२ महिनादेखि चेन्नईको अपोलो अस्पतालमा उपचार गराइरहेकी जयललिता लार्इ हार्ट अटैक आएपछि आइ सी यु मा भर्ति गरियो
सोमबार राति ११.३० मा तामिलनाडु की मुख्यमन्त्रि जयललिताले आफ्नो अन्तिम स्वास फेरिन । ६८ बर्षिया जयललिताले राजनीतिमा प्रवेश गर्नुअघि करीब १४० चलचित्रमा अभिनय गरेकी थिइन । तमिल, तेलेगु, मल्यालम, कनाडा र हिन्दि फिल्महरुमा समेत अभिनय गरेकी जयललिता आफ्नो नृत्य र फरक जनराको चलचित्रमा अभिनय गरेकाले निक्कै चर्चित थिइन । खासगरी तामिलनाडुमा उनलाई "अम्मा" को उपनाम दिइएको थियो ।
२ महिनादेखि चेन्नईको अपोलो अस्पतालमा उपचार गराइरहेकी जयललिता लार्इ हार्ट अटैक आएपछि आइ सी यु मा भर्ति त गरियो तर निक्कै नै नाजुक अवस्थामा पुगिसकेकी जयललिता बाच्न सकिनन् र भारतले एउटा लोकप्रिय नेत्री गुमायो। एउटा होनहार कलाकार र शक्तिशाली नेत्री को मृत्युले ले उनको सम्पूर्ण समर्थकलार्इ मात्र नभएर भारतीय सिनेमा जगत लार्इ पनि स्तब्ध बनाएको छ ।
थुप्रै भारतीय सिनेस्टारले सामाजिक संजालमार्फत जयललिताको असामायिक निधन प्रति दुख प्रकट गरे ।
त्यसरी दुख ब्यक्त गर्ने मा अमिताभ बच्चन , शाहरुख खान , रजनीकान्त , हेमा मालिनी , ए आर रहमान, परेश रावल र अरु थुप्रै कलाकारहरु थिए ।
जयलालिताका केहि नयाँ र पुराना तस्विरहरु :
*तस्वीरको श्रोत : इन्टरनेट
Liked by: