Chatta Rumal Released | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सर्जकलाई सम्मान गर्दै 'चट्ट रुमाल' सार्वजनिक





फिल्म ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई रि एरेन्ज गर्दै फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ राखिएको छ । गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै र यसका सर्जकलाई सम्मान गर्दै सार्वजनिक गरिएको छ । सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि-एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रि-एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा राइजिङस्टार सलिनमान बनियाँ , सलोन बस्नेत , डेब्यु गर्ल मलिका महत , जान्हवि बस्नेत , रेअर राई , प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा यसका सर्जकहरु शभुजित बास्कोटा , नृत्य निर्देशक राजु शाहलाई सम्मान गरिएको हो ।


यसैगरी गीतमा देखिएका स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मान उनकी पत्नी तथा कलाकार श्वेता खड्काले ग्रहण गरेकी थिइन् । गीतमै देखिएकी कलाकार नीरुता सिंह भने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन् सकेकी थिइन् । गीतसँग जोडिएका गायिका साधना सरगम , रचनाकार बाबुराम दाहाल , फिल्म निर्देशक स्वर्गीय शिव रेग्मी सम्मान उनकी छोरी भावना रेग्मीलाइ प्रदान गर्ने निर्माता केशव भट्टराईले बताए । उपस्थित शम्भुजित , श्वेता र राजुले भन्ने सम्मान गरेकोमा खुसि व्यक्त गर्दै गीतलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे । यसैगरी कार्यक्रममा शुभकामना दिनको लागि वरिष्ठ निर्देशक यादव खरेल, निर्देशक दीपाश्री निरौला , दिनेश राउत , निर्मल शर्मा , निर्माता छविराज ओझा , निर्देशक शोभित बस्नेत लगायतको उपस्थिति रहेको थियो । फिल्ममा सुहाउदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । उनि फिल्म यात्राका निर्माता मध्यका एक हुन् भने आफ्नो मान्छेमा पनि उनि निर्माता थिए । गीतमा कलाकारहरु रेगुलर भन्दा केहि फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो ।



निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ । फिल्ममा उनि भ्ल्गिस्टको भूमिकाछन् । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.