ब्ल्याक ब्युटीको आइटम नम्बर “छोटो चोली” सार्वजनिक | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

ब्ल्याक ब्युटीको आइटम नम्बर “छोटो चोली” सार्वजनिक





नृत्य निर्देशन गरेर चलचित्र क्षेत्रमा राम्रो प्रभाव छाड्न सफल राजेन्द्र बि सीले निर्देशन गरेको चलचित्र ब्ल्याक ब्युटीको पहिलो गीत सार्वजनिक भएको छ । उदय बाबु खतिवडा ,अनु शाह र रोशन सिंह अभिनित उक्त आइटम नम्बरमा सङ्गीत भने तृप्ति खड्काको रहेको छ ।

गीतमा नृत्य निर्देशन भने अर्जुन बि सीको छ भने अनु शाहसंग स्वयम् निर्देशक राजेन्द्र बि सी नृत्य गरिरहेको देख्न सकिनेछ । त्यति मात्र नभएर निर्देशक राजेन्द्र बि सीको आफ्नै शब्द रहेको यो गीतको मुख्य आकर्षण नै यसको शब्द हुन पुगेको छ । 


केहि समय अगाडी सार्वजनिक भएको चलचित्रको फर्स्ट लुक हेरेर यस चलचित्रबाट नेपाली चलचित्र प्रेमीहरुले केहि भिन्न अपेक्षा गर्न सक्ने अनुमान गर्न सकिन्छ । चलचित्र शिघ्र प्रदर्शनमा आउनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.