नेपाली कथानक चलचित्र "White Sun" अर्थात सेतो सुर्यले २७ औं सिङ्गापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा "बेस्ट एसिएन फिचर फिल्म" को उपाधि जितेको छ । उपाधिसँगै दिपक रौनियार निर्देशित उक्त चलचित्रले ५० हजार सिंगापुर डलर पनि हात पारेको छ । चलचित्र "White Sun" यही साताबाट देशब्यापी रूपमा प्रदर्शनमा आउन लागेको छ । प्रदर्शन हुने सातामै चलचित्रले यो उपाधि जित्दा चलचित्रको चर्चा जताततै हुन थालेको छ ।
दयाहाङ राई र रबिन्द्र सिंह बानिया अभिनित उक्त चलचित्रले सो फिल्म फेस्टिभलमा मात्र नभएर, त्यसअघि पनि थुप्रै विदेशी फेस्टिभलहरुमा आफ्नो छाप छोडिसकेको थियो । निर्देशक रौनियार र नायक दयाहाङ फेस्टिभलमा सहभागी भएर आईतबार नेपाल फर्के , उपाधि जितेर फर्किंदा त्रिभुवन विमानस्थलमै यी दुर्इको भव्य स्वागत नि भयो ।
सेतो सुर्य जनआन्दोलन को बेलामा दुर्इ दाजुभाइको कथामा आधारित छ । हाम्रो पात्रोको तर्फबाट चलचित्र सेतो सुर्यलार्इ धेरै धेरै बधाई र नेपालमा प्रदर्शन हुन लागेको हुँदा अग्रिम शुभकामना ।
चलचित्रको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुस :
Liked by: