Darshakma Lokapriya Visit Visama | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

दर्शकमा लोकप्रिय "भिजिट भिसामा"





मह सञ्चारको युट्युब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘दाल भात तरकारी’ को गीत भिजिट भिसामालाई दर्शकले रुचाएका छन् । दर्शकको रुचाइकै कारण गीत ट्रेण्डिङमा पर्न सफल भएको छ । नेपालसँगै विदेशमा पनि उत्तिकै रुचाइएको गीत नेपालको युट्युब ट्रेण्डिङमा नम्बर २ मा पर्न सफल भएको छ । यो न्युज तयार पार्दासम्म ९ लाख बढी भ्युज सहित नम्बर २ मा रहेको छ । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् ।


गीतलाई हरिवंशले नै रचना गरेका हुन् भने यसमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । ९० भन्दा बढी कोरसको साथमा खिचिएको गीतले फिल्मको गीतलाई कुनै सम्झौतानगरी तयार गरिएको छ । सुदन केसीको निर्देशनमा तयार भैरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.