"एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव" विजेता चलचित्रहरु | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव" विजेता चलचित्रहरु




   मन्दिप गाैतम - Nov 13 2016

७८ वटा फरक फरक किसिमका चलचित्र प्रदर्शन गरिएको महोत्सवमा दर्शकको रोजाइमा धेरै चलचित्र हरु परे । कसैलाइ दद्या उत्कृष्ट लाग्यो भने कसैलाइ द डिजाइनर । धेरै दर्शक यस्ता पनि थिए जसलाइ बिदेशी चलचित्रले निक्कै प्रभावित गरे । दर्शकहरुमा थुप्रै चलचित्र हेर्न पाएको मा निक्कै उत्साह थियो ।



सर्ट फिल्मको महाकुम्भ एकादेशमा अन्तराष्ट्रीय लघु चलचित्र महोत्सवको आज समापन भएको छ । अवार्ड सेरेमोनी गरेर समापन गरिएको उक्त महोत्सव मा ३८ देशको ७८ वटा चलचित्र प्रदर्शन गरियो । महोत्सवमा  CHANGING PERSPECTIVE  र FUTURE OF CINEMA विधाका चलचित्रहरु बीच प्रतिष्प्रधा पनि भएको थियो । उक्त प्रतिष्प्रधामा निम्न चलचित्रहरु बिजेता रहे र बिजेता लाई प्रदान गरिने नगद तथा अन्य पुरस्कारहरु समेत प्राप्त गरे ।

01) Best Short Film in the Changing Perspective Section
DADYAA, POOJA GURUNG / BIBHUSAN BASNET


02) Best Short Film in The Future of Cinema Section
CHHAYA, DEBANJAN NANDY  


03) AUDIENCE CHOICE
HOLD ON,Charlotte Scott-Wison


04) SPECIAL MENTION (3 FILMS)
EVERYTHING WILL BE OKAY,PATRICK VOLLRATH (CHANGING PERSPECTIVE)


05) MADRE, 
SIMON MESA SOTO (CHANGING PERSPECTIVE)


06) ANANTA YATRA,
SUNIL PANDEY (FUTURE OF CINEMA)


विजेता चलचित्रहरु सबैलाइ हाम्रोपात्रो को तर्फ बाट धेरै बधाई । चलचित्र समाजको दर्पण हो र महोत्सवमा प्रदर्शन गरिएका सबै चलचित्रले केही न केही सामजिक परिवेश बोकेका थिए । हाम्रो पात्रो सबै चलचित्रकर्मी हरुको त्यो प्रयासलाइ सम्मान गर्दछ र आगामी दिनहरुमा अझ सशक्त चलचित्र बनाउन सबै चलचित्रकर्मी हरु मा आफ्नो शुभकामना ब्यक्त गर्दछ ।

दर्शकको फरक फरक रोजाइ
७८ वटा फरक फरक किसिमका चलचित्र प्रदर्शन गरिएको महोत्सवमा दर्शकको रोजाइमा धेरै चलचित्र हरु परे । कसैलाइ दद्या उत्कृष्ट लाग्यो भने कसैलाइ द डिजाइनर । धेरै दर्शक यस्ता पनि थिए जसलाइ बिदेशी चलचित्रले निक्कै प्रभावित गरे । दर्शकहरुमा थुप्रै चलचित्र हेर्न पाएको मा निक्कै उत्साह थियो ।

बन्दले असर गरेन एकादेशमलार्इ
आइतवार नेपाल बन्द भएतापनी सर्ट फिल्मप्रेमी हरुलाइ भने बन्दले रोक्न सकेन र महोत्सवमा सहभागिता जनाउने दर्शकको घुइचो कम भएन । चलचित्र दद्या हेर्न त झन यती दर्शक हलसम्म पुगे कि आयोजकले उक्त चलचित्रको स्क्रीनिङ कुमारी चलचित्र घरको अर्को स्क्रीनमा समेत लगाउनु परेको थियो ।

पाचौं संस्करणको लागी तैयार
एकदेशमा अन्तरष्ट्रीय चलचित्र महोत्सव २०१६ आयोजना गरेपछी दर्शक र थुप्रै चलचित्र कर्मी हरु समेत बाट निक्कै प्रोत्साहन र अपार माया पाएपछी आयोजकको टीमले फेरी एकदेशमा को अर्को संस्करणको लागी हौसिएको हाम्रो पात्रो संगको कुरकानी मा बताए ।

देश र बिदेशमा रहेका सम्पूर्ण इन्डीपेन्डेन्ट चलचित्रकर्मी हरुको लागी एकदेशमा चलचित्र महोत्सव आफ्नो काम देखाउने माध्यम हो । स्वदेशी र अन्तराष्ट्रीय दर्शक र हस्ती हरुको सामु आफ्नो चलचित्र देखाएर उनिहरुबाट सल्लाह सुझाव पाउनु फिल्ममकेरले पछी गर्ने कामको लागी पनि प्रभावकारी हुने भएकाले पनि एकदेशमा चलचित्र महोत्सव महत्वपुर्ण छ । हाम्रो पात्रो आयोजकहरुको यो प्रयासको कदर गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.