अलविदा शशी कपुर | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

अलविदा शशी कपुर




सन् १९७५ को चलचित्र दिवारमा तेरे पास क्या है भन्ने प्रश्नमा मेरे पास माँ है भन्ने उत्तर यिनै शशीकपुरको आवाज हो । भारतीय सिने इतिहासमा यो संवाद दशकौं देखि अविस्मरणीय बनेको छ । स्मरण रहोस केही बर्ष पहिले डबम्यास भन्ने भिडियो सस्करणमा अधिकाशं नेपाली प्रयोकर्ताहरु ले पनि यहि संवादलाई नक्कल गरेका थिए ।



नेपालको रंगमञ्चमा यो वा त्यो ढगंमा भारतीय रंगमञ्चको प्रभाव परेको देखिन्छ । हुन त यो कुरा रंगमञ्चमा मात्र नभईकन राजनीति, सस्कार अनि बिभिन्न परिवेशमा पनि लागु हुन्छ तर आज हामी भारतीय रंगकर्म मै केन्द्रित हुन चाहन्छौ । सन् २०१७ को डिसेम्बर ४ तारिख साझमा भारतीय रंगकर्मका एकजना अभूतपूर्व कलाकार शशी कपुरले मुम्बईको कोकिलाकेन अस्पतालमा अन्तिम श्वाँस लिएका छन्, १०० भन्दा बढि चलचित्रका इतिहास अनि यादहरु संगाल्दै शशी कपुर अब हामी माझ छैनन् । 
अब नेपाली रंगकर्म अनि शशी कपुरलाई थोरै जोड्न चाह्यौं । शशी कपुरका दिवार, कभीकभी जस्ता धेरै चलचित्र सिमापारीका सिनेमा हलहरु जस्तै जयनगर, रक्सौल, बैरगनीया, गौरीफन्टा, लखनउ, सुनौली गएर हेर्ने अनि यिनको जस्तै लवज, पहिरन अनि बानी नक्कल गर्ने पुस्तारु अझै नेपालमा छन् । 
भारतीय चलचित्र इतिहास अनि पृष्ठभूमिमा कपुरहरुको पुस्तैनी उपस्थिती रहेको छ । बलियो आवाजका धनी एक कुशल कलाकार पृथ्वीराज कपुरका ३ भाई छोरा मध्य शशी कपुर कान्छा छोरा हुन् । भारतीय सिने जगतको कोशेढुगां सावित चलचित्र मुगलेआजम का मुगल सम्राट भूमिकामा पृथ्वीराज कपुरलाई सदासर्वदा संझना गरिन्छ । शशीका दाई राज कपुर अनि शम्मी कपुरको मृत्यू भइसकेको छ भने यिनका दाई राज कपुरका नाती रणवीर कपुर भने अहिले बलिवुडमा चल्तीका नायक हुन् । 
सन् १९६१ मा शशीकपुर ले चलचित्र धर्मपुत्रमा पहिलो नेतृत्वदायि भूमिका निर्वाह गरेका हुन् तर बालकलाकारका रुपमा यिनी सन् १९४० मै क्यामरा अघि आइसकेका थिए । 
शशी कपुर क्रमश अग्रेजी चलचित्रमा पनि देखिन थाले, भारतीय चरित्रको भूमिकामा यिनी शेक्सपियर वल्लाह अनि हाउसहोल्डर चलचित्र मा देखिए । सन् १९७० देखि १९८० को दशकमा चलचित्र शर्मिली, पिघलता आसमानलगायत अन्य चलचित्रले शशी कपुरलाई सफलताको शिखरमा पुर्याइदियो । 
१०० भन्दा धेरै चलचित्र खेलेका यि कलाकार आँफैले नेतृत्वदायि भूमिकामा ६१ चलचित्र खेलेको छन् । 
सन् २०१७ डिसेम्बर ५ तारिखमा यिनको अन्तिम सस्कार हुँदैछ, बर्षौ देखि मृगौला रोगवाट पीडित यिनको आयू ७९ बर्ष को थियो । 
सन् १९७५ को चलचित्र दिवारमा तेरे पास क्या है भन्ने प्रश्नमा मेरे पास माँ है भन्ने उत्तर यिनै शशीकपुरको आवाज हो । भारतीय सिने इतिहासमा यो संवाद दशकौं देखि अविस्मरणीय बनेको छ । स्मरण रहोस केही बर्ष पहिले डबम्यास भन्ने भिडियो सस्करणमा अधिकाशं नेपाली प्रयोकर्ताहरु ले पनि यहि संवादलाई नक्कल गरेका थिए । 
शशीले बिवाह भने बिदेशी नारी जेनिफर संग गरेका हुन् । जेनिफर आँफै पनि नाम चलेकी अग्रेजी अभिनेत्री थिइन । जेनिफरको मृत्यू सन् १९८४ मै भइसकेको छ भने अहिले शशीका दुई छोरा र एक छोरी छन् । भारतका प्रधानमन्त्री लगायत बिभिन्न बिशिष्ट अनि जानेमानेका हस्तीहरुले शशी कपुरलाई सामाजिक सञ्जाल मार्फत संवेदना व्यक्त गरेका छन् । 
भन्छन नि, कला र साहित्यको देश या सिमा हुँदैन भनेर त्यसै गरि भारतीय कला अनि सिने जगतको असर नेपाली भूमिमा पनि निसन्देह परेकै हो । शशी कपुरका चलचित्रले धेरै नेपालीलाई मनोरञ्जन दिएको छ, उनको मृत्यूमा नेपाली समवेदना पनि उत्तिकै रहन्छ । 

हाम्रो पात्रो 




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.