Diwas Pokharel Runner Up American Idol | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

दिवेश पोखरेल 'आर्थर गन'ले रचे इतिहास, अमेरीकन आइडलको उपविजेता बन्ने पहिलो नेपाली





सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका नेपाली छोरा दिवेश पोखरेलले संसारकै उत्कृष्ट गायन रियालिटी शो मानिने “अमेरिकन आइडल”को उपविजेता बनेर इतिहास रचेका छन् । आइडलको यो १८औं संस्करणमा दिवेश पोखरेल फाइनलमा पुग्ने पहिलो नेपाली हुन् । यो एउटा ऐतिहासिक उपलब्धि हो। भोटिंग मार्फत दिवेश पोखरेललाई थोरै पछी पार्दै प्रतियोगिताको उपाधि भने जस्ट सामले जितिन् ।

उत्कृष्ट स्वर र गायन शैली भएका नेपाली दिवेश पोखरेल त्यहाँ “आर्थर गन” नामले चर्चित भए । काठमाडौंमा जन्मे-हुर्केको पोखरेल अमेरिकन आइडलको अडिसन राउण्ड पार भएपछी नै नेपालमा उनको बारेमा थुप्रै चर्चा हुन थालेको थियो । उनलाई अमेरिकन आइडलको उपाधि विजेता बनाउँने सोचमा थुप्रै नेपालीहरुले भोटिंग र भोटको लागि आफ्नो सामाजिक सञ्जालमा अपिल समेत गरिरहेका थिए । दिवेशलाई अमेरिका पुगेपछी सङ्गीत प्रति रुची झन् बढेको महसुस भयो र त्यसपछि विगत २ वर्ष देखि उनि सङ्गीत मै समर्पित हुन थालेका उनले शो मा बताए।

दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका थिए । कोभिड–१९ को महामारीका कारण यसवर्षको आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिएका थिए । अन्तिम प्रस्तुतिमा दिवेशले “आई डन्ट वान्ट टु बी” बोलको गीत गाए । अडिसन राउण्डबाट नै तिनै जना जजको प्रशंशा पाएका दिवेशले बिस्तारै आफ्नो गायनको खुबी प्रस्तुत गरेर विश्वभर नै धेरैको मन जिते ।

दिवेश पोखरेललाई हाम्रो पात्रो परिवारको शुभकामना, भविष्यमा आफ्नो उत्कृष्ट गायनको जादूले देश विदेशमा थप सफलता मिलोस्, शुभकामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.