Dream Starcast Of Premgeet Three | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

प्रेमगीत ३ : स्टारकास्ट सँगसँगै बढ्दो अपेक्षा





नेपाली नव वर्ष लक्षित गरेर प्रदर्शनमा आउन लागेको "प्रेमगीत ३"को प्रदर्शन नेपाली चलचित्रप्रेमीहरु माझ कुनै चाडपर्व भन्दा कम नहुने अनुमान अहिले देखि नै धेरैले गर्न थालिसके। चर्चित र लोकप्रिय कलाकार सँगसंगै अवसरको पर्खाइमा रहेका प्रतिभाशाली अनुहारहरुको उपस्थितीले यसपटकको "प्रेमगीत" साच्चै पहिलो र दोश्रो भन्दा ३ गुणा बढी ब्यापक बनेको छ। निर्माण पक्षले समय समयमा नयाँ कलाकारसँग आवद्द भएको खबरले दर्शकको उत्सुकताको आगोमा घ्यु थप्ने काम पक्कै गरेको छ। अझ, निर्माण पक्षले आगो थप्ने काममा बिराम दिन चाहेको भने देखिदैन। निर्माता सन्तोष सेनको यो चलचित्रमा अब लक्ष्मी बर्देवा र माओत्से गुरुङ्ग आबद्द भएका छन्। 

निर्माता सेन अनुसार यी दुई लोकप्रिय कलाकार यस चलचित्रमा अहिले सम्म नदेखिएको भुमिकामा देखा पर्नेछन्, दुवैको भुमिका निक्कै महत्वपूर्ण छ। खासमा प्रेमगीत ३ को कथामा हरेक पात्रहरुको महत्व छ। त्यसैकारण निर्माण पक्ष ठुलो स्केलमा निर्माण हुन् लागेको यो चलचित्रमा कुनै सम्झौता गर्न चाहदैनन्।

लक्ष्मी बर्देवा र माओत्से गुरुङ्ग बाहेक चलचित्रमा जीवन भट्टराई, जीवन बराल, योगिसा खत्री र शिशिर राणा पनि सशक्त भूमिका निभाउदै छन्। चलचित्र "प्रेमगीत ३"लाई छेतेन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन्।

कलाकारहरुको घोडा चलाउने तैयारी :



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.