आफ्नो "मामु"सँग थाइल्याण्ड टुर जाऔं | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

आफ्नो "मामु"सँग थाइल्याण्ड टुर जाऔं





आसुसेन फिल्म्सको ब्यानर मा निर्माण भएको चौथौ चलचित्र “मेरी मामु”को “आमा” बोलको पहिलो गीत रिलिज भएसंगै यस भाद्र १५ मा रिलिज हुने चलचित्रको प्रोमोशन सुरु भैसकेको छ । छोटो समय अवधि मै शुटिंग कार्य सकाएर प्रदर्शनको लागि तैयार भैरहेको यो चलचित्रमा निर्माता सन्तोष सेनको सुपुत्र आयुब सेन मुख्य भूमिकामा देखिनेछन् ।


एउटा ६ बर्षिय बालक र उसको आमा बीचको मौलिक र मार्मिक कथा प्रस्तुत गरिने चलचित्र “मेरी मामु”ले अब कक्षा १ देखि ५ सम्म अध्यनरत बाल बालिकाको लागि एउटा सुवर्ण अवसर लिएर आएको छ । आसुसेन प्रडक्सनले सक्दो धेरै स्कुलमा गएर १ देखि ५ कक्षा अध्यनरत बालबालिकालार्इ आफ्नो “मामु”को बारेमा केहि लेख्न भनेर प्रतियोगी विद्यार्थीहरुमध्य तीन जना बिद्यार्थी र उसको “मामु”लार्इ थाइल्याण्डको ट्रीपमा पठाउने भएको छ ।


यसरी सहभागी भएका स्कुलका बिद्यार्थी मध्य ३ जना बिजेता भने चलचित्रका मुख्य कलाकार आयुब सेनले नै गोलाप्रथा गरेर छनौट गर्ने छन् । चलचित्र मेरी मामु यहि भाद्र १५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.