आज राजधानिको QFX कुमारी हलमा "एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव"को चौथो संस्करण सुरु भएको छ । थुप्रै सन्चारकर्मी र चलचित्रकर्मीहरु माझ आज भएको ओपनिङ सेरेमोनिमा दद्या, होल ,मोरियम्, अनन्त यात्रा र लो सम चोए सम गरी ५ वटा देश बिदेशका चलचित्र प्रदर्शन गरियो । यो चलचित्र महोत्सवलाइ लिएर सबै चलचित्रकर्मी हरुमा समेत निक्कै उत्साह देखियो । हाम्रो पात्रो संगको कुराकानिमा निश्चल बस्नेत्, अनुप बराल र सत्य स्वरूपले एकादेशमा को कारण ले गर्दा नेपाली दर्शकले थुप्रै बिदेशी तथा स्वदेशी चलचित्रको स्वाद चाख्न पाउने भएकाले २७ गते शनिवार र २८ गते आइतवार दिनभर चलचित्र प्रदर्शन गरिने यो महोत्सवमा सबैलाइ सहभागिता जनाउन आग्रह समेत गरे ।
त्यसबाहेक कार्यक्रममा रीमा बिस्वकर्मा, निशा अधिकारी , बिपिन कार्की ,रबिन्द्र सिंह बानिया जस्ता कलाकारहरुको पनि उपस्थिती देखियो ।
कार्यक्रमका केहि झलकहरु :
Liked by: