Almodas Song Jyanle Timilai Popular In Short Time | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

छोटो समयमा लोकप्रिय बन्यो अल्मोडाको "ज्यानले तिमीलाई .."





वर्तमान पुस्ताले अत्याधिक मन पराएका सङ्गीतकार अल्मोडा राना उप्रेतिको “ज्यानले तिमीलाई” बोलको गीतले सार्वजनिक भएको छोटो समयमा नै दर्शक श्रोताको माया जित्न सफल भएको छ । एक पछि अर्को सफल गीतहरु दर्शक श्रोतामाझ ल्याउने अल्मोडाको भाइ रंगीत बल्लभ उप्रेतीको निर्देशनमा बनेको यस गीतको भिडियोमा दयाहाङ राई र वर्षा सिवाकोटीबीच मिठासले भरिएको प्रेमकथा समेटिएको छ।

दयाहाङ राई (नेप्टे)ले यस भिडियोमा एउटा किराना पसलेको भूमिका निर्वाह गरेका छन् । दयाहाङलाई आफ्नै पसल अगाडि बस्ने वर्षासँग प्रेम छ। तर, आफ्नो प्रेम दर्शाउन नसक्ने दयाहाङको प्रेम कसरी सफल हुन्छ र उनीहरुको प्रेम सफल पार्न कुकुरको भूमिका कस्तो रहन्छ ? निर्देशक रंगीतले यहि सबै कुरालाई गीतको अवधिभरमा समेटेका छन् ।

बुद्धि तामाङ्गको स्वर समेत सुन्न सकिने यो भिडियोलाई दर्शकश्रोताले अत्यन्तै रुचाएका छन्। बिहिवार साँझ अल्मोडा राना उप्रेतीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो भिडियो छोटो समयमा नै युट्युब ट्रेन्डिंगको सुचीमा आइसकेको छ । गीतले अपार सफलता पाओस्, हाम्रो शुभकामना ।

"ज्यानले तिमीलाई ..." गीतको भिडियो हेर्नुहोस् : 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.