"पन्छी" बनि उड्दै दयाहाङ र केकी | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"पन्छी" बनि उड्दै दयाहाङ र केकी




   मन्दिप गाैतम - Feb 10 2017

केहि दिन यतामात्र निर्माण पक्षले चलचित्र घामपानीको पन्छी बोलको गीत युट्युबबाट सार्वजनिक गरेको छ । चलचित्र घामपानी अन्तरजातीय बिबाह गर्ने सोच मा रहेका प्रेमीजोडी दयाहाङ राई र केकी अधिकारीको संघर्षको कथा हो । बैसाख १ गते प्रदर्शनको लागि तैयार यो चलचित्रलार्इ समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । भिडियोमा दुइ प्रेमी समाजमा हुन सक्ने समस्याहरुलाई पन्छ्याउदै स्वतन्त्र पन्छी भर्इ एक अर्का को साथमा रमाई रहेको देख्न सकिन्छ । चलचित्रको यो पहिलो गीतमै केकी र दयाहाङ बीचको केमिस्ट्री आकर्षक लाग्दछ।

गीतको पुरा भिडियो यहाँ हेर्न सक्नुहुन्छ :


गीत सार्वजनिक भएको यी केहि दिनमै गीतले पाएको लोकप्रीयता हेर्दा यस्तो लाग्छ कि चलचित्रका संगीतकार कालि प्रसाद बास्कोटाले फेरी एकपटक आफ्नो संगीतको जादु नेपाली श्रोता माझ चलाएका छन् ।  यसअघि दयाहाङ राईकै चलचित्र पुरानो डुंगामा उनको "निर" बोलको गीतले दर्शकको अपार माया पायो । कालि प्रसाद बास्कोटाले एक पटक मात्र हैन लगभग हरेक चोटी आफ्नो गीतहरुबाट सफलताको स्वाद चाख्ने गर्दछन । यसपटक पनि उनलाई संगीतमा साथ् दिएका छन् म्युजिक एरेन्जर अल्मोडा राना उप्रेतीले । यी दुइको जोडी बाट श्रोतले कम अपेक्षा भने अवस्य राख्दैनन् । चलचित्र घामपानीको यो गीत अबको केहि समय पछी झन् संगीत प्रेमीहरुमाझ लोकप्रिय हुने अनुमान गर्न सकिन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.