सन्देशमुलक चलचित्र "छाँया"-समिक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सन्देशमुलक चलचित्र "छाँया"-समिक्षा




   मन्दिप गाैतम - Nov 19 2016

छाँया एउटा सन्देशमुलक चलचित्र हो । निर्देशक पन्डितको चलचित्र किशोर किशोरी हरुको लागी निक्कै प्रभावकारी हुनसक्छ । तर मनोरंजन रुचाउने दर्शकलाइ भने यो फिल्म पटक्कै हैन



"ग्रेटर नेपाल " वधशाला" र "दासढुङा" जस्तो क्रीटिकल्ली सफल चलचित्र बनाएका निर्देशक मनोज पन्डितले निर्देशन गरेको चलचित्र "छाँया"  आज रिलिज भएको छ । निर्देशक पन्डितको चलचित्र हेर्न बस्दा सुरुमै एउटा तथ्यान्क देखाइन्छ कि हरेक ४ केटी र ६ केटा मध्य १ वालवालिका यौन दुर्ब्यवहारको शिकार हुन्छन । यो समाजको एउटा तितो सत्य हो र निर्देशक पन्डितले "छाँया" यही बिषयको मुद्धा उठाएर बनाएका छन ।

प्लट
सैब्रत आचार्य एकजना प्रतिभाशाली किशोर हुन । उनि त्यो ठाँउको एकजना चर्चित सहयोगी मानिस अनुप बरालसम्म आफ्नो उज्ज्वल भविष्यको लागी थप प्रतिभा हासिल गर्न पुग्छन । त्यसपछी चलचित्रको कथा अनुपले सैब्रत आचार्यसंग फकाएर गर्ने यौन दुराचार र त्यसपछी सैब्रतमा पर्ने मानशिक असरहरुमा घुमेको छ ।

कथा, पटकथा र संवाद
चलचित्रको पटकथा र संवादले कथालाई निक्कै मज्जाको फ्लोमा बगाएको छ । दाजुको पिडानै मुख्य आकर्षण भएको कथामा बहिनिको पाटो जोड्नु तारिफयोग्य कार्य हो यसले पटकथा मा सुन्दरता भरेको छ र बाल्यकालमा हुने दाजु र बहिनिको सम्बन्धलाई उत्कृष्ट रूपमा देखाएको छ ।तर पटकथामा थप कुनै सव प्लट भएका भए चलचित्र अझै प्रभावकारी हुन्थ्यो कि भन्ने भान पर्छ ।

अभिनय
चलचित्रको मुख्य पात्र सैब्रत हुन र उनको अभिनय राम्रो हुन जरूरी थियो । चलचित्रलाइ आफ्नै काँधमा बोकेर सानो उमेरमै सैब्रतले अव्वल काम गरेका छन । अनुप बरल आफ्नो ठाँउमा ठिक छन । चलचित्रमा सैब्रतको बहिनिको भुमिकामा देखिने बालकलाकार को अभिनय उत्कृष्ट छ, धेरै दर्शकले उनलाई उनि नभएको दृश्यहरुमा मिस गर्नेछन । त्यसबाहेक चलचित्रमा अरुणा कार्की छिन र उनले सदाझै आफ्नो अभिनय निक्कै सहजता संग अव्वल बनाएकी छिन




निर्देशन र प्राविधिक पक्ष
निर्देशक मनोज पन्डितले यो चलचित्रलाइ मनोरंजनात्मक भन्दा पनि संदेशमुलक बनाएका छन । समाजमा चलिआएको मुद्धा उठाएर दर्शकमाझ राख्ने उनको सोचाइ सफल भएकै हो चलचित्र छाँया बाट । त्यसबाहेक चलचित्रमा ब्याकग्राउन्ड म्युजिक,छांयान्कन र सम्पादन सबै राम्रा छन ।

समीकरण
छाँया एउटा सन्देशमुलक चलचित्र हो । निर्देशक पन्डितको चलचित्र किशोर किशोरी हरुको लागी निक्कै प्रभावकारी हुनसक्छ । तर मनोरंजन रुचाउने दर्शकलाइ भने यो फिल्म पटक्कै हैन ।

हामी यो चलचित्रलाई कुल ५ मध्ये ३ अंक प्रदान गर्छौ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.