Chalchitra Lojima | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र ‘लोजिमा’ को पहिलो पोष्टर सार्वजनिक





लिम्वू सँस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को फस्ट लुक पहिलो पोष्टर सार्वजनिक भएको छ । जीवन्त प्रेम कथा साँस्कृतिक र सामाजिक विषयवस्तु चित्रित यस चलचित्रको हालै पहिलो पोष्टर सार्वजनिक भएको हो ।

सागर सुब्बाको निर्देशन रहेको यस चलचित्रको पोस्टरमा नायिका बिमला लिम्वू, नायक आसाहाङ आङबो र कलाकार निशान तुम्वापो रहनु भएको छ । पाथीभरा च्यानलको व्यानरमा निर्माण भई रहेको चलचित्र ‘लोजिमा’ मा बिमला लिम्वुलाई शिर्ष भूमिकामा देखिन्दैछिन् । उक्त चलचित्रको प्राविधिक सल्लाहकार बसन्त अधिकारी हुनुहुन्छ । सम्पादन संजय अधिकार र पाश्यसंगीत अशोक राईको रहेको छ भने डबिङ्ग मानशी किरण र डिजाइन आइडल डिजाइनको निर्देशक सुन्दर श्रेष्ठले गर्नुभएको हो । निर्देशक सागर सुब्बाकै कथा रहेको चलचित्र ‘लोजिमा’मा सागर केरुङले पट्कथा सम्वाद लेख्नु भएकोहो ।

मिसटीन इण्डियाको ताज जितेर मिसटीन यूनिभर्सल टप ७ हुनु भएकी साहारा हाङमा लिम्वू चलचित्र ‘लोजिमा’ मार्फत नायिकाको रुपमा डेव्यु गर्दैछिन । चलचित्रमा साहारा हाङमाको जोडीको रुपमा कलाकार रुद्र पाहिमले अभिनय गर्नु भएको छ । गायकको रुपमा आफ्नो परिचय बनाइ सक्नु भएका आशाहाङ आङबो यस चलचित्रबाट नायकको रुपमा अगाडी आउनु भएको छ । चलचित्रका कार्यकारी निर्माता पम्फावती राई, निर्माता आशाहाङ आङबो, मुख्य सहायक निर्देशक दिपक अधिकारी छायाङ्कन रविन्द्र बराल श्रृङगार नरेश खरेल र अशोक राईको एरेन्ज रहेको चलचित्रमा सुनिता थेगिम र मनु नेम्वाङको स्वर रहेको छ । नयाँ क्रियशन, निर्माण प्राविधिक टिम, छायाङ्कन स्थल, कथाको माग अनुसार कलाकारको अभिनय समेत अब्बल भएकोले निर्देशक सागर सुब्बा चलचित्र ‘लोजिमा’ उत्कृष्ट हुनेमा निर्देशक सागर सुब्बा विश्सस्त रहनु भएको छ ।

चलचित्रको कलाकारहरुमा बिमला लिम्वू, आसाहाङ आङबो , सागर केरुङ, निशान तुम्वापो, साहाराङमा लिम्वू, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिवाङ, सेरिना राई, बिनि सुब्बा, आश मुरिङला, प्रयास राई, निर्मल पन्धाग, सन्जन सुब्बा, देवि लिम्वू, ज्ञानु खाम्दाक लगायत रहनु भएको छ ।

चलचित्रकी नायिका बिमला भन्छिन् । चलचित्र ‘लोजिमा’ मा धेरै मेहनतको साथ कथाको माग अनुसार नयाँ क्रियशनको साथ काम गर्ने प्रयास गरेका छौं । आशा छ दर्शकहरुले मन पराउनु हुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.