कस्ताे छ त "पुरानो डुङ्गा"को यात्रा-समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्ताे छ त "पुरानो डुङ्गा"को यात्रा-समीक्षा




   मन्दिप गाैतम - Nov 25 2016

दाजु र भाइबीचको द्वन्द्वको कथामा देशविदेशमै थुप्रै चलचित्रहरु निर्माण भैसकेका छन । पुरानो डुङ्गा पनि सोजो दाजु र उसको बदमास भाइकै कथामा बनेको छ


कस्ताे छ त "पुरानो डुङ्गा"को यात्रा-समीक्षा मनोरञ्जन

लेखक / निर्देशक राम बाबु गुरुङले निर्देशन गरेको तेस्रो चलचित्र "पुरानो डुङ्गा" शुक्रवारबाट देशब्यापी रूपमा प्रदर्शनमा आएको छ । यसअघि "कबड्डी" र "कबड्डी कबड्डी" निर्देशन गरेका निर्देशक गुरुङ नायक दयाह्याङ राईसँग मिलेर सफलताको ह्याट्रीक हान्ने दाउमा छन् । चलचित्र पुरानो डुङ्गामा दर्शकलाई हलसम्म तान्ने प्राय सबैजसो तत्वहरु छन् ।

तर हलसम्म अपेक्षा लिएर गएका दर्शकहरुलार्इ चलचित्रको विषयबस्तु र प्रस्तुतिले सन्तुष्ट बनाउन सक्छ त जानौ यस चलचित्रको समीक्षामा ।

प्लट
दाजु र भाइबीचको द्वन्द्वको कथामा देशविदेशमै थुप्रै चलचित्रहरु निर्माण भैसकेका छन । पुरानो डुङ्गा पनि सोजो दाजु र उसको बदमास भाइकै कथामा बनेको छ ।

माओत्से गुरुङ र दयाहाङ राईले जब बाउ बाजेको सम्पति अंशबण्डा गर्छन् त्यतिबेला दयाहाङ जबरजस्ती घर माओत्सेलाई छाडेर आफू उनीहरुको गरिखाने भाडो डुङ्गा चाहीं लिएर गाउँ छाडेर भाग्छ । बाँकीको चलचित्र डुङ्गा बिना माओत्सेलार्इ आउने समस्या र दयाहाङ र प्रियन्का कार्कीकाे लभ स्टोरी मै छ ।

कथा, पटकथा र संवाद

चलचित्रमा माओत्से गुरुङको कथाले दाजु भाइको सम्बन्धलार्इ पुरानो डुङासँग तुलना गरेका छन्  । दाजु भाइ बीच तालमेल नमिल्दा परिवारको डुङ्गा जतिखेर पनि डुब्न सक्छ । तर चलचित्रको पटकथाले यसलार्इ यतिमा मात्रै सिमित राखदैन । चलचित्रमा प्रियन्का र दयाहाङ अनि माओत्से र मेनुका प्रधान बीचको प्रेम सम्बन्धको नि राम्ररी व्याख्या गरिएको छ, जुन मध्य एकातिर चलचित्रमा माओत्से र मेनुकाको लोग्ने स्वास्नीकाे सम्बन्धलार्इ निक्कै मज्जाले प्रस्तुत गरिन्छ र दर्शकको मन दुवै पात्रले जित्छन भने अर्कोतिर दयाहाङ र प्रियन्काको लभ स्टोरी त्यसको ठ्याक्क बिपरित छ । खासमा भन्नुपर्दा चलचित्रको मुख्य समस्या नै दयाहाङ र प्रियन्का बीचको अलिकति कमजोर कथा हो । उनीहरु बीचको दृश्यहरु खासै राम्ररी लेखिएको छैन र यसले चलचित्रको पटकथा कमजोर बनाएको छ । अझ इन्टरभलपछि धेरैजसो दृश्यहरुमा यी दुई देखिने भएकाले इन्टरभलपछि चलचित्र झनै कमजोर बनेको छ । अझ बुद्धी तामाङको पात्रले चलचित्रलार्इ झन् खस्काएको लाग्दछ ।

