धनपति बन्ने दौडमा खगेन्द्र लामिछाने | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

धनपति बन्ने दौडमा खगेन्द्र लामिछाने




   मन्दिप गाैतम - May 26 2017

पशुपति प्रसादको अपार सफलता पछी उक्त चलचित्रका सफल नायक-निर्देशकको जोडीले फेरी दर्शकमाझ आफ्नो नँया चलचित्र धनपति लिएर आएका छन् । "टलकजंग भर्सेस टुल्केू" र "पशुपति प्रसाद"का लेखक एंबम नायक खगेन्द्र लामिछानेले दिपेन्द्र के खनाल निर्देशित धनपतिमा फेरी एकपटक एउटा मार्मिक कथा प्रस्तुत गर्न गैरहेको चलचित्रको आज रिलिज भएको ट्रेलर हेरेर बुझ्न सकिन्छ । 

यो पनि हेर्नुहोस् : परिच्छेद सेनको "स्ट्राइक”लाई दुई अन्तराष्ट्रिय अवार्ड 

तल्लो मध्यम बर्गीय परिवारको कथा देखिने यस चलचित्रको ट्रेलर केहि पल पछी राजनीति तिर पनि धकेलिएको देख्न सकिन्छ । झोले , पशुपति प्रसाद र चपली हाइट २ को ब्यापक सफलता र भर्खरको रिलिज लभ लभ लभको सन्तोषजनक ब्यापारपछी करियरको हाइ पोइन्टमा रहेका निर्देशक दिपेन्द्र के खनाल निर्देशित यो चलचित्रको ट्रेलर हेरेपछि सबै दर्शकहरुमा चलचित्र हेर्ने कौतुहलता अझ बढ्ने पक्का छ ।

धनापतिमा खगेन्द्रको साथमा सुरक्षा पन्त र हरिहर शर्माको अभिनय देख्न सकिनेछ ।

ट्रेलर यहाँ हेर्न सक्नुहुनेछ :



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.