"एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"मा "नाद" र "अनन्त यात्रा" | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"मा "नाद" र "अनन्त यात्रा"




   Suyog Dhakal - Nov 12 2016

दुईवटा वहुप्रतिक्षीत नेपाली लघु चलचित्र


महोत्सवमा "नाद" र "अनन्त यात्रा" मनोरञ्जन

कुल ७०० भन्दाधेरै चलचित्रहरुको निवेदन आएको यस "एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"मा प्रदर्शनहुने सम्पूर्ण ७८वटा चलचित्रहरु नेपालमा पहिलोपटक प्रदर्शन हुनलागेका हुन् । १६ वटा त विश्वमै पहिलोपटक प्रदर्शन गरिन जाँदेछ । ६ वटा भुटानी चलचित्रहरु रहेका छन् भने ९ वटा तेश्रो लिगींहरुको मुद्धा अनि विषयवस्तुसँग जिवन्त चलचित्रहरु छन् र ११ वटा चलचित्रहरु खुला आकाशमुनी समुदायसँग हेरिनेछ ।

संयोग अनि गर्वको मिश्रण चाँही यस चलचित्र महोत्सवमा तपाईको प्यारो मोवाईल सहयात्री हाम्रो पात्रोको यस चलचित्र कुम्भमा मिडिया सहयोगीकोरुपमा भएको उपस्थितीले दिनेछ, चाहे आवाजको हिसाबले होस् या लिपिवद्धरुपमा होस्, लघु चलचित्रहरुको विशेषस्वाद हामी पस्किरहने छौ ।

अहिलेकालागी दुईवटा वहुप्रतिक्षीत नेपाली लघु चलचित्र प्रस्तुत गर्दछौ र तिनका निर्देशकहरुसँगको अंतरगं कुराकानी अडियो मार्फत प्रस्तुत गर्ने हाम्रो जर्मको छ ।

नाद


पहिले कुरा गरौँ, नाद को । नाद अर्थात ध्वनी, यो एउटा सरल यद्धपी सास्कृतीक शब्द हो । शखंनाद अर्थात शखंको ध्वनी हामीले सुनेका हुनसक्छ, यस्तै चलचित्रमार्फत जिवजगतका ध्वनीहरु चलचित्र नादले प्रस्तुत गर्दैछ । २६ मिनेटको यो चलचित्र रुपेश घिमीरेले निर्देशनगरेका हुन्, यस अघि ४ वटा लघु चलचित्र वनाइसकेका यि निर्देशकले यस चलचित्रमार्फत ठेट नेपाली परिवेशहरुलाई वडो खप्पीसरुपमा उतारेका छन् ।



ओस्कर कलेजका विधार्थी रुपेशका पात्र नेत्र वहादुर अन्य गाँउलेजस्तै खेत जोत्ने, वस्तु चराउने आदि काम गर्दछन तर एउटा वटुवाले एकरात उन्को घरमा वासवसेपछी आएको परिवर्तनलाई चलचित्रले गज्जबले देखाएको छ, हेर्न नभुल्नुहोला ।

अनन्त यात्रा


त्यस्तै अर्को चलचित्र हो अनन्त यात्रा, अचम्मको यात्राको वारेमा चलचित्र हो । भुइचालोमा मृत्यूवरणगर्न पुगेकी महिलाको मृत्यूपर्यन्तको अलौकिकयात्राको यस चलचित्र अभूतपूर्व छ ।



सुनिल पान्डेको निर्देशन रहेको यो चलचित्र १५ मिनेटको छ, ओस्कर कलेजकै छात्र सुनिल तनँहु निवासी हुन र सानैमा चलचित्रको शुटिगं देखेर अत्यन्त प्रभावितभएका यिन्ले कालान्तरमा चलचित्रलाईनै आफ्नो विषय छाने ।

कताकता वैतर्नी नदि तर्ने चलनको झझल्को दिने यो मरेको मान्छेको यात्रा देखाउने चलचित्र हेर्नैपर्ने खाले छ, राधा लम्साल भावुको प्रशंसनिय अभिनय रहेको यस चलचित्र पनि यसपालाको मुख्य आकर्षण हो है ।

NAAD
, Rupesh Ghimire, NEPAL, 25’
A villager shelters a traveler in his home.
ANANTA YATRA, Sunil Pandey, NEPAL, 15
An old woman journeys towards eternity when she is fatally stricken by the 2015 Nepal Earthquake.
Screening Time: 1:45 PM , FUTURE OF CINEMA, Slot 3 (Both Movies)
                             QFX, KUMARI, HALL 1 , SUNDAY, 13 NOVEMBER

                            
चलचित्रमा भएका कथा, विषय अनि गहनताले तपाईलाई उर्जा दिनेछ, पात्रहरुले अनुभव अनि पटकथाले जिवन दर्शन या अरुनैधेरै कुरा । चुलै निम्तो छ है ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.