चलचित्रको संवाद भने त्यस्तै खाल्का छन् जुन रामबाबु गुरुङकाे यस आगाडिको चलचित्रहरुमा थिए । ठाउँ ठाउँमा दर्शक हसाँउन भने चलचित्रको संवादहरु चुक्दैनन् ।



अभिनय
अभिनयको पाटोबाट हेर्दा पुरानो डुङा पूर्णतया माओत्से र मेनुका प्रधानको चलचित्र हो । माओत्से एउटा पिडित दाइ र मेनुका उनलार्इ खुब माया गर्ने श्रीमतिको रूपमा धेरै नै सुहाएका छन् । चलचित्रको सबैभन्दा प्रमुख आकर्षण भनेकै यी दुर्इ कलाकार बीचको केमिस्ट्री हो । खासगरी भिन्न अवतारमा देखिएकी मेनुकाले यो चलचित्रबाट थुप्रै फ्यान बटुल्छिन र भन्न सकिन्न सायद थुप्रै अवार्डहरु पनि ।

अर्कोतिर दयाहाङ राइ, प्रियान्का कार्की र बुद्धी तामाङले आफ्नो ठाउँमा राम्रो काम गरेका छन तर दर्शकहरुको साहानुभुती माओत्से र मेनुका तिर जादा चलचित्रमा यी तीन चर्चित कलाकारहरुको उपस्थिती मात्रै महसुस हुन्छ ।

निर्देशन, प्राविधिक पक्ष र सङ्गित 
चलचित्रको प्राविधिक पक्षमा खासै खोट लगाउने ठाउँ छैन । त्यसबाहेक रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक क्लाइमेक्समा उल्लेखनिय छ । काली प्रसाद बास्कोटाका तीन वोटै गीतहरु चलचित्रको राम्रो कुराहरुमा पर्दछन । "निर" सबै दर्शकको मनमा छदैछ तर चलचित्र हेर्दैगर्दा "माझि" बोलको गीतले दर्शकलार्इ राम्रो फील दिन्छ ।

निर्देशक रामबाबु गुरुङले पटकथा अलिकति सुधारेर यो चलचित्रलार्इ अझै राम्रो बनाउने प्रसस्तै ठाउँ थियो, तर त्यसो भाको छैन । त्यसैले पनि पुरानो डुङ्गा उनको अहिले सम्मको कमजोर काम जस्तो देखिन्छ । उनको यो चलचित्रमा थुप्रै मन छुने दृश्यहरु त छन तर ति उत्कृष्ट दृश्यहरुलार्इ अरु दृश्यहरुले साथ दिएको छैन, त्यसैले उनको यो फिल्म बेला बेलामा मात्रै ठिक लाग्दछ ।

चलचित्रले दर्शकको मन मा थुप्रै प्रश्नहरु उब्जाउछन् जस्तै भाइले डुङ्गा लगेपछी माओत्सेले किन अर्को डुङ्गा ल्याउन त्यती ढिलो गर्छन ? क्लाइम्याक्समा किन प्रहरीहरु त्यस्तो दृश्य टुलुटुलु हेरेर बस्छन ? यि प्रश्न हरुको उत्तर नपाउदा दर्शक हलबाट निस्किदा खिन्न हुन्छन् र अन्तिम दृश्य आइपुग्दा त दर्शकलाइ चलचित्र अपुरै सकिएको महसुस हुन्छ ।

समीकरण
दर्शकले यो चलचित्रबाट धेरै नै अपेक्षा गरेको कारणले पनि दर्शक चलचित्र हेरिसकेपछी खिन्न हुनसक्ने ठाउँ छ । रामबाबु गुरुङ ले यो चलचित्रमा दयाहाङ को पात्रलार्इ नै उत्कृष्ट बनाउन सकेका छैनन् । तर माओत्से र मेनुका बीचको बुढाबुढिको चोखो सम्बन्ध भने चलचित्रमा हेर्ने लायकको छ । त्यसको लागी पनि दर्शकले यो चलचित्र एक चोटी भएपनी हेर्न सक्नुहुन्छ ।

हामी यो चलचित्रलाई कुल ५ मध्ये २.५ अंक प्रदान गर्छौ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.