीवनकालमा ब्रिटिस संङ्गीत र अवार्डमा एकछत्र झै राज गरे ।

१९८० देखि १९८६ सम्म WHAM ले अत्यन्त चर्चा कमाएको थियो । सन् १९८८ मा माईकलले विश्व यात्रा शुरु गरे, संगीतमा आधारित यो विश्व यात्रालाई विश्वास अर्थात फेथको नाम दिईयो, उनका जीवनमा दुईवटा डकुमेन्ट्रीहरु बनेका छन् । ए डिफरेन्ट स्टोरी नामक डकुमेन्ट्री धेरै चर्चीत छ । 

उनका अन्य गीतहरुमा: Listen Without Prejudice "कुनै पूर्वाग्रह विना मेरो कुरा सुन" र Everything she wants "उनले चाहेका सबै कुराहरु" I am Your Man "म तिम्रै मान्छे हुँ" आदि थुप्रै रहेका छन् ।

जर्ज माईकलको सुपरहिट गीत यहाँ हेर्न / सुन्न सक्नुहुन्छ :

उनकालागि नेपालबाट धेरै धेरै श्रद्धाञ्जली, उनीजस्ता क्षमतावान ब्यक्ति यस संसारमा धेरै पाईन्न । उनका शब्दमा जीवनको उच्चारण अनि सङ्गीतमा आत्माको अनुभुती थियो । आज संसारभरिका पत्र पत्रिका अनि टिभीहरुमा जर्ज माईकलका गीत अनि शब्दहरु बज्नेछन्, हाम्रो पात्रोले संझना स्वरुप यो लेख जर्ज माईकल र उनका गीतहरुमा समर्पण गर्न चाहन्छ । अलविदा जर्ज!


----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.