चलचित्र लोजिमाको ग्राण्ड प्रिमियर सिक्किममा भव्यताका साथ् हुदै | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र लोजिमाको ग्राण्ड प्रिमियर सिक्किममा भव्यताका साथ् हुदै





सागर सुब्बाद्धारा निर्देशित चलचित्र लोजिमाको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख आतिथ्यमा आगामी पौष २२ (७ जनवरी, २०२४)गते सिक्किममा ग्राण्ड प्रिमियर हुने भएको छ। ग्राण्ड प्रिमियरपछि सिक्किमकै अन्य स्थानहरु, काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायतका ३० भन्दा बढी स्थानमा चलचित्र लोजिमा प्रर्दशन हुने र विदेशमा युके, कोरिया, हङकङ, मलेशियालगायत अन्य देशहरुमा पनि क्रमश प्रर्दशन गर्ने तयारी भईरहेको निर्देशक सुब्बाले बताए।

पाथीभरा च्यानलको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको ट्रेलर केही समयअघि सार्वजानिक गरिएको थियो ।ट्रेलरमा एक जोडी प्रेमिल जोडीको जीवनमा अर्की युवतीको आगमनपछि आउने उतारचढावलाई लिम्बु संस्कृति र सामाजिकपरिवेशसंग जोडेर देखाइएको पाइन्छ । २०७२ सालमा शेर्पा भाषाको पहिलो चलचित्र “कुसुम” निर्देशन गरेर निकै चर्चा कमाउनुभएकानिर्देशक सुब्बाको पछिल्लो चलचित्र “लोजिमा”को कथा पनि आफ्नै हो ।



चलचित्र भनेको केवल मनोरन्जन मात्र हैन, चेतना र सन्देश पनि हो भन्ने कुरामा चलचित्र निर्माण गर्दै गर्दा आफू सचेत रहेको निर्देशक सागर सुब्बाले बताए ।पम्फावती राई कार्याकारी निर्माता, आशाहाङ आङ्बो निर्माता र सागरकेरुङकोपटकथा, संवाद लेखन रहेको चलचित्र लोजिमाको छायांकन रबिन्द्र बराल,मुख्य सहायक निर्देशन दीपक अधिकारी, श्रृगार नरेश खरेल, विशेष प्राविधिक सहयोगी बसन्त अधिकारी, साउण्ड डिजाईन मानशी किरण, पोष्टर डिजाईन सुन्दर श्रेष्ठ,सम्पादन संजय अधिकारी र पाश्र्व संगीत अशोक राईले दिए ।

आशोक लोहोरुङ राईले एरेन्ज गरेको चलचित्र लोजिमाका गीतहरुमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर सुन्न सकिन्छ ।चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मस् र डबिङ एम के प्रोडक्सनमा गरिएको
निर्देशक सुब्बाले जानकारी दिए ।पछिल्लो समय राम्रै चर्चा कमाईरहेकी नायिका विमला खजुमको शीर्ष भूमिका रहेको लोजिमामा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम,नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमापन्धाक लिम्बु, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू , ज्ञानु खम्दाकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.