भरपुर कमेडी र इमोशनको जात्रा- चलचित्र समिक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

भरपुर कमेडी र इमोशनको जात्रा- चलचित्र समिक्षा




   मन्दिप गाैतम - Nov 12 2016

के दर्शक लाइ पनि यो चलचित्र मनपर्छ होला त



यो साता दुई नेपाली चलचित्र जात्रा र जंगबाहदुरको कोट रिलिज भएका छन । दुवै चलचित्र फरक जनराको चलचित्र भएको हुनाले दर्शकलाई चलचित्र घर पुगेर आफ्नो मनपर्ने स्वादको फिल्म छान्न समस्या नहोला । केही दिन अघी जात्राले राजधानिमा प्रीमीयर सो राखेको थियो र त्यहा चलचित्र हेरेपछी निश्चल बस्नेत देखी लिएर खगेन्द्र लमिछाने समेत ले आफ्नो सामाजिक सन्जालमा चलचित्र जात्राको खुलेर प्रसंसा गरेका थिए ।

के दर्शक लाइ पनि यो चलचित्र मनपर्छ होला त जानौं चलचित्र जात्राको समिक्षामा ।

प्लट
जात्रा कथा हो, तीनजना पसले साथीको अर्थात विप्पिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झाको । तीनै साथीलाई आ–आफ्नै किसिकमको आर्थिक समस्या छ । एक दिन उनीहरु बस्ने टोलकै एकजना टोले गुन्डाले बैंकबाट तीन करोड चोरेर त्यहाँ ल्याइपुर्याउँछ र संयोगवश त्यो पैसा विप्पिन कार्कीको हातमा पर्छ । बिस्तारै तीनैजना पसले साथीहरु बीच त्यो कुरा पुग्छ र सबैले एक एक करोड गरेर पैसको तीन भाग लगाउने निधो गर्छन् तर उनीहरुको काम के त्यति सजिलो छ त? अहँ पटक्कै छैन । प्रहरीलाई कसोगरि खबर पुग्छ कि पैसा त्यहीं टोलमा छ जहाँ ती तीन पसले साथी बस्छन् । र अब प्रहरीको निगरानीबाट त्यो पैसा उम्काउन ती तीन पात्रले गरेको जात्रा नै यो चलचित्रको कथावस्तु हो ।

कथा, पटकथा र संवाद
चलचित्र जात्रा हेरिसकेपछि निर्देशक प्रदीप भटृराईको भिजनको खुलेर सबैले तारिफ गर्नेछन् । निर्देशक भटृराई स्वयं आफैले कलम चलाएको चलचित्रको कथा, पटकथा र संवाद नै चलचित्रको मुख्य आकर्षण हो । भटृराईको कथामा यथार्थता छ । उनका पात्रहरु रोचक छन् र उनको पटकथा यति आकर्षक छ कि दर्शक उनले कारेको त्यो काल्पनिक संसारमा साढे २ घण्टा समय यसरी डुब्छन् कि दर्शक आफैले पात्रहरुको समस्यालाई आफ्नो समस्या थाल्न थाल्नेछन् र संवाद पनि चलचित्रको कथा र पटकथा जत्तिनै सशक्त छ ।

केही समययताको चलचित्रहरु मध्ये यो चलचित्रको स्क्रिप्ट पनि अब्बल स्क्रिप्ट मध्ये एक हो तर भटृराईले आफ्नो पटकथामा गीतको लागि ठाउँ नछुट्याइएको हुनाले उनको चलचित्र कुनै कुनै बेलामा अलि लामो भएजस्तो महसुस भने अवश्य हुन्छ ।

अभिनय
विपिन कार्की यस चलचित्रमा फरक भूमिकामा देखिन्छन् । एउटा सोझो मान्छेले मनभित्र डर राखेर बदमाशी गरिरहेको पात्रको रुपमा उनी मज्जाले प्रस्तुत भएको छ । खासगरि अनौठो पाराले आपूmसम्म तीन करोड आइपुगेको देखेपछिको चलचित्रका केही दृश्यहरुमा उनको एक्स्पे्रषणहरु हेर्न लायकका छन् । रविन्द्र सिंह बानियाँले पनि निकै सहजतासँग अब्बल दर्जाको अभिनय गरेका छन् । र चलचित्रका अर्का कलाकार रविन्द्र झाले दर्शकलाई खुब हसाउँछन् । एउटा दृश्यमा जब उनले पैसा लिएर हराएको भरियालाई फेरि देख्छन् त्यो दृश्यमा उनको पर्फमेन्सले हलमा हाँसोको लहर छुट्छ, ताली र सिटी पनि भरपुर बज्छ । यसबाहेक चलचित्रमा वर्षा राउत छिन् र उनले आफ्नो मिडियम क्लास मानिसको पत्नीको भूमिकामा अब्बल दर्जाको अभिनय गरेकी छिन् । प्रहरीको भूमिकाका प्रविण खतिवडा र भोलाराज सापकोटाको काम पनि राम्रो छ । चलचित्रका कलाकारको बारेमा कुरा गर्नु पर्दा चलचित्रमा थुप्रै अरु सहायक कलाकारहरु पनि छन् र सबैको काम उत्कृष्ट छन् । साथै बाल कलाकारदेखि लिएर वर्षा राउतको दिदीको भूमिकामा देखिने कलाकार समेतको छनौट उत्कृष्ट भएको छ ।
  



निर्देशन र प्राविधिक पक्ष
 
चलचित्र १५ देखि २० मिनेट लामो भएको दर्शकलाई लाग्न सक्छ र सम्पादक मित्र गुरुङ्गले यसमा अलिकिति ध्यान पुर्याउनु पर्ने थियो । चलचित्रको पहिले हाफ नै निकै लामो छ र यसले दर्शकलाई अलिकति खिन्न बनाउन सक्छ । त्यसबाहेक दीर्घ गुरुङ्गको छायाकन एकदम तारिफ योग्य छ । खासगरि उनले रातिका दृश्यहरु निकै मजाले खिचेका छन् । रोहित शाक्य र शैलेस श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक पनि राम्रो छ । कुरा गरौं निर्देशक प्रदीप भटृराईको । उनले जात्रालाई स्क्रिप्ट अनुसार जति सशक्त बनाएका छन् त्यति नै आफ्नो निर्देशन मार्पmत चलचित्रमा यथार्थता भरेका छन् । लेखक निर्देशक प्रदीप भटृराई यस चलचित्रका नायक हुन् ।

समीकरण
समग्रमा यो जात्रामा दर्शकले कमेडी र इमोशनको भरपुर खुराक पाउनेछन् । चलचित्र पैसा वसुल छ र सबै दर्शकले आफ्नो पुरै परिवारसँग यो साता चलचित्र जात्रा हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ ।

हामी यो चलचित्रलाई कुल ५ मध्ये ४ अंक प्रदान गर्छौ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.