५ बहुप्रतिक्षित नेपाली चलचित्र सिक्वलहरू | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

५ बहुप्रतिक्षित नेपाली चलचित्र सिक्वलहरू




   मन्दिप गाैतम - Nov 21 2016

एउटा सफल चलचित्र दर्शकमाझ निक्कै पपुलर हुन्छ, सफल चलचित्रको नाम दर्शकले सजिलै भुल्दैनन् । यस्तोमा निर्माताले फेरि एकपटक कुनै नयाँ नाम लिएर काम गर्दाको रिस्कलाइ घटाउनको लागि पनि सफल भैसकेको चलचित्रको नाम प्रयोग गर्छन । कतिपय निर्माताले पुरानै चलचित्रको कथालाइ नै अगाडि बढाउन उचित ठान्दछन् भने कतिले नाम मात्रै पुरानो राखेर बिल्कुलै नयाँ काम गर्दछन ।


५ बहुप्रतिक्षित नेपाली चलचित्र सिक्वलहरू मनोरञ्जन

कुनै बेला यस्तो जमाना थियो, जब निक्कै कम चलचित्रहरु बन्दथे र थोरै हलमा भएपनि निक्कै लामो समयको लागि प्रदर्शन हुन्थे । केही चलचित्रले दर्शकको अपार माया पाउँथे , अनि फिल्म हलबाट उत्रिन्थ्यो । केही चलचित्र र त्यसका केही रोचक पात्रहरु दर्शकको मनमा सम्झना भर्इ बस्दथे र दर्शकहरु वर्षौपछि पनि फेरि त्यही चलचित्रहरु हेरेर सम्झनालार्इ ताजा पारिराख्थे ।

तर पछिल्लो दशकमा चलचित्र जगतमा चलचित्र सिक्वल र रिमेकको चलन यति प्रचलित भयो कि आजकाल प्रायजसो उत्कृष्ट र सफल चलचित्रहरु एउटै चलचित्रमा मात्र सिमित रहँदैनन् । ती चलचित्रका सिक्वलहरु केही समय अवधिपछि आउछन् र यो चलन बलिउड र कलिउडमै पनि बढिरहेको छ । बलिउडमा हाउसफुल, हेट स्टोरी र गोलमाल जस्ता चलचित्रहरुको तेस्रो सिक्वल दर्शकमाझ आइसकेका छन् भने नेपाली चलचित्रका निर्माता/ निर्देशक विकास आचार्यले अफ्नो सफल चलचित्र "नाइ नभन्नु ल "को चौथौ सिक्वल समेत दर्शकमाझ ल्याइसके।

किन बन्छन चलचित्र सिक्वलहरु ?
कसलाइ के फाइदा

नेपालका चर्चित निर्देशक निश्चल बस्नेतसँग हाम्रो पात्रोले यो विषयमा कुरा गर्दा उनको अनुसार सिक्वल विश्वब्यापी रूपमै कुनैपनि चलचित्र सफल भएपछि निर्माताले चलचित्रको नामको सहयोगमा फेरि दर्शकहरुलार्इ आफ्नो चलचित्र हेराउनको लागि बनाइने आफ्नो धारणा रहेको बताए । निश्चलले भर्खरै आफ्नो डेब्यु चलचित्र "लुट"को सिक्वल बनाइरहेका छन् ।

एउटा सफल चलचित्र दर्शकमाझ निक्कै पपुलर हुन्छ, सफल चलचित्रको नाम दर्शकले सजिलै भुल्दैनन् । यस्तोमा निर्माताले फेरि एकपटक कुनै नयाँ नाम लिएर काम गर्दाको रिस्कलाइ घटाउनको लागि पनि सफल भैसकेको चलचित्रको नाम प्रयोग गर्छन । कतिपय निर्माताले पुरानै चलचित्रको कथालाइ नै अगाडि बढाउन उचित ठान्दछन् भने कतिले नाम मात्रै पुरानो राखेर बिल्कुलै नयाँ काम गर्दछन । त्यसरी सफल चलचित्रको नाम प्रयोग गर्दा, नयाँ नामलाई प्रोमोशन गर्नुपर्ने कसरत गर्नुपर्दैन र दर्शकलार्इ पनि एक चोटी हेरेर मन पराइसकेको फिल्म हेर्न फेरि हलसम्म पुग्न खासै दोमन हुँदैन, यसरी चलचित्रको सिक्वलको व्यापारिक सफलता केही हदसम्म सुनिश्चित हुन्छ । सायद त्यसैले पनि सफल चलचित्र निर्माण गरिसकेका निर्माता फेरि एकचोटी त्यही चलचित्र निर्माण गर्न हौसिन्छन ।

तर सिक्वलको फाइदा निर्माताहरुलाइ मात्र हुन्छ त ?
बिल्कुलै हैन
सिक्वलको फाइदा दर्शकहरुलार्इ पनि हुन्छ । एउटा उत्कृष्ट चलचित्र र त्यसका रोचक पात्रहरु धेरै लामो समयसम्म दर्शकको मन मस्तिष्कमा बसिरहन्छन् । यस्तोमा त्यही चलचित्रको सिक्वल बनिदिँदा त्यही रोचक पात्रहरुलार्इ दर्शकले फेरि एकचोटी नयाँ चलचित्रमा हेरेर भरपूर मनोरञ्जन लिन सक्छन् । चाहे त्यो बालबालिकालार्इ मख्ख बनाएका पात्र इकु हुन् या युवाहरुको मनले चाहेको पात्र हाकु काले, उनीहरु भएको चलचित्रको सिक्वल नबनिदिने हो भने यी पात्रहरु एउटै चलचित्रमा मात्र सिमित रहन्थे र दर्शकले उनीहरुलार्इ सधैं एउटै चलचित्र बाहेक अन्त कतै हेर्न पाउने थिएनन् ।

नेपालमा अहिलेपनि धेरै सफल चलचित्रहरुको सिक्वल बन्दै छन् । त्यसमध्ये यी ५ चलचित्रको सिक्वलहरुलाइ दर्शकहरुले निक्कै प्रतीक्षा गरेका हुन् ।

लुट २
२०१२ मा प्रदर्शनमा आएको चलचित्र "लुट"ले नेपाली चलचित्र जगतमा एउटा यस्तो हुरी ल्यायो जुन सम्पूर्ण चलचित्रप्रेमीले बिर्सन सक्दैनन् । लुट प्रदर्शनमा आउनुअघिका थुप्रै चलचित्रहरुले दर्शकको अपेक्षा पूरा गर्न सकेका थिएनन् , त्यस्तो बेलामा निश्चल बस्नेतको डेब्यु फिल्म तहल्का बनेर आयो र नेपाली चलचित्रहरु प्रति फेरि दर्शकलाइ सकारात्मक रहन बाध्य बनाइदियो । आज लगभग ५ वर्षपछि निश्चल बस्नेत लुट २ लिएर दर्शकमाझ आउँदैछन् । दर्शकहरुपनि हाकु काले र उनका साथीहरुलार्इ फेरि एकचोटी ठुलो पर्दामा हेर्न निक्कै उत्सुक छन् ।



हाम्रो पात्रोसँगको कुराकानीमा निर्देशक बस्नेतले लुट २ ले फेरि त्यही साथीहरुको कथालार्इ आगाडि बढाएको बताए ।

प्रेमगीत २


युवावर्गमा निक्कै चर्चा कमायो चलचित्र "प्रेमगीत"ले । चलचित्रको उत्कृष्ट गीतहरु आजपनि श्रोताहरुको मुखमा झुन्डिएको छ । निर्माता सन्तोष सेनले फेरि एकपटक प्रेमगीत २ बनाउँदैछन् र यसपालि निर्देशक रामशरण पाठकले चलचित्रको जिम्मा लिएका छन् । चलचित्रको शुटिङ निकै चाँडो देशविदेशको लोकेशनमा शुट हुनेछ । चलचित्रमा नायक प्रदीप खड्कासँग रोमान्स गर्ने यसपालि नयाँ नायिका अश्लेषा ठकुरी हुनेछिन् ।

दर्पणछाँया २
तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र दर्पणछाँया कसले बिर्सन सकेको छ र । दिलिप रायमाझी , निरुता सिंह र उत्तम प्रधान अभिनित चलचित्रले अझैपनि दर्शकको मनमा ठाँउ बनाएको छ । नेपालका वरिष्ठ निर्देशक तुलसी घिमिरेपनि सिक्वल बनाउने चलनबाट अछुतो रहन सकेनन् र आफ्नो सफल चलचित्र दर्पणछाँयाको सिक्वल लिएर प्रदर्शनको लागि तैयार भैसकेका छन् । तुलसी घिमिरे र दर्पणछाँयाकै नामले गर्दा पनि यो चलचित्र बहुप्रतिक्षित सिक्वल चलचित्र हो ।




ए मेरो हजुर २


२०५८ सालको सुपरहिट चलचित्र "ए मेरो हजुर" को सिक्वलको शुटिङ त्यो चलचित्रकी नायिका झरना थापा अहिले धमाधम गरिरहेकी छिन । झरनाले यसपटक भने ए मेरो हजुर २ मा पहिलोपटक निर्देशकको ह्याट लगाएकी छिन् । स्वर्गीय श्रीकृष्ण श्रेष्ठ अभिनित उक्त चलचित्रको सिक्वलमा अहिले सम्राज्ञी शाह, सलोन बस्नेत र सलिनमान बाँनियाको अभिनय रहेको छ ।

सायद २


निर्माता सुनिल रावल आफ्नो सफल चलचित्र होस्टेलको सिक्वल होस्टेल रिटर्न्स पछि आफ्नो अर्को सफल चलचित्र सायदको सिक्वल "सायद २" दर्शकमाझ ल्याउन तैयार भएका छन् । सायदमा निर्माता रावलसँगै संयम पुरी , विल्सन बिक्रम राईको अभिनय थियो भने सुरज सुब्बा "नाल्बो" निर्देशित उक्त चलचित्रले टीनेजहरु कुलतमा फसेपछि आउने समस्याको बारेमा देखाएको थियो । सायद २ पनि दर्शकहरुले प्रतीक्षा गरेको चलचित्र हो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.