यो साता "लुट–२" | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

यो साता "लुट–२"





नेपाली चलचित्र इतिहाषकै सबैभन्दा बहुप्रतिक्षित चलचित्र "लुट–२" यो साता शुक्रवारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउदै छ । केही महिना अगाडी रिलिज भएको चलचित्रको ट्रेलरमा सुरुमै कर्माले ४ वर्ष आफुहरु जेल बसेर अब हाकु कालेलार्इ खोज्ने र बदला लिने भावना देखाएका छन् भने अर्कोतिर हाकु कालेको जीवनमा धेरै परिवर्तन देखिएको छ ।



केहि समय अगाडी सार्वजनिक गरिएको चलचित्रको "ठमेल बजार " बोलको गीतले भर्खर मात्र युट्युब मा १ करोड भन्दा बढी हेरिएको तेस्रो नेपाली गीत बन्न पुगेको थियो । चलचित्र लूटमा त्यसबेला उध्रेको चोली गीत को सफलताले जति दर्शक माझ चलचित्रलार्इ लोकप्रिय बनाएको थियो , यस पटक ठमेल बजारले त्यहि काम गरेको छ चलचित्र लूट २ का लागि । निश्चलले आफ्नो ट्वीटर मार्फत सबै दर्शकहरुलाई धन्यवाद समेत दिएका थिए ।




लूट २ मा बैंक बाट पैसा सबै लिएर भागेको हाकु कालेलार्इ खोजेर बदला लिने भाव मा हिडेका दयाहाङ राई , कर्म, प्रतिक राज न्योपाने र सुशील राज पाण्डेको कथा बोकेको चलचित्रका निर्देशक निश्चल बस्नेतले हाम्रो पात्रो सँग को कुराकानीमा बताए । निर्देशक बस्नेतले लूट २ को कथा भुइचालो र नाकाबन्दी को बेलामा आधारित भएको पनि हामि सँगको कुराकानीमा उल्लेख गरे । 


लूट २ को ट्रेलरसंगै नेपालमा पहिलो पटक कुनै चलचित्रमा आधारित गेम हाकु रन पनि रिलिज भएको थियो । चलचित्रको नाम जोडिएर नै सायद उक्त गेम को निक्कै थोरै समय मा १०००० डाउनलोड पुगिसकेको छ ।


निर्माण पक्ष ले सार्वजनिक गरेको लूट २ को अर्को गीत घ्याम्पे ले पनि राम्रै चर्चा पाई रहेको छ । युवा पुस्ताले निक्कै रुचाएको चलचित्रको यो सीक्वल ले निक्कै नै आक्रामक ओपनिंग लिने अनुमान गर्न सकिन्छ । यस्तोमा यो बहुप्रतिक्षित चलचित्रले दर्शकहरुको अपेक्षा पुर्याउन सक्छ कि सक्दैन , त्यो त समयले बताई नै हाल्छ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.