Audience Loves Trailer Of Love Station | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

दर्शकले रुचाए लभ स्टेशनको ट्रेलर, ट्रेन्डिङमा माथि उक्लँदै





नयाँ चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । मँगलबार रिलिज गरिएको यो चलचित्रको ट्रेलर मँगलबार काठमाडौंको रिलिज गरिएको थियो ।

चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको लभ स्टेशन दोश्रो फिल्म हो । यो चलचित्रको ट्रेलरमा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामलाई दर्शकले यतीबेला निकै रुचाएका छन् । ट्रेलर निकै राम्रो बनेको र ट्रेलरले नै एउटा राम्रो लघु चलचित्रको कथा प्रस्तुत गरेको दर्शकहरुको भनाई छ । बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको लभ स्टेशनको ट्रेलर रिलिज भएको ८ घन्टामै युट्युव नेपाल ट्रेन्डिङमा आएको हो ।


ट्रेलरलाई रिलिज भएको चौविस घन्टामा ५ लाख भन्दा बढी पटक दर्शकले युट्युवमा हेरिसकेका छन् । अहिले युट्युव नेपाल ट्रेन्डिङको १८ औं स्थानमा रहेको लभ स्टेशनको ट्रेलर ट्रेन्डिङमा माथि उक्लिरहेको छ ।  यो ट्रेलरलाई २४ घन्टामा २४ हजार दर्शकले नै मन पराएर लाईक गरेका छन् । ट्रेलर रिलिज भएको २४ घन्टामा यसलाई चार हजर जनाले सकरात्मक कमेन्ट गरेका छन् । लगभग सबैले राम्रो ट्रेलर बनेको र फिल्म पनि त्यत्तिकै राम्रो बनेको हुनसक्ने भन्दै सकरात्मक कमेन्ट गरेका छन् ।


ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएकोमा यसका प्रस्तुतिकर्ता गोविन्द शाहीले ती दर्शकप्रति आभार व्यक्त गरेका छन् । फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् । ट्रेलर अनुसार यो चलचित्रमा अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन् । जसिता र प्रकाश बीचको विवाहको तयारी पनि ट्रेलरमा देखाईएको छ । तर विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रुप लिन्छ, त्यो बुझ्न भने फिल्ममै हेर्नु पर्नेछ ।उज्ज्वल घिमिरेको निर्देशन रहेको लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।


यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.