शुरु भयो "कथा काठमाडौ"को छायांकन | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

शुरु भयो "कथा काठमाडौ"को छायांकन




   Suyog Dhakal - Mar 09 2017
"कथा काठमाडौ"को निर्देशक संगीता श्रेष्ठसँग कुराकानी

नयाँ नेपाली चलचित्र  "कथा काठमाडौ"को छायांकन नारी दिवस को शुभदिन बाट प्रारम्भ भएको छ ।सोमबार राजधानीको थापाथलीस्थीत ब्लुवर्ड मलमा "कथा काठमाडौ"को निर्माण गर्ने औपचारीक घोषणा गरिएको थियो  ।

तपाईहामीले काठमाडौ टिभीमा देखिरहेको अनि मन पराएको कार्यक्रम प्रस्तोता, सञ्चारकर्मी संगीता श्रेष्ठको प्रथम निर्देशिनमा बन्ने यो चलचीत्रको कथा पनि उनकै रहेको छ ।

काठमाडौ कथामा हामीले काडमाडौमा देखिरहेको अनि भोगीआएको जिवन, जिवनशैली अनि पात्रहरु विचको फरक फकर कथाहरुलाई प्रस्तुत गरिने उन्ले औपचारीक घोषणा कार्यक्रममा पुगेका हाम्रो पात्रोको टिमसँगको कुराकानीमा वताईन । यसरी कथा काठमाडौका कलाकारहरुमा प्रियंका कार्की, सन्ध्या केसी, आयूष्मान देशराज जोशी, प्रमोद अग्रहरी, संजोग कोईराला आदि लगायतको अभिनय रहनेछ ।



भर्खरमात्र गएको अन्तराष्ट्रिय नारी दिवसको आसपासमा भएको यो नारी निर्देशीत सामाजिक परिवेशको चलचीत्रको निर्माण घोषणा कार्यक्रममा वोल्दै निर्देशक संगीता श्रेष्ठले यस चलचीत्रको निर्माण कार्यक्रम पनि ८ मार्चको दिन सम्पूर्ण नारीहरुप्रति सर्मपित गर्दै हिजो बाटै शुरु गरिने वताईन । तिनवटा अलग्ग कथाहरुलाई एउटै धागोमा वाँधीएको यो चलचीत्रले काठमाडौको जिवन अनि नेपाली परिवेश दर्शाउने सबैको आँकलन छ ।

प्रियकां कार्कीले निर्देशक संगीता श्रेष्ठसँग पहिले पनि थुप्रै म्यूजिक भिडियोहरुमा काम गरेको र कथाहरुसँग निर्देशक संगीताको समबन्धलाई प्रष्ट्याँउदै म्यूजिक भिडियोमा पनि कथा हुनुपर्ने मान्यता राख्ने एउटी जुझारु निर्देशकका रुपमा संगीताको ब्याख्या गरिन् ।

अर्कोतर्फ चपली हाईट २ वाट नेपाली रगंमञ्चमा उत्रेका नायक आयूष्मानले भने आफूले स्क्रिप्ट पढ्दा एउटा चुनौतीपूर्ण पात्र देखेपछी यस चलचीत्रले आफूलाई अभिनय गर्न मन लागेको वताए । चपली पछी अन्य धेरै चलचीत्रवाट अफर आए पनि हतारमा निर्णय गरेर पछुताउने वानी नभएको उन्ले वताए । सन्ध्या केसीले आफ्नो जोडीका रुपमा प्रमोद भएको र उनीहरुको अफस्क्रिन केमीस्ट्री स्क्रिनमा पनि उत्तिकै राम्रो देखिने वताईन्, चलचीत्र प्रति प्रमोद र सन्ध्या दुबै उत्साहित भएको कार्यक्रममा उनीहरुले वताए ।

चलचीत्र विकास वोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख अध्यक्षतामा भएको कार्यक्रमलाई ईमेज एफएम कि प्रस्तोता सुश्मा राईले सहजीकरण अनि सञ्चालन गरेकी थिईन । अध्यक्ष राजकुमार राईका अनुसार राम्रो चलचीत्र वनाएमा चलाउन अनि लगानी उठाउन नेपालमा समस्या नभएको वताए ।

कार्यक्रममा चलचीत्रका निर्माता विजय कुमार राईले पनि चलचीत्र राम्रो बन्नेमा आफू ढुक्क रहेको वताए ।
पत्रकारको एक प्रश्नमा चलचीत्रको कूल अनुमानित बजेटका कुरामा निर्देश्कले यकिन गरेर अकं तोक्न सक्ने समय नआईसकेको भन्दै प्रष्ट पारेकि थिईन ।

विभिन्न कलाकार, सञ्चारकर्मी, लेखक अनि सिनेमा पारखीहरुका विच सञ्चालन भएके उक्त कार्यक्रममा हाम्रो पात्रोले निर्देशक संगीता श्रेष्ठसँग केही कुराकानी गरेको छ, चलचीत्र कथा काठमाडौको वारेमा, कृपया हाम्रो अडियो सामाग्रीमा सुन्नुहोला ।

कथा काठमाडौलाई मुरी मुरी शुभकामना
------------
हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.