कति चम्किन्छ “बिजुली मेसीन” दर्शकमाझ -समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कति चम्किन्छ “बिजुली मेसीन” दर्शकमाझ -समीक्षा




   मन्दिप गाैतम - Dec 05 2016

लोडसेडिङ वर्षौंदेखि नेपाली समाजको एउटा मुख्य समस्या हो, तसर्थ बिजुली कै मुद्दामा विशेषगरी देशमा कुनै चलचित्र बन्न सकेको थिएन । यही शुक्रवार रिलिज भएको “बिजुली मेसीन” ले देशले झेलिरहेको बिजुली समस्याको विकल्प निकाल्न दुई नेपाली विद्यार्थीको संघर्ष देखाएको छ । कस्तो बनेको छ त चलचित्र बिजुली मेसीन जानौँ यो चलचित्रको समीक्षामा ।

प्लट
अभिषेक सुवेदी र जीवन अधिकारी अर्थात साइमन र प्रतीक इलेक्ट्रोनिक्स इञ्जिनियरिङ अध्ययन गरिरहेका दुई प्रतिभाशाली विद्यार्थी हुन ।
खासगरी साइमनले पढ्दा पढ्दै एउटा बिजुली मेसीन बनाएका छन् उनको त्यो मेसीनको सहयोगमा उनी आवाजबाट विद्युत उत्पादन गर्न चाहन्छन् । समाजलाई लोडसेडिङ मुक्त बनाउन विकल्पको रूपमा प्रयोग गर्न सकिने उनको त्यो बिजुली मेसीन निर्माण कार्यमा उनलाई प्रतीकले साथ दिन्छन् । त्यसपछिको चलचित्रको कथा ती दुई पात्रले बिजुली मेसीनलाइ प्रयोगमा ल्याउन गर्ने संघर्ष र मेहनतमा घुमेको छ ।

कथा, पटकथा र संवाद
निर्देशक नविन अवालले नै लेखेको चलचित्रको कथा युवावर्गहरुलाई लक्षित हो, उनको यो सरल कथा पृथक अवश्य छ, तर निर्देशक अवालको पटकथा लेखन शैली अलि निखारिएको छैन । एउटा पृथक कथालाई उनले जतासुकै पनि बगाउन सक्थे पक्कै पनि उनले आफ्नो कथामा ड्रामा भर्न नचाहेको चलचित्र हेरेरै थाहा हुन्छ तर सरल फिल्म बनाउने कोशिसमै उनको चलचित्रले दर्शकलाइ खासै इन्गेज गर्न सकेको छैन र चलचित्र निक्कै नै सीमित दर्शकको लागि मात्रै हुन पुगेको छ । चलचित्रको पटकथा यति कमजोर छ कि चलचित्र सुरु भएको निक्कै बेरसम्म पनि कथा अगाडि बढ्न नसकेको दर्शकलाई महसुस हुन्छ । चलचित्रमा लेखक निर्देशकले कुन गाउँको कुरा गरिराख्या छन् त्यो बुझ्न नि निक्कै कठिन हुन्छ ।
चलचित्रको संवादहरु कुरा गर्नु पर्दा निक्कै कम संवादहरु स्वादलाग्दा छन् ।चलचित्रको पटकथा र संवादहरुमा मेहेनत को कमि देखिन्छ ।



अभिनय
अभिषेक सुवेदी र जीवन अधिकारीको इमान्दार अभिनयले चलचित्रलाई धेरै हदसम्म सम्हालेको छ । विशेष भूमिकामा देखिएका राजेश हमाल र हास्यप्रधान रोलभन्दा भिन्न रूपमा देखा पर्ने बुद्धी तामाङले आफ्नो ठाउँबाट यी दुई युवा कलाकारलाइ निक्कै राम्रो सपोर्ट प्रदान गरेका छन । बाँकी सबै सहायक कलाकारहरुको काम पनि राम्रो छ चलचित्रमा ।

प्राविधिक पक्ष र निर्देशन
रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक चलचित्रको उत्कृष्ट पक्ष हो । हरी हुमागाईको छायांकन ठिक छ भने चलचित्रमा सम्पादन तुलनात्मक रूपमा अलि कमजोर लाग्दछ ।
निर्देशक नविन अवालले आफ्नो पहिलो चलचित्रको लागि एउटा भिन्न सोचमा विचार त गरे तर उनको चलचित्रलाई कमजोर पटकथाले त्यति साथ दिन सकेन । उनको निर्देशनमा सरलता त छ तर चलचित्रलाई अझै अव्बल बनाउन सक्ने ठाउँ प्रसस्तै थियो । त्यसो नहुँदा उनको यो सोच सफल हुन सक्दैन ।

समीकरण
बिजुली मेसीन निक्कै नै सीमित दर्शकले एक पटक हेर्न सक्छन् । तर ट्रेलर हेरेर बढी अपेक्षा राखेको दर्शकहरुले भने ट्रेलरभन्दा फरक चलचित्रमा केही पाउँदैनन्, चलचित्रमा त्यति नै छ जति यसको ट्रेलरमा हेरिएको थियो । त्यही पनि देशको समस्याहरुमा युवा पुस्तालाई जागरुक हुन प्रोत्साहन गर्ने यो चलचित्रले पक्कै पनि चलचित्र हेरेका दर्शकहरुबाट सम्मान पाउँछ ।

हामी यो चलचित्रलाई कुल ५ मध्ये २.५ अंक प्रदान गर्छौ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.