मौलिक कथावस्तु र फरक प्रचारशैलीका कारण चर्चामा रहेको चलचित्र बुलबुल आजवाट देशभर प्रदर्शनमा आएको छ । स्वस्तिमा खडकाले टेम्पो चालकको भुमिका निर्वाह गरेको खवरले निर्माण घोषणादेखिनै यो चलचित्र आमदर्शक र मिडियाको नजरमा परेको थियो
।
सार्वजनिक गरिएका टिजरहरु,ट्रेलर र दुई गीतको मौलिकताका कारण पनि यस चलचित्र धेरैको लागि प्रतिक्षित बनेको हो । नेपालको एकमात्र सिनेमा कलेज ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेलको लेखन एवं निर्देशन रहेका कारण पनि बुलबुलबाट सिनेकर्मीले पनि विशेष अपेक्षा राखेकाछन् । पौडेलले विगतमा चलचित्र साँघुरो लेखन मार्फत राष्ट्रिय चलचित्र पुरस्कारनै प्राप्त गरेका थिए । चलचित्रका मुख्य निर्माता अविरल थापा पनि पत्रकारिता पढाई हुने पोलिगन कलेजका प्रिन्सिपल हुन् ।
चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर,उदगम परियार र कोशिस क्षेत्रीको संगीत,कोशिस क्षेत्री र मनिकला पौडेलका गीत ,कविराज गहतराजको नृत्य रहेको छ । चलचित्रका कार्यकारी निर्माता रामराजा पौडेल हुन भने सुसन प्रजापतिले छाँयाकन गरेका छन् ।
चलचित्रमा स्वस्तिमाका अलावा नवअभिनेता मुकुन भुषालको अभिनय छ जो चोपेन्द्र नामक पात्र मार्फत प्रदर्शन अगावै चर्चामा आईसकेका छन् ।
Liked by: