जेठ १२ गते देखि देशभर प्रदर्शनको लागि आउन तम्तयार भएर बसेको चलचित्र “हिटलर” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । रोमान्टिक फ्लेवरमा तयार भएको गीतमा नरेश भट्टराईको शब्द , लोचन घिमिरेको संगीत र सनुप पौडेल र आकांक्षा बश्यालको स्वर समावेश रहेको छ । “जब सम्म” बोलको गीतमा हामी नायक सोहित मानन्धर र नव नायिका सामिया बर्तौलाको जोडी हेर्न सक्छौ । गीतले दर्शकहरुको मन अत्याधिक रुपमा जित्न सक्ने सम्भावना रहेको छ । गीतमा समावेश दृष्यांकन र गीतको शब्द संगीतले गर्दा नै यस किसिमको सम्भावना देखिएको हो । यस्तै सम्भवत अहिले सम्मको नेपाली चलचित्र मध्य यस चलचित्रले नै पहिलो पटक रारा तालको सम्पूर्ण दृश्य क्यामरामा कैद गर्न सफल भएको छ जसले दर्शकहरुको ध्यान आकर्षण गर्नुको साथै सबैको मन प्रफुल्ल पार्ने संकेत देखिन्छ । यस्तै चलचित्रले यस अगाडी नै “मोस्मो चाउमिन” बोलको गीत बाहिर सार्वजनिक गरिसकेको छ जसले अत्याधिक दर्शकहरुको मन जितेको छ । यहि हिसाबले यस नया गीतले पनि सबैको मन जित्ने कुरामा निर्माण पक्षे निकै आशावादी रहेका छन् ।
चलचित्रले यति बेला सम्पूर्ण छायांकन सकेर सम्पादन कक्षेमा आफुलाई राखेको छ । यति बेला चलचित्रको काम निकै तीव्र गतिमा भईरहेको छ । छायांकनको बेला देखि नै चर्चामा रहेको चलचित्रको कथा वस्तु र प्रस्तुति मुख्य पाटो रहेको निर्माण पक्षेले बताउदै आइरहेको छ । चलचित्रको नामले गर्दा पनि धेरैको मनमा चलचित्र प्रति उत्सुकता उत्पन्न गराएको देखिन्छ । नेपाल बाहिरको नामलाई लिएर नेपाली समाजको कथा वस्तुलाई जोडेर कुन किसिमको चलचित्र बाहिर आउदै छ भन्ने कुराले यति बेला धेरै मनमा खुल्दुली मच्चाएको छ । अब यो खुल्दुली त जेठ १२ गते देखि मेटिने छ ।
यो पनि हेर्नुहोस् : २०७३ बिशेष : सर्वाधिक रुचाइएका १० नेपाली गीतहरु
अष्टनारायण पिक्चर्स र न्यु कृयटिव मोसन पिक्चर्सको प्रस्तुति रहेको चलचित्रमा सोहित र सामिया संगै मेनुका प्रधान , ए गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा अरुण राज पौडेलको छायांकन , कृष्ण के अछामीको नृत्य र सुर्य थोकर लामोको द्वन्द समावेश रहेको छ । चलचित्रको कथा भने किच्चा मान चित्रकारको रहेको छ । चलचित्रको निर्मात्री भने चिनी माया मानन्धर हुनुहुन्छ ।
चलचित्रको निर्देशन भने युवा निर्देशक सौरभ ढकालले गरेका छन् । नया सोचको साथमा उनले यस चलचित्रमा केहि नया कुराको उपयोग समेत गर्ने प्रयास गरेका छन् । चलचित्र निकै राम्रो तयार भएको र अहिलेको दर्शकहरुलाई चलचित्रले अझै बढी प्रभावित गर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् । चलचित्रको मेकिङमा आफुहरुले कुनै पनि किसिमको कन्जुसाई आफुहरुले नगरेको र दर्शकहरुको मनोरंजनलाई मध्य नजर गरेर नै चलचित्रको निर्माण गरिएको कुरा पनि उनले उल्लेख गरेका छन् ।
हिटलरको पहिलो लिरिकल गीत :
Liked by: