के साशाले दर्शकको मन जित्छिन् त ? समीक्षा लभ साशा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

के साशाले दर्शकको मन जित्छिन् त ? समीक्षा लभ साशा




   मन्दिप गाैतम - Jan 13 2017
के साशाले दर्शकको मन जित्छिन् त ? समीक्षा लभ साशा

यो साता प्रचण्ड मान श्रेष्ठ निर्देशित चलचित्र “लभ साशा” सिनेमाघरमा लागेको छ । कर्म , केकी र आसिफ शाह अभिनित यो चलचित्रले केहि महिना अगाडी रिलिज भएको प्रोमो पछी निक्कै राम्रो चर्चा कमाएको थियो । प्रचण्ड मान श्रेष्ठले "भिसागर्ल" पछी निक्कै लामो समय ग्याप राखेर आफ्नो दोस्रो चलचित्र निर्देशन गरे । यस बाट पनि अनुमान गर्न सकिन्छ , लभ साशा उनले निक्कै मेहेनत पश्चात बनाएका हुन् । यो चलचित्रमा उनले पहिलो पटक ठुलो पर्दामा कर्म र केकीको जोडी ल्याएका छन् । दर्शकलार्इ कस्तो लाग्छ त यो जोडी, के प्रचण्डको यो दोस्रो प्रयास ले अडियन्स को मन जित्छ त ? जानौ चलचित्र लभ साशाको समीक्षामा ।

प्लट
"साशा" केकी अधिकारी भर्खर विदेशबाट सिद्दार्थ अर्थात आसिफ शाहसँग बिबाह हुने पक्का भएपछी देश फर्किएकी छिन् ।, इन्गेजमेन्ट आउन केहि मात्र समय बाकि छ र यस्तोमा साशा पोखरा जाने क्रममा कर्म अर्थात पर्लसँग नजिकिन्छिन । भर्खर ट्रयाजिडीको कारण स्ट्रेसमा परेका कर्म आफ्नो लागि सबैथोक मिल्ने केटिको खोजिमा छन् । केकीसँग छिट्टै साथि बनेपछि दुवैलेसँगै समय बिताउन थाल्छन् र दुवै एकअर्का प्रति आकर्षित हुन्छन । एकअर्कालार्इ प्रेम गरेतापनि जाहेर गर्न नसकेका उनीहरुको प्रेम व्यक्त गर्न के अप्ठ्यारो पर्छ त ? त्यसको लागी यहाँहरुले चलचित्र "लभ साशा" हेर्नु पर्ने हुन्छ ।

कथा ,पटकथा संवाद
निर्देशक श्रेष्ठले नै लेखेको चलचित्रको कथा र पटकथा साधारण छन् । साधारण हुनु कथा र पटकथा को दोष अवस्य हैन , तर दर्शकलार्इ यो चलचित्र हेर्दा केहि नया हेरेको अनुभव भने पटक्कै हुदैन , चलचित्र को पटकथा खासै रोचक छैन । चलचित्रमा कुनै पनि मसला नहुदा मसालेदार चलचित्र हेर्न रुचाउने दर्शकलार्इ यो चलचित्र नपच्न सक्छ , तर युवा पुस्तालार्इ लक्षित गरेर लेखिएको यो कथा ले युवावर्गलार्इ पनि खासै बाध्न सक्दैन। दर्शकलार्इ चलचित्र सुरु भए देखि चलचित्र अन्त सम्म आइपुग्दा पनि फील को उतार चडाव दिन नसक्नु पक्कै पनि निर्देशक श्रेष्ठको पटकथाको कमजोरी हो । उनको चलचित्रको पहिलो हाफ ठिक ठाक छ , कर्म र केकी को केमिस्ट्री आकर्षक लाग्ने पहिलो हाफले ठाउँ ठाउँमा दर्शकलार्इ हसाउछ , तर दोस्रो हाफ मा इमोसनल बनेको कथाले दर्शकलार्इ फील पटक्कै दिन सक्दैन । चलचित्रमा थोरै भएपनी केहि पलहरु आसलाग्दा छन् , तर फेरी एउटा कम्जोर अन्त ले यो फिल्मलार्इ फिक्का बनाइदिएको छ
चलचित्रको एउटा सुदृढ पक्ष भनेको यसको संवादहरु हुन् । निर्माण पक्षले चलचित्र संवादहरु राखेर सामाजिक सञ्जालमा पोस्टर पनि निकालेको थियो । उत्कृस्ट संवादहरुले यो चलचित्रको कम्जोर पटकथालार्इ धेरै हदसम्म सम्हाल्ने कोशिश गरेको छ ।



प्राविधिक पक्ष र संगीत
फाट्ट फुट्टका केहि दृश्य छोडेर शिवराम श्रेष्ठ को छायांकन प्रसंसनिय छ । ज्यासन कुवँर को ब्याक्ग्राउन्ड स्कोर पनि नेपाली चलचित्रहरुमा रहने भन्दा पृथक छ । लोकेस बज्राचार्यको सम्पादन पनि अव्वल दर्जाको छ । संगीतको कुरा गर्नु पर्दा चलचित्रको "कथा तिम्रो" बोलको गीत बाहेक अरु गीत ले खासै छुदैन ।

कलाकार
केकी अधिकारी साशा को भूमिकामा चलचित्र को आकर्षण हुन् । त्यहि पनि उनले कर्मसँग पहिलो भेटमा नै कफी पीउँदा सेडकटिभ पाराले किन बोल्छिन् बुझ्न गाह्रो हुन्छ । चलचित्र हेरुन्जेल उनको र कर्मको उत्कृष्ट पर्फर्मेन्स ले मात्र अडीयंसलार्इ बाधेर राख्छ, कर्मले पनि उल्लेखनीय काम गरेका छन् । तर आसिफ शाहको भने चलचित्रमा उपस्थिति मात्र महसुस हुन्छ । त्यसबाहेक चलचित्रमा रश्मी भट्ट र शिवानी चालिसे छन् , रश्मी भट्ट को काम ठिक छ तर शिवानी चालिसेले कुनै प्रभाव पार्न सक्दिनन्। चलचित्रमा बिशेष भूमिकामा रिचा शर्मा र बुद्धि सागर देखा पर्छन । दुवैको उपस्थिति राम्रो लाग्दछ । रिचाले थोरै भएनी दर्शक हसाउछिन् र बुद्धिसागरको उपस्थितिले युवावर्गलाई एक किसिमको प्रोत्साहन गर्न खोजेको छ ।

निर्देशन
प्रचण्ड मान श्रेष्ठको दोस्रो चलचित्र हो लभ साशा ,यो चलचित्र रोम–कम बनाउने प्रयासमा रहेका प्रचण्ड मान श्रेष्ठलार्इ चलचित्र को गति ले मानौं धोका दिएको छ । उनको यो चलचित्रले हसाउँछ तर रमाइलो दृश्यहरुमा निरन्तरता नहुदा दर्शकको चासो बनि रहदैन । दोस्रो हाफको अन्त तिर पुग्दा चलचित्र निक्कै बोरिंग बन्न जान्छ । निर्देशकको प्रयासलार्इ राम्रो मान्न सकिन्छ । 

समीकरण
दर्शकको रुची बनाइराख्ने पटकथा नहुदा लभ साशा निर्देशक प्रचण्ड मान श्रेष्ठको एउटा कोशिस मात्र बन्न पुग्या छ । कम्जोर पटकथाकै कारण उनको बाकि सबै सुदृढ पक्षहरु फिक्का लाग्दै जान्छ । लभ साशा सिंगल स्क्रिन दर्शकले पटक्क रुचाउदैनन् , मल्टिप्लेक्स दर्शकको मन जीत्न पनि यो चलचित्रलार्इ गार्है पर्छ।

मनपरेको दृश्य :  पर्ल भनेर कर्म लाइ चिने पछि केकी र कर्म बीच को दृश्य
मन नपरेको दृश्य : अन्तिम दृश्य ( फ्रेम मा परिचित कलाकार देखाएर पनि दृश्य र कलाकार हरुलाई न्याय नगरिएको )
मनपरेका पात्र :  केकी अधिकारी
मन नपरेको पात्र : शिवानी चालिसे

रेटिंग : २.५ स्टार ( एकपटक हेर्न सकिने चलचित्र )



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.