Deepak Raj Giri Meets Selfie King | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

दीपकराज गिरीले भेटे ‘सेल्फी किङ्ग’लाई





आउँदो माघ २४ गतेबाट फिल्म ‘सेल्फी किङ्ग’ प्रदर्शनमा आउदैछ । फिल्ममा टेलिभिजनमा हिट भएर अस्ताउदै गरेको हाँस्यकलाकारको एक घटनालाई प्रस्तुत गरिएको छ । तिन दिनको कथामा तयार भएको भनिएको फिल्ममा सेल्फी किङ्ग अर्थात विपिन कार्की एक कार्यक्रममा पुगेर फर्किंदासम्मको कथा हो । कार्यक्रमकै लागि सोलुखुम्बु पुगेर त्यहाँ कार्यक्रममा सरिक भएर फर्किने कथाको क्रममा आउने उतारचढावमै फिल्म केन्द्रीत छ । सार्वजनिक अघिल्लो गीत ‘जाली रुमाल’ ले कार्यक्रमको घटनालाई प्रस्ट्याउछ । केकी अधिकारी सहित भीमफेदी गाइजले नृत्य गरिरहदा विपिन आफ्नो पालो कुरेर बसेका छन् । तर , उनको पालो आउँदा कार्यक्रम गर्न आनाकानी गरेको सार्वजनिक ट्रेलरमा प्रस्टिन्छ । त्यसपछि टिमले सार्वजनिक गर्यो ,’जिन्दगीको के छ र भर’ । यो गीतले फिल्मको कथालाई बोकेको निर्माण पक्षले बताउदै आएका छन् ।

मन भित्र र बाहिरको दु:खसँग लडिरहेका ‘सेल्फी किङ्ग’ अर्थात विपीनले कमेडियनको भित्री पाटोलाई उजागर गरेका छन् ।एउटा कमेडियनले हसाउन स्टेज चढ्दा उसको बाहिर जिम्मेवारीसँगै मन भित्रको पिडालाई निर्देशक विशाल सापकोटाले प्रस्तुत गरेका छन् । एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण भएको फिल्मको चर्चा भइरहदा कलाकार दीपकराज गिरीले विपिनलाई भेटेका छन् । पर्दामा विपिनले कमेडियनको चरित्र निर्वाह गर्दै गर्दा दीपकले फिल्मको बारेमा भलाकुसारी गरेका हुन् । रील लाइफमा कमेडियनको भूमिका निर्वाह गरेका विपिन र रियल लाइफमा कमेडी मार्फत नै कलाकारिता प्रारम्भ गरेका दीपकले गरेको कुराकानी युट्युबमा राखिएको छ । जहाँ दीपकले एउटा कमेडियन हुँदा मन भित्रका भावनालाई कतिसम्म दबाउनु पर्छ भनेर उल्लेख गरेका छन् । उनले फिल्मको ट्रेलरमा आफ्नै कथा पाइएको समेत बताएका छन् । उनले भिडियोको अन्त्य तीर लगभग १७ मिनेटमा आफ्नो एउटा दुखान्त समेत साटेका छन् ।

फिल्ममा स्क्रिप्ट अनुसार सेल्फी किङ्गले महसुस गरेको हाँस्यकलाकारको पिडा र रियल लाइफमा भोग्नु पर्ने पिडाको बारेमा विपिन र दीपकले अनुभव साटेका हुन् । फिल्ममा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